
काठमाडौ । हेटौंडा–१२, मा हुने स्थानीय तह उपनिर्वाचनमा मतदान सुरु भएको छ । मतदान बिहान ७ बजेबाट सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।मुख्य निर्वाचन कार्यालयका अनुसार मतदाताहरु विहान ४ बजेबाट मतदानको लागि उत्साहित हुँदै लाइनमा बसेका थिए ।
बागमती प्रदेश निर्वाचन कार्यालय प्रमुख हरिप्रसाद ढकालका अनुसार उक्त वडामा कुल ८ हजार ५३ मतदाता रहेका छन् । मतदातामध्ये ४ हजार ४ सय २८ जना पुरुष र ३ हजार ६ सय २५ जना महिला रहेका छन् ।मतदताका लागि दुई स्थानमा मतदान स्थलको व्यवस्था रहेको छ । प्रतिभा मावि सिक्रेनीमा ५ र विष्णु ज्योति मावि भोर्लेमा ४ वटा गरी ९ वटा मतदान केन्द्र रहेका छन् ।वडाध्यक्षमा एमालेबाट राजेश नगरकोटी, कांग्रेसबाट अर्जुनप्रसाद तिवारी, माओवादीबाट प्रधा रविकुमार प्रधान,
रास्वपाबाट आशावीर बल, राप्रपाबाट प्रेमबहादुर भोलन, जसपाबाट छविलाल वाइबा, मंगोल नेशनल अर्गनाइजेशबाट दीपा लामा, नेमकिपाबाट फूलमाया तितुङ र एकीकृत समाजवादीबाट बलराम बल उम्मेदवार छन् ।वडाअध्यक्ष पदका लागि स्वतन्त्रबाट अर्जुन घलान, गिताकुमारी नेवार र छत्रप्रकाश अधिकारी पनि उम्मेदवार छन् ।वडाबाट निर्वाचित वडाध्यक्ष ललित घलान जिल्ला समन्वय समितिका प्रमुखमा निर्वाचित भएसँगै रिक्त रहेको स्थानमा निर्वाचन हुन लागेको हो । घलानले भने आफ्नो मत दिसकेका छन् ।७ बजेबाट सुरु भएको मतदान बेलुकी ५ बजेसम्म हुने छ भने मतगणना हेटौंडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा हुनेछ ।