राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीद्वारा दायर बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।
न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा गत मङ्गलबारदेखि सुनुवाइ चलिरहेको छ।
बिहीबारको सुनुवाइमा रवि लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले बहस गरेका थिए। त्यसपछि पूर्वडीआईजी जोशीका कानुन व्यवसायीले आफ्नो पक्ष राखेका थिए। त्यसपछि सरकारी पक्षका वकिलहरूले बहस थालेका थिए।
सरकारतर्फबाट गोविन्द खनाल, लोकराज पराजुलीलगायतका वकिलहरूले बिहीबार बहस गरेका थिए। सरकारी पक्षको बहस सम्पन्न भइसकेकाले आज पीडित पक्षका कानुन व्यवसायीहरूले बहस गर्नेछन्। त्यसपछि जवाफी बहस प्रक्रिया सुरु हुनेछ