• २०८३ असार १२
  • 2026 June 26, Friday

वायु गुणस्तर निगरानी उपकरणको उद्घाटन

काठमाडौं । काठमाडौं महानगरपालिकाले वायु गुणस्तर निगरानी उपकरणको उदघाटन गरेको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमकाबिच उक्त उपकरण उदघाटन गरिएको हो ।

सोही क्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले काठमाडौं महानगरपालिकाभित्र १८ वटा विभिन्न स्थानहरुमा वायु गुणस्तर मापन यन्त्र जडान गर्दै जाने बताएकी छन् । उनले भनिन्, ‘आज हामीले वायु गुणस्तर मापन गर्ने यन्त्र जडान कार्यक्रमको पहिलो कदम चालेका छौ । काठमाडौं महानगरपालिकाको केन्द्र अफिसबाट जडानको सुरुवात गर्यौं र साथै काठमाडौं महानगरपालिका भित्र नै हामीले १८ वटा विभिन्न स्थानहरुमा वायु गुणस्तर मापन यन्त्र जडान गर्दै छौ ।

’यस्तै, यो यन्त्र जडान गर्नुको उद्देश्य काठमाडौं महानगरपालिका वायु प्रदुषण नियन्त्रण गर्नको लागि प्रतिबद्ध छ भन्ने सन्देश दिनु भएको पनि उनको भनाई छ ।उनले भनिन्, ‘महानगरपालिकाभित्र भएका विभिन्न वडा अफिसहरु, स्कुल, विभिन्न निर्माण भईरहेको स्थान, रिङ्रोड, ट्राफिक धेरै हुने ठाँउहरुमा हामीले यो यन्त्र जडान गर्दै छौ । यसरी जडान गरेर जसरी हामी अघि बढि रहेका छौ । यसको उद्देश्य काठमाडौं महानगरपालिका वायु प्रदुषण नियन्त्रण गर्नको लागि प्रतिबद्ध छ भन्ने सन्देश दिनु हो ।’