• २०८३ असार १०
  • 2026 June 24, Wednesday

जलन हुने, शिघ्र स्वास्थ्य लाभको कामना गर्ने वाहेक अरु काम भएन् : चन्द्र भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले अर्थमन्त्री विष्णु पौडेल र पोखरामहानगरपालिकाका मेयर धनराज आर्चायलाई शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जलनमा परेका अर्थमन्त्री र आर्चायलाई शिघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।उनले भने, ‘हिजो जलनमा परेर अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आर्चाय घाइते हुनुभएको छ ।

उहाँ दुई जनालाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । यसैगरी सानदार मःम मा ग्यास विष्फोटन भइ ज्यान गुमाएका सबैमा श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । जलन हुने, शिघ्र स्वास्थ्य लाभको कामना गर्ने , श्रद्धाञ्जली व्यक्त गर्ने यो हाम्रो निरन्तर भयो । जुन दिन म जलनमा परेको थिए आजकै दिन नेपाल सरकारले नेपालमा जलन अस्पताल बनाउने निर्णय गरेको थियो । धेरै पटक तीन महिना अस्पताल बसेर नेपाल आइसकेपछि धेरै पटक प्रधानमन्त्रीज्युहरु, मन्त्रीज्युहरु सबैसँग यसको विषयमा लामो छलफल भयो तर कसैलाई पनि यतातिर ध्यान गएन ।’