• २०८३ असार १३
  • 2026 June 27, Saturday

बिआरआई ऋणको रुपमा स्वीकार्य हुँदैन : बिमलेन्द्र निधी

काठमाडौ । नेपाली कांग्रेसका उपसभापति तथा पूर्वउपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधीले बिआरआईलाई चिनिया पोलिसी भन्दै अनुदानसम्म ठिक रहेको तर ऋणको रुपमा कुनैपनि हालतमा स्वीकार्य नरहेको बताएका छन् ।

शुक्रबार गृह जिल्ला धनुषा आएका प्रतिनिधीसभा सदस्य समेत रहेका निधीले जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै, ‘बिआरआई अनुदानको रुपमा मान्ने ऋणको रुपमा हुदैन यो कांग्रेसको अडिग धारणा हो’ बताए ।केही दिन अगाडि मात्र चिनियाँ राजदुतले आमन्त्रण गरि निधीलाई डिनरसहित पारिवारिक स्वागत गरेका थिए ।

नेता निधीले प्रधानमन्त्री केपि शर्मा ओलीको आसन्न चिन भ्रमणमा ऋण लिने विषयमा कुनै पनि सम्झौता गर्न नहुने पक्षमा कांग्रेस रहेको बताउदै बिआरआईको विषयमा राष्ट्रिय छलफल पनि आवश्यक रहेको बताएका छन् ।उनले अन्तर्राष्ट्रिय सम्बन्ध समिति र संसदमा पनि बिआरआईको विषय त्यस भित्रका सन्दर्भ र योजनाहरु बारे छलफल हुनपर्ने बताएका छन् । बुझदै नबुझि हतारमा यस्ता आयोजनाहरुमा हस्ताक्षर गर्न नहुने उनको तर्क छ ।