जनमत पार्टीले मधेश प्रदेश सरकारमा रहेका आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ। पार्टीले वनमन्त्री त्रिभुवन शाह र उद्योगमन्त्री सकिल अलि मियालाई हटाएर, तिनको स्थानमा बसन्त कुशवाहा र सञ्जयकुमार यादवलाई मन्त्रिपरिषद्मा पठाउने तयारी गरेको हो।
पार्टी स्रोतका अनुसार मन्त्रीहरूको नाम तय भइसकेको छ भने साँझभित्र मन्त्रालयको जिम्मेवारी पनि निर्धारण गरिनेछ। एक वर्षको कार्यसम्पादनको समीक्षा गर्दै नयाँ अनुहारलाई अवसर दिन लागिएको जनाइएको छ।
यसअघि सञ्जय यादव सिरहाबाट निर्वाचित कृषि राज्यमन्त्री र समानुपातिक सांसद बसन्त कुशवाहा कृषिमन्त्रीका रूपमा जिम्मेवारीमा थिए। जनमत पार्टीका एक नेताका अनुसार अहिले उनीहरूलाई फेरि मन्त्री बनाउने विषय लगभग टुंगोमा पुगिसकेको छ।