• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

मासु पकाउँदा तेल ठानेर डिजेल हाल्दा आगलागी

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ कमानेस्थित नमुना टोलमा बुधबार साँझ खाना पकाउने क्रममा आगलागी हुँदा दुई महिला घाइते भएका छन्।

हेटौंडा उपमहानगरपालिका-८ कमानेको नमुना टोलस्थित देवान बाबुको घरमा डेरा गरी बस्ने वीरगन्जकी १३ वर्षीया असिया खातुन र भारतको मोतिहारी जिल्लाको अफ्रिदा खातुन घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी डिएसपी श्यामु अर्यालले जानकारी दिए।

मासु पकाउँदै गर्दा तेल जस्तो मानेर तातो कराईमा डिजेल हालिए पछी अचानक आगलागी भएको थियो। आगोबाट असियाको अनुहार, हात, पिठ्युं र खुट्टामा चोट लागेको छ। दुवै घाइतेलाई हेटौंडा अस्पतालमा उपचारका लागि पठाइएको छ।

आगो तत्कालै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।