• २०८३ असार १०
  • 2026 June 24, Wednesday

हरेक शिक्षकहरुले आफ्ना विद्यार्थीहरुको लागि सपना देख्नुपर्छ : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विद्यार्थीले मात्र नभएर शिक्षकले पनि आफूले पढाउने विद्यार्थीको लागि सपना देख्न आवश्यक रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित रेडियन्ट रिडर्स एकेडेमीको रजत जयन्ती २०८१ को समापन समारोहमा बोल्दै उनले भविष्यमा के बन्न चाहन्छौं भनेर विद्यार्थीलाई गरिने परम्परागत प्रश्न भन्दा पनि विद्यार्थीभित्रको सम्भावनालाई चिन्ने काम शिक्षकले गर्नुपर्ने बताए ।उनले भने, ‘आदरनिय गुरुहरुमा म आग्रह गर्न चाहान्छु । परम्परागत रुपमा नै हामीले सुन्ने गरेकै छ ।

तीमि भविष्यमा के बन्न चाहन्छौं भनेको, यो त्यो समयको कुरा हो । के बन्ने भन्ने प्रश्न सुनिन्थ्यो । तर आज म भित्र केको सम्भावना छ भन्ने कुरा मैले आफैले बुझ्न सकिन भने त्यो बुझाइ दिने कर्तव्य शिक्षकको हो । एउटा विद्यार्थी आफू भविष्यमा यो त्यो बन्छु भनेर सपना देख्दै गर्दा शिक्षले पनि कक्षाकोठाभित्र कुन विद्यार्थीमा के बन्ने सम्भावना छ त्यो देख्न सक्नुपर्याे । सपना शिक्षकले पनि देख्न पर्यो ।’

अभिभावकहरुले बच्चलाई दिनुपर्ने समयमा कुनै कम्प्रोमाईज गर्न नहुने पनि उनको भनाई छ । आफ्नो बच्चा बिग्रियो भने संगतले बिग्रियो भन्ने एउटा भ्रम रहेको भन्दै संगत कहिल्यै पनि एकोहोरो नभई दोहोरो हुने हुँदा संगतलाई दोष दिन नहुने उनले बताए ।महामन्त्री शर्माले विद्यालयले राम्रो सर्टिफिकेट लिन योग्य मात्र बनाउने तर संस्कार परिवारले नै दिने हो भन्ने कुरा बिर्सन नहुने पनि बताए ।