• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

एमालेको ११ औँ महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौं । नेकपा एमालेले मंसिर २७ गतेदेखि भक्तपुर र काठमाडौंमा हुने एघारौँ महाधिवेशनको लोगो सार्वजनिक गरेको छ।

केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा आइतबार अध्यक्ष केपी शर्मा ओ‌लीले उक्त लोगो सार्वजनिक गरेका हुन् ।

एमालेले ल्याएको महाधिवेशनको लोगोमा धरहरालाई देख्न सकिन्छ । त्यसैगरी भक्तपुरस्थित विश्व सम्पदा सूचीको दरबार क्षेत्रलाई पनि लोगोमा समेटिएको छ।

लोगोमा धरहरासँगै राष्ट्रिय झण्डा फहराइएको छ । अर्कातिर एमालेको रातो रंगको सूर्य चिह्न र हँसिया हथौडा पनि समेटिएको छ।