रामेछापबाट काठमाडौंतर्फ शव बोकेर आउँदै गरेको एम्बुलेन्स बिहीबार बिहान दुर्घटनामा परेको छ। खाँडादेवी गाउँपालिका–३ चारघरेस्थित सित्खा गोगनपानी भित्री सडकमा बिहान करिब १०:४५ बजे प्र.३-०१-००२ झ ५८०३ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी भोला भट्टले जानकारी दिए।
दोरम्बाबाट शव ल्याइँदै गर्दा एम्बुलेन्समा चार जना सवार थिए। तीमध्ये चालकसहित तीन जना घाइते भएका छन्। घाइतेहरू २४ वर्षीय सुरेश मगर, ४१ वर्षीय नारायणबहादुर नेपाली र ५३ वर्षीय दिलबहादुर दमाई रहेका छन्। उनीहरूलाई अर्को एम्बुलेन्समार्फत उपचारका लागि धुलिखेल पठाइएको छ।
शव भने सडकमै राखिएको छ। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।