• २०८३ असार १३
  • 2026 June 27, Saturday

दिवंगत ढुंगानाप्रति वामदेव गाैतमको सम्झना र श्रद्धाञ्जली

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति दु:ख ब्यक्त गरेका छन् । गाैतमले एक प्रेस बिज्ञप्ति जारी गरी ढुंगानाका बिशेषताबारे चर्चा पनि गरेका छन् ।

सभामुखका रुपमा ढुंगानाको संयोजनकारी भूमिकाबारे गौतमले चर्चा गरेका छन् । ढुंगानाले नेपालको अग्रगामी राजनीतिक परिवर्तन, मानव अधिकार संरक्षण र विशेषतः शान्तिप्रक्रियामा पुर्‍याएको योगदान सम्झिरहने बिषयहरु रहेको उल्लेख गरेका छन् ।

गौतमले ढुंगानालाई समकालीन नेपालका एक विशिष्ट बौद्धिक ब्यक्तित्वका रुपमा सम्झना गर्नुपर्ने र उनीबाट सिक्नु पर्ने धेरै बिशेषताहरु रहेको बिज्ञप्तिमा उल्लेख गरेका छन् ।

उनले आफूले एउटा असल मित्र गुमाएकोमा दु:ख प्रकट गरेका छन् । गौतमले दिवंगत ढुंगानाप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना पनि ब्यक्त गरेका छन् ।