• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा १ हजार रुपैयाँले घटेको हो ।

सोमबार २ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोवार भैइरहेको सुन घटेर आज २ लाख ५१ हजार ९ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । सोमबार ३ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज बढेर ३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।