Category: हुलाक स्पेसल

हुलाक स्पेसल

  • चाेरीकाे आराेप लगाएपछि ओलीलाई गगनकाे जवाफ : ‘टिप्पणी अलि हतारमा गर्नुभएछ’

    चाेरीकाे आराेप लगाएपछि ओलीलाई गगनकाे जवाफ : ‘टिप्पणी अलि हतारमा गर्नुभएछ’

    काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन् ।

    शुक्रबार नेकपा (एमाले) बागमती प्रदेश संगठनले आयोजना गरेको कार्यक्रममा ओलीले गगन थापालाई संकेत गरी अहिले केहीले एमालेको दृष्टिकोणलाई संशोधन गरेर ‘समुन्नत नेपाल : सम्मानित नेपाली’ को सोच अघि सारेका छन् ।’

    थापाले कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने क्रममा ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ ल्याएका थिए । आफूहरूले ल्याएको अवधारणा ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई थापाले चोरी गरेको ओलीकाे आरोप थियो । थापाले शनिबार सामाजिक सञ्जालमार्फत त्यसको जवाफ दिएका हुन् ।

    उनले फेसबुकमा लेखेका छन् – आदरणीय केपी ओलीज्यू, ’समुन्नत नेपाल, सम्मानित नेपाली’को अवधारणा तपाईँले पनि पढेको थाहा पाएर खुशी लाग्यो । तर टिप्पणी चाहिँ अलि हतारमा गर्नु भएछ ।

    मैले २०७२ मा संविधान जारी भएपछि सम्पन्न तेह्रौँ महाधिवेशनमै कांग्रेसको सम्पूर्ण राजनीति अब ‘समुन्नत नेपालः सम्मानित नेपाली’को निर्माणमा समर्पित हुनुपर्छ र नीति र कार्यक्रमसहित त्यसलाई कार्यान्वयन गर्नसक्ने बन्नका लागि पार्टीको रुपान्तरण हुनुपर्छ भनेर निरन्तर प्रस्ताव गर्दै आएको छु ।

    यो महाधिवेशनपछि सैद्धान्तिक रुपले पुनर्जागृत र रुपान्तरित नेपाली कांग्रेसले सामाजिक लोकतन्त्रको सैद्धान्तिक खाकाभित्र ‘समुन्नत नेपालः सम्मानित नेपाली’को सङ्कल्पसहित राष्ट्रिय अभियान प्रारम्भ गर्दा तपाईंसँग जम्काभेट हुने नै छ । त्यतिञ्जेलसम्मका लागि जय नेपाल !

  • यस्तो छ कांग्रेसको निर्वाचन प्रक्रिया

    यस्तो छ कांग्रेसको निर्वाचन प्रक्रिया

    काठमाडाैं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि शनिबारबाट निर्वाचन प्रक्रिया सुरु हुँदैछ । महाधिवेशनको निर्वाचन कार्यक्रमअनुसार शनिबार उम्मेदवार मनोनयन दर्ताको समय तोकिएको छ भने आइतबार उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ ।

    शनिबार बिहान भृकृटीमण्डपमा १० बजेदेखि मनोनयन दर्ताका लागि समय तय गरिएको छ । मनोनयनमाथि दाबी विरोध सकेर २७ गते बिहान ८ बजेदेखि मतदान सुरु हुने कांग्रेसले जनाएको छ ।

    कांग्रेसमा चार हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका छन् । निर्वाचनबाट कांग्रेसले १३४ पदाधिकारीसहितको केन्द्रीय समिति चयन गर्नेछ । पदाधिकारीतर्फ एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ ।

    त्यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी जनजाति, १५ खस आर्य १३, मधेसी नौ, दलित चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक अल्पसङ्ख्यकबाट एक, अपाङ्गताबाट एक सदस्य निर्वाचित हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट सभापतिले मनोनित गर्ने व्यवस्था छ ।

    कांग्रेसको महाधिवेशन शुक्रबार एक भव्य समारोहका बीच उद्घाटन भएको थियो । गएराति नै सुरु भएको बन्दसत्रमा उपसभापति विमलेन्द्र निधिले नीति, प्रशिक्षण तथा अनुसन्धान प्रतिष्ठानको प्रतिवेदन, महामन्त्री पूर्णबहादुर खड्काले साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष सीतादेवी यादवले लेखा समितिको प्रतिवेदन पेश भई बन्द सत्रले ती प्रतिवेदन पारित गरिसकेको छ ।

    कांग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गर्ने क्रम जारी रहेको छ ।

  • देशभर चिसाे बढ्याे, उपत्यकाकाे तापक्रम ६ दशमलव २ डिग्री सेल्सियस

    देशभर चिसाे बढ्याे, उपत्यकाकाे तापक्रम ६ दशमलव २ डिग्री सेल्सियस

    काठमाडाैं । उपत्यकासहित देशभर चिसो बढ्ने क्रममा रहेकाे छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकासहित मुलकभर न्यूनतम तापक्रम घट्न थालेको छ ।

    शुक्रबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ६ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ । जुम्लामा सबैभन्दा कम -३.७, र जोमसोममा -१ डिग्री सेल्सियस मापन गरिएको छ ।

    देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

    बिहान हुस्सु कुहिरो लाग्ने हुँदा पनि धेरै चिसो महसुस हुने महाशाखाले जनाएको छ। हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएकाले अबको केही दिन मौसम सफा रहने सम्भावना छ।

    शुक्रबार प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा भने मौसम आंशिक बद्ली हुने सम्भावना रहेकाे महाशाखाकाे बुलेटिनमा उल्लेख छ ।

  • अन्य पार्टीमा पनि राजाकाे हस्तक्षेप हुनसक्छ, म नैतिक र धर्मसंकटमा छु : कमल थापा

    अन्य पार्टीमा पनि राजाकाे हस्तक्षेप हुनसक्छ, म नैतिक र धर्मसंकटमा छु : कमल थापा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले अन्य पार्टीमा पनि पूर्वराजाकाे हस्तक्षेप हुन सक्ने आशंका गरेका छन् । आफ्नाे पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धामा पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासको हस्तक्षेपसम्बन्धी एथेष्ट प्रमाण आफूसँग सुरक्षित रहेको दाबीसहित उनले यस्ताे आशंका गरेका हुन् ।

    मंगलबार महाधिवेशनमा आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै विज्ञप्तिमार्फत् निर्मल निवासबाट राप्रपामा विगतदेखि नै हस्तक्षेप हुँदै आएको भन्दै थापाले राप्रपालाई राजाको भजनमण्डली हुन नदिने पनि बताएका छन् ।

    आफू धर्मसंकटमा परेको पनि थापाले उल्लेख गरेका छन् ।

    विज्ञप्तिको पूर्णपाठ

    राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन भव्यताका सथा सम्पन्न भएको छ । महाधिवेशन सफल तुल्याउन सहयोग गर्नुहुने सबैमा हार्दिक आभार व्यक्त गर्दछु ।

    महाधिवेशनबाट निर्वाचित अध्यक्ष राजेन्द्र लिंगदेन लगायत सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको निम्ति शुभकामना व्यक्त गर्दछु ।

    महाधिवेशनले पार्टी एकताको पक्षमा सशक्त मार्गनिर्देशन गरेको छ । विगतमा पटकपटक विभाजनको पीडा भोगेको हुँदा भविष्यमा पार्टी कहिल्यै फुटनु हुँदैन भन्ने महाधिवेशनको स्पष्ट सन्देश र संकल्प रहेको छ । अध्यक्ष पदमा पराजयका बाबजुद पार्टी एकताको पक्षमा मेरो निरन्तर सकारात्मक सहयोग रहने छ ।

    केन्द्रीय नेतृत्वको निर्वाचनमा निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्रको नांगो हस्तक्षेपको भने म घोर भत्सर्ना र निन्दा गर्दछु । फेरि यो पहिलो घटना होइन । २०७४ सालमा पार्टी फुटाउन र विगत केही समय यता तथाकथित भजनमण्डली खडा गरेर पार्टी नेतृत्वको चरित्रहत्या गर्ने र राप्रपाका बारेमा भ्रम सिर्जना गर्ने गराउने कार्य निर्मल निवासबाट बारम्बार हुँदै आएको सर्वविदित छ ।

    मेरो यो अभिव्यक्तिलाई चुनावमा हार पछिको आक्रोशको रूपमा नबुझि दिन सबैमा विनम्र आग्रह गर्दछु । एउटा खेलाडी भएको नाताले हार वा जीतले मेरो लागि कुनै अर्थ राख्दैन । हारलाई पनि सहर्ष स्विकार गरेर फेरि अर्को प्रतिस्पर्धाको निम्ति तयार रहने संस्कार मेरो रगतमा रहेको छ ।

    तर, पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको अवांछित र अमर्यादित हस्तक्षेपले राजसंस्था सम्बन्धि मेरो र राप्रपाको आधारभूत मान्यता माथि नै गंभीर आघात पुगेको छ ।

    नेपालको भूराजनीतिक अवस्था तथा धार्मिक, सामाजिक र सांस्कृतिक परिवेशमा राष्ट्रियता र एकताको प्रतिकको रूपमा राजनीति भन्दा माथी उठेको साझा संस्थाको रूपमा राजसंस्था हुनु उपयुक्त हुन्छ भन्ने हाम्रो मान्यता हो र रहि रहने छ ।

    राप्रपाले परिकल्पना गरेको राजसंस्था एउटा आदर्श अभिभावकको रूपमा रहने सम्मानित संस्था हो । चुनावी राजनीति भन्दा माथी उठेको सम्पूर्ण नेपालीहरूको साझा र तटस्थ संस्थाको रूपमा हामीले राजसंस्थाको वकालत गरेका हौं ।

    अहिले शतप्रतिशत राजावादीहरू भएको पार्टीमा त राजाको ठाडो र फोहरी हस्तक्षेप (यस सम्वन्धी यथेष्ट प्रमाण हामीसँग सुरक्षित छ) हुन्छ भने भोलि राजसंस्था स्थापित हुँदा अन्य पार्टी र राजनीतिमा राजाको हस्तक्षेप हुँदैन भनेर भन्ने हाम्रो नैतिक धरातल समाप्त भएको छ । विगतमा झैं राजाबाट प्रजातन्त्र र प्रजातान्त्रिक संस्थामा हस्तक्षेप हुँदैन भनेर अब हामीले कुन मुखले भन्ने ?

    अत्यन्त प्रतिकुल अवस्था पनि राजसंस्थाको एजेण्डा बोकेर हिंडेको म र राप्रपालाई अहिले परेको पिर यहि हो । म नैतिक र धर्मसंकटमा परेको छु ।

    यसैगरी देशमा राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरण गर्न सक्ने शक्ति वा राजनीतिक दलको रूपमा होइन, राप्रपालाई ‘भजन मण्डली’ बनाउने गलत नियत राखेर मलाई राजनीतिक रूपमा समाप्त पार्न खोजिएको तथ्य स्पष्ट छ । राप्रपालाई ‘भजन मण्डली’ बनाउने निर्मल निवासको योजना हामी कहिल्यै सफल हुन दिने छैनौं ।

    राजसंस्थाका वारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका वारेमा अब राप्रपा भित्र बहस शुरू हुनेछ ।

  • यी पाँच तरिकाबाट गर्न सकिन्छ मस्तिष्कको व्यायाम

    यी पाँच तरिकाबाट गर्न सकिन्छ मस्तिष्कको व्यायाम

    १. मन लागेका कुरा लेखौँ

    मस्तिष्कको व्यायम गर्ने सबैभन्दा सहज तरीका भनेको लेखन हो । मनमा लागेका कुरा कपीमा लेख्दा मस्तिष्कको दुवै भाग सक्रिय बन्नुको साथै मस्तिष्कलाई सक्रिय पनि बनाउँछ । मनोविद्हरूका अनुसार हातले लेख्दा लामो समयसम्म मस्तिष्कमा लेखेकाे कुरा सम्झिरहन्छ । यो युवा र बालबालिका सबैमा काम गर्छ । लेखाई पढाइले यसै पनि मस्तिष्क सक्रिय बन्ने विश्वास छ ।

    २. पाक कक्षामा सहभागी बनौँ

    खाना बनाउँदा शरीरका कयौं इन्द्रियले काम गरिरहेको हुन्छन् । खाना बनाउँदा गन्ध, श्पर्श, दृष्टि र स्वाद थाहा पाउन मस्तिष्कका विभिन्न भाग सक्रिय बन्छन् । साथै खाना बनाउँदा स्मरण शक्ति समेत सक्रिय बन्ने मनोविद्हरूको भनाइ छ । फरक किसिमको खाना बनाउन सिक्दा स्मरण शक्ति अझै बलियो बन्ने गर्छ ।

    ३. नयाँ नयाँ साेख राखौं

    नयाँ सिप र नयाँ नयाँ साेख पाल्नु भनेको दिमागलाई एक प्रकारले व्यायम नै हो । सिर्जनशील साेखहरू जस्तै, गीत गाउनु, गीत रचना गर्नु, नाच्नु, नयाँ नयाँ तरीकाले व्यायम, योग गर्दा मस्तिष्कका विभिन्न भागले काम पाउँछन् । अझ वाद्यबादन बजाउन सिक्नु भनेको मस्तिष्कको फरक किसिमको व्यायम हो । जो बच्चामा वाद्यबादनमा रुचि र सोख छ उसले अरु बालबालिकाले भन्दा फरक तरीकाले आवाजहरू सुन्ने विज्ञानले पुष्टि गरिसकेको छ । यसकारण तपाईहरू पनि आजैदेखि बुन्ने, गाउने, वाद्यबादन बजाउने, घुम्ने, सामाजिक सेवालगायत साेखको विकास गर्न सक्नुहुन्छ । जसले तपाईको मस्तिष्क सक्रिय मात्रै होइन समाजको पनि भलाइ हुन्छ ।

    ४. कोठेपद मिलाउने कोसिस गर्नुहोस्

    खेल तथा पज्जल मिलाउँदा ज्ञानसँगै मस्तिष्क पनि तेज बन्छ । यसले भविष्यमा हुनसक्ने बिर्सने रोगलाई पनि नियन्त्रण गर्ने विज्ञहरूको भनाइ छ । यसकारण आजैदेखि पत्रपत्रिकामा आउने कोठेपद, पज्जलहरू मिलाउन काेसिस गर्नुहोस् । साथै सुकुडु, क्युव मिलाउने, चेस खेल्दा पनि मस्तिष्कको व्यायम हुन्छ ।

    ५. नयाँ भाषा सिक्नुहोस्

    सुन्दा अच्चम लाग्न सक्छ नयाँ भाषा सिक्दैमा कसरी मस्तिष्कलाई व्यायम हुन्छ भनेर । तर, यो सत्य हो कि नयाँनयाँ भाषा सिक्दा मस्तिष्कमा उत्तेजना पैदा हुन्छ र मस्तिष्कमा रहेका सबै प्रकारका अवरोध खुल्न थाल्छन् । किनकी भाषा सिक्दा धेरै सुन्नु, पढ्नु र लेख्नु पर्छ । जसले मस्तिष्कमा उत्तेजना पैदा गर्छ । विज्ञहरूका अनुसार धेरै भाषा जान्ने मानिसमा अल्जाइमरको जोखिम समेत कम हुन्छ । कुनै नयाँ शब्द पहिचान र भण्डारण गर्न मस्तिष्क सक्रिय बन्ने गर्छ ।

  • चर्चामा रहेकी अलबिरा बनिन् कांग्रेस प्रदेश सदस्य

    चर्चामा रहेकी अलबिरा बनिन् कांग्रेस प्रदेश सदस्य

    काठमाडाैं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको निर्वाचनमा सबैको ध्यान खिच्न सफल उम्मेदवार डाक्टर अलबिरा खान विजयी भएकी छन् । पाैडेल समूहबाट उम्मेदवारी दिएकी उनी ८८१ मतसहित निर्वाचित भएकी हुन् ।

    निर्वाचित भएपछि अलबिराले मुस्लिम, मधेसी समुदाय, पिछडिएको समुदायको आवाज बन्दै उनीहरुको जीवनस्तर उकास्न पहल गर्ने बताइन् ।

    मुस्लिम समुदायबाट प्रदेश सदस्य बन्ने उनी उम्मेदवारहरूमध्ये सबैभन्दा कान्छी थिइन् ।

    कपिलवस्तु-३ को प्रदेशसभा ख बाट प्रतिनिधि भएर उनी लुम्बिनी प्रदेश समिति सदस्यमा उम्मेदवार बनेकी थिइन् ।

    ‘मैले १८ वर्षको उमेरमा कांग्रेसको क्रियाशील सदस्यता लिएकी थिएँ, अहिले २४ वर्षकी छु, प्रदेश सदस्यमा जिताउनुहुने सबैलाई धन्यवाद’, डा. खानले भनिन् ।

    एमबीबीएस सकेर एमडी गर्न लागेकी अलविराले समाज रुपान्तरणमा याेगदान गर्ने बताएकी छन् । उनका बुवा कांग्रेसको पूर्व क्षेत्रीय सभापति र अहिले महाधिवेशन प्रतिनिधि हुन् ।

  • म्यानमारकी नेतृ आङ सान सुकीलाई ४ वर्षको जेल सजाय

    म्यानमारकी नेतृ आङ सान सुकीलाई ४ वर्षको जेल सजाय

    काठमाडाैं ।  म्यानमारकी नेतृ आङ सान सुकीलाई चार वर्षकाे जेल सजाय ताेकिएकाे छ । म्यानमारकाे सैनिक सरकारले नेतृ सूचीलाई साेमबार चार वर्ष जेल सजाय सुनाएकाे हाे । उनी एक वर्षदेखि घरमा नजरबन्दमा थिइन् ।

    उनीमाथि असन्तुष्ट समूहलाई उक्साएकाे र राष्ट्रिय विपद् कानुनअन्तर्गत सरकारले जारी गरेकाे काेभिड नियम उल्लंघन गरेकाे अभियाेग लगाइएकाे छ ।

    फेब्रुवरीमा सेनाले कु गर्नुअघि ७६ वर्षीया सुकीले नागरिक सरकारकाे नेतृत्व गरेकी थिइन् । निर्वाचनमा व्यापक धाँधली गरेकाे सेनाकाे आराेप छ ।

    गत वर्ष फेब्रुअरी १ मा म्यानमारको सेनाले जननिर्वाचित सरकारलाई अपदस्त गरेर सुकीलाई नियन्त्रणमा लिएको थियो । त्यसयता उनी सार्वजनिक रूपमा देखिएकी छैनन् भने बन्द कोठाभित्र उनको मुद्दाको सुनुवाइ भएको थियो ।

    सैनिक कूभन्दा केही महिनाअघि गत वर्षको नोभेम्बरमा भएको आम निर्वाचनमा धाँधली भएको भन्दै सेनाले आफूले निष्पक्ष चुनाव गराउने बताएको थियो । उक्त चुनावमा सुकीको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)ले बहुमत ल्याएको थियो ।

    सेनाले कू गरेपछि म्यानमारमा दैनिकजसो प्रदर्शनहरू भइरहेका छन् । ती प्रदर्शनका क्रममा भएका दमनमा अहिलेसम्म १३ सय बढी नागरिकले ज्यान गुमाएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

  • चार वर्षअघिमात्रै प्रवेश गरेर यति धेरै मत पाउँदा खुशी छु : रेखा थापा

    चार वर्षअघिमात्रै प्रवेश गरेर यति धेरै मत पाउँदा खुशी छु : रेखा थापा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महिला महामन्त्रीका उम्मेदवार रेखा थापाले पराजय हुँदा पनि खुसी व्यक्त गरेकी छन् । महिला महामन्त्रीका अर्का उम्मेदवार कुन्ती शाहीसँग पराजित भएकी थापाले चार बर्ष अवधिमा पार्टीका अधिकांशको मत जित्न सफल भएकोमा खुसी ब्यक्त गरेकी हुन् ।

    ‘कुन्तीजी राप्रपामा २० वर्षभन्दा लामो समयदेखि सक्रिय हुनुहुन्थ्यो, उहाँको पार्टीभित्र लामो योगदान छ,’ थापाले न्युज कारखानासँग भनिन्, ‘म चार वर्षअघि मात्रै राप्रपामा प्रवेश गरेको हुँ तै पनि मलाई उल्लेख्य मत आएको देख्दा व्यक्तिगत रुपमा म प्रसन्न छु ।’ राप्रपा एकता महाधिवेसनमा मत प्रकट गर्ने सबैलाई थापाले धन्यवादसमेत दिएकी छन् ।

    शाहीले २ हजार ८ मत ल्याउँदा थापा भने ३ सय ६८ मतले पछि पर्दै १ हजार ६ सय ४० मत सीमित भएकी थिइन । अध्यक्षको अर्का प्रत्यासी कमल थापा पराजित भएको राप्रपा महाधिवेशनमा रेखा विजयी लिङ्देन समूहबाट महिला महामन्त्रीको उम्मेदवारी थिइन् ।

    चार वर्षअघि मात्रै राप्रपामा प्रवेश गरेकी अभिनेत्रीसमेत रहेकी शाहीलाई थापाले बधाई ज्ञापनसमेत गरेकी छन् । ‘चुनावी प्रतिस्पर्धामा जे–जे भए पनि कुन्तीजीलाई मेरोतर्फवाट विजयी हुनु भएको बधाई भन्न चाहन्छु,’ थापाले आगामी योजनाबारे भनिन्, ‘अब म राप्रपामा आबद्ध सबैको मन जित्ने कोसिसमा लाग्नेछु, अब पार्टीलाई झन् सशक्त बनाउने मेरो प्रयास हुनेछ ।’

    थापाको बुझाई राप्रपा महाधिवेशनमा आफुलाई ‘गणतन्त्रवादी’ भनेर महाधिवेशनस्थलमा प्रचार गरिएका कारण पनि पराजित हुनु परेको हो । ‘म नेपालवादी भनेर मत मागिरहे । तर अधिवेशनभर केहीले मलाई गणतन्त्रवादी भनेर प्रचारबाजी गर्दा पनि मेरो पराजय भएको हो कि भन्ने मेरो बुझाई छ,’ उनले न्युज कारखानासँग भनिन् । नेपाल र नेपाली जनताका लागि आफू सदैव जीवन अर्पित गर्न तयार भएर अभिनयबाट राजनीतिमा प्रवेश गरेको थापाको भनाइ छ ।

  • रेखा थापालाई ‘राजनीति फिल्म खेलेजस्तो सजिलो छैन’ भन्नेलाई दीपकराज गिरीले दिए यस्ताे चुनाैती

    रेखा थापालाई ‘राजनीति फिल्म खेलेजस्तो सजिलो छैन’ भन्नेलाई दीपकराज गिरीले दिए यस्ताे चुनाैती

    काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जारी महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिएकी अभिनेत्री रेखा थापाविरुद्ध आएका अभिव्यक्तिप्रति कलाकार दीपकराज गिरीले आक्रोश व्यक्त गरेका छन् ।

    थापासँग राप्रपाको महामन्त्री पदमा प्रतिस्पर्धा गरिरहेकी कुन्ती शाहीले दिएको अभिव्यक्तिविरुद्ध कलाकार गिरीले टिप्पणी गरेका हुन् ।

    ‘रेखा थापालाई कुन्ताजीले ‘राजनीति फिल्म खेलेको जस्तो सजिलो छैन’ भन्नुभएछ’, गिरीले लेखेका छन्, ‘कसले भन्यो तपाईंलाई फिल्म खेल्न सजिलो छ भनेर, एकचोटि ट्राइ गरेर हेर्नुहुन्छ ? क्यामराअगाडि तपाईंको पसिना छुट्नेछ ।’

    उनले अगाडि लेखेका छन्, ‘संसारका सबै काम आआफ्नो ठाउँमा गाह्रै नै हुन्छ, त्यसैले कुनै पेसालाई सजिलो ठान्ने काम नगरौँ । तैँले सक्दैनस्, यो तेरो काम होइन, तेरो अनुभव छैन, यी शब्दहरू तिनले प्रयोग गर्छन्, जो आफैँ असक्षम छन्।’

    राप्रपा आफ्नो सिद्धान्त र विचार प्रतिनिधित्व गर्ने पार्टी नभए पनि रेखा थापाले महामन्त्रीजस्तो महत्त्वपूर्ण पदमा उम्मेदवारी दिनु स्वागतयोग्य कुरा भएको गिरीले उल्लेख गरेका छन् ।

    साथै उनले जितका लागि थापालाई शुभकामना पनि दिएका छन् ।

  • रोनाल्डोको कीर्तिमानी ८०० गोल

    रोनाल्डोको कीर्तिमानी ८०० गोल

    काठमाडौं । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी ८००औँ गोल गरेको खेलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लण्डन क्लब आर्सनलविरुद्ध रोमाञ्चक जित हात पारेकाे छ ।

    बिहीबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा १ गोलले पछि परेको स्थितिमा युनाइटेडले पुनरागमन गर्दै आर्सनललाई ३-२ अन्तरले पराजित गरेको हो ।

    युनाइटेडको जितमा क्रिष्टियानो रोनाल्डोले २ गोल गर्दा ब्रुनो फर्नाण्डेजले १ गोल गरे । आर्सनलकोे लागि इमिली स्मिथ रोव र मार्टिन ओडेरार्डले १-१ गोल गरे ।

    योसँगै रोनाल्डोले आफ्नो करियरकै ८०० गोल पूरा गरेका छन् । ८०० गोल पूरा गर्ने रोनाल्डो पहिलो खेलाडी हुन् । रोनाल्डोले १ हजार ९७ खेलमा याे कीर्तिमानी बनाएका हुन् ।

    खेलको १३ मिनेटमा आर्सनलका स्मिथले गोल गर्दै सुरुआती अग्रता बनाए । ४४ मिनेटमा युनाईटेडका ब्रुनोले १-१ अन्तरमा खेल झारे । ५२ मिनेटमा रोनाल्डोले कीतिमानी ८०० गोल तथा युनाईटेडलाई २–१ को अग्रता दिलाए । दुई मिनेट पछिनै ५४ मिनेटमा मार्टिनले गोल गर्दै आर्सनललाई २–२ को अवस्थामा ल्याए ।

    तर, स्टार खेलाडी रोनाल्डोले पुन: गोल गरेपछि युनाईटेड घरेलु मैदानमा छैटौं जित निकाल्न सफल भयो । यस पटक रोनाल्डोले पेनाल्टीमा गोल गरेका थिए ।

    जितसँगै युनाइटेड १४ खेलबाट २१ अंक जोडेर सातौ स्थानमा छ । पराजित आर्सनलले २३ अंकसहित पाँचौ स्थानमा रहेको छ । आर्सनलले चौथो स्थानमा उक्लने अवसर समेत गुमाएको छ ।