• २०८३ असार १३
  • 2026 June 27, Saturday

प्रादेशिक र स्थानीय सडक सुधार परियोजना समयमै सम्पन्न गर्नुपर्ने

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले स्थानीय, प्रादेशिक र संघीय तीनै तहका सरकारको समन्वयमा प्रादेशिक र स्थानीय सडक सुधार परियोजना समयमा सम्पन्न गर्नुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित प्रादेशिक र स्थानीय सडक सुधार परियोजना शुभारम्भ कार्यशाला र एमओयू हस्ताक्षर समारोहमा उनले परियोजना कार्यान्वयन गर्ने पक्षमा तीनै तहका सरकारले जिम्मेदारी बहन गर्नुपर्ने भन्दै यस कार्यक्रमलाई समयमा नै पूरा गर्नको लागि ध्यान जान आवश्यक रहेको पनि बताए ।उनले भने, ‘विकास निर्माणका कामहरु र जनतालाई राहत दिने कुरामा तीनवटा सरकार मिलेर काम गर्नुपर्छ भन्ने जुन भावना हो त्यो अनुसार व्लड बैंकको सहायतामा सरकारको लगानीमा परियोजना सुरु हुनु राम्रो हो ।

एमओयूदेखि कार्यान्वयन गर्ने पक्षमा तीनै तहका सरकारले जिम्मेदारी बहन गरेर कार्यक्रमलाई समयमा नै पूरा गर्नको लागि ध्यान जान आवश्यक छ ।’यसको साथै, उनले वातावरणमैत्री र प्रकृतीमैत्री प्रविधिहरुको प्रयोग गरेर बाटोहरु निर्माण गर्नुपर्ने पनि बताए ।उनले भने, ‘हामीले वातावरणमैत्री, प्रकृतीमैत्री प्रविधिहरुको प्रयोग गरेर बाटोहरु निर्माण गर्दा राम्रो हुन्छ । यसमा पनि देशको बनावट अनुसार यस्तो कुरामा अलि बढि नै ध्यान दिनुपर्छ । हतार गरेर मेसिन मात्र प्रयोग गरेर मात्र हुदैँ्न विकास गर्दा त्यसको दिगोपनलाई पनि ध्यान दिनुपर्छ ।’कार्यक्रमले रोजगारीको अवसर प्रदान गर्नुको साथै विकास सन्तुलन पनि हुने भन्दै नेपालको लागि एकदमै राम्रो रहेको पनि उनको भनाई छ ।