
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि आज कास्कीबाट रुपन्देहीको बुटवल ल्याइएको छ। करिब ५ घण्टा ढिलागरि उनलाई भैरहवा ल्याइएको हो । बिहानै ल्याउने तयारी भएपनि मौसम खरावीले गर्दा उनलाई ल्याउने बुद्ध एयरको हवाइ साढे १२ बजेमात्र भैरहवा आइपुगेको हो ।
सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका लामिछानेलाइ मंगलबार बुटवल ल्याइएको हो ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा समेत पक्राउ पूर्जी जारी भएकाले उनलाई आज बुटवल लान लागिएको हो ।बुटवल स्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा प्रहरीले लामिछानेमाथि अनुसन्धान गरिरहेको छ ।