• २०८३ असार १३
  • 2026 June 27, Saturday

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था आवश्यक : पूर्ण बस्नेत

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले नेपालको संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

‘हामीले अंगालेको शासकीय स्वरुपले सिर्जना गरेको राजनीतिक अस्थिरता र त्यसले जनतामा छाएको निराशाप्रति राज्य संवेदनशील हुनुपर्ने बताउँदै बस्नेतले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनेगरी संविधान संशोधन गर्नुपर्ने बताएका हुन् ।त्यस्तै नेपालमा गरिएको संघीय संरचनाको अभ्यासलाई विकृत अभ्यास भन्दै स्थानीय तहलाई प्रदेशको मातहत रहनेगरी दुई तहको अधिकार सम्पन्न संघीय संरचना बनाउन र निर्वाचन प्रणालीमा सुधार गर्न पनि संविधान संशोधन गर्नुपर्ने बताए ।

बस्नेतले संविधान संशोधन गरेर मुलुकलाई अग्रगतीमा डोहोर्याउन, बहिष्करणमा परेका र पारिएका वर्ग र समुदायको अधिकार सुनिश्चित गर्नुपर्ने बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्राप्तिमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने सहीद तथा घाइतेहरुप्रति उच्च सम्मान प्रकट गरेका छन् ।
जसपा नेपालले संविधान संशोधनको आवश्यकताबारे जनचेतनामुलक र दबाबमुलक कार्यक्रमहरु गर्ने निर्णय गरेको छ ।