• २०८३ असार १३
  • 2026 June 27, Saturday

राज्यका निकायहरु प्रभावकारी हिसाबले चल्न आवश्यक छ : एनपी साउद

काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले राजनीतिक शक्ति कसरी बाँडफाँट भएको छ त्यो बुझ्न जरुरी रहेको बताएका छन् ।

सोमबार संविधान कार्यान्वयन, अपेक्षा र वास्तविकता विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दे साउदले संघ, प्रदेश र स्थानिय तहमा बाडफाट भएको राजनीतिले सरकारका निकाय, संरचना, प्रभावकारी हिसावले चल्न सकेका छन् की छैनन् भन्ने कुरा महत्वपूर्ण भएको बताएका हुन् ।उनले भने, ‘संविधानमा निरन्तर परिवर्तन गर्नुपर्ने, संविधान परिवर्तनशिल दस्तावेज हो भन्ने कुरालाई मानेर हामी अगाडि बढिरहेको अवस्था छ ।

राजनीतिक शक्तिको बाड्फाट कसरी भएको छ यो एउटा महत्वपूर्ण कुरा छ । संघ, प्रदेश र स्थानिय तहमा हामीले चाँही राजनीतिक शक्ति कसरी बाड्फाट गरेको छौं र बाडेको राजनीतिक शक्तिले ती सरकारका निकाय र संरचनाहरु प्रभावकारी हिसावले चल्न सकेको छ की छैन भन्ने कुरा महत्वपूर्ण हो ।’साथै, उनले तीन वटा सरकार बनाएर पनि विकास खर्च अत्यन्त न्युन अवस्थामा रहेको बताए । उनले राज्यको साधारण खर्च धेरै बढेकोले चुस्त, दुरुस्त र व्यवहारीक बनाउनुपर्ने बताए ।