• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

सगरमाथा आरोही सई कुञ्जाङ शेर्पाको त्रिभुवन विमानस्थलमा भव्य स्वागत

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेर फर्किएकी नेपाल प्रहरीकी प्रहरी नायव निरीक्षक कुञ्जाङ छोपेल शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य रूपमा स्वागत गरिएको छ।

बाजागाजा र फूलमालासहित शेर्पालाई विमानस्थलमा स्वागत गरिएको हो। उनको स्वागतका लागि नेपाल प्रहरीका अधिकारीहरू, साथै सगरमाथाको सफल आरोहण गर्ने नेपाल प्रहरीका पहिलो प्रतिनिधि प्रहरी वरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपाली पनि उपस्थित थिए।

सगरमाथा आरोहणको सफलता पश्चात शेर्पालाई विशेष बढुवामार्फत प्रहरी सईमा पदोन्नति गरिएको छ। उनकाे सफल आरोहणलाई नेपाल प्रहरीले गर्वको विषयका रूपमा लिएको जनाएको छ।