बागलुङ । नेपाल विद्यार्थी संघ, बागलुङले गण्डकी प्रदेश, काँग्रेसले गरेको कार्यक्रममा व्यानर र प्रदेश सभापतिले दिएको अभिव्यक्तिलाई लिएर भर्त्सना गरेको छ ।
नेपाली काँग्रेस गण्डकी प्रदेश प्रशिक्षण विभागको आयोजना र जिल्ला कार्यसमिति बागलुङको समन्वयमा मंगलबार बागलुङ बजारमा भएको कार्यक्रममा व्यानर र प्रदेश सभापतिले दिएका अभिव्यक्ति देशको संविधान र पार्टीको विधान विपरीत भएको भन्दै नेपाल विद्यार्थी संघले भर्त्सना गरेको हो ।
संघले प्रतिगामी र अलोकतान्त्रिक कार्यक्रमको आयोजनामा गरिएको भन्दै जिम्मेवार सबैलाई कारवाहीको माग गरेको हो । नेपाल विद्यार्थी संघm बागलुका अध्यक्ष विशेष पराजुलीले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ‘नेपाल विद्यार्थी संघ बागलुङ उक्त प्रतिगामी र अलोकतान्त्रिक कार्यक्रमको आयोजनामा संलग्न सबै जिम्मेवार व्यक्तिहरुलाई यथाशिघ्र कारवाही गर्न केन्द्रीय अनुशासन समिति समक्ष सार्वजनिक रुपमै माग गर्दछ । यस्ता पश्चगामी कामहरू नरोकिए नेपाल विद्यार्थी संघ बागलुङ थप प्रतिरोधमा उत्रिन बाध्य हुने कुरा अवगत गराउन चाहन्छ ।’