Category: खेल

खेल

  • सन्दीप लामिछानेले गरे क्यानसँगको सम्झौतामा नरहने घोषणा

    सन्दीप लामिछानेले गरे क्यानसँगको सम्झौतामा नरहने घोषणा

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) सँगको केन्द्रीय सम्झौताबाट पछि हट्ने निर्णय गरेका छन्।

    बुधबार आगामी सिरिजका लागि टोलीलाई विदाइ गरिएको केही समयपछि सन्दीपले सामाजिक सञ्जालमार्फत उक्त निर्णय सार्वजनिक गरेका हुन्। हाल उनी क्यानको केन्द्रीय सम्झौता अन्तर्गत ‘क्याटेगोरी ए’ मा रहेका थिए।अचानक आएको यो निर्णयले उनी नेपाली क्रिकेटबाट नै अलगिन लागेका हुन् कि भन्ने अडकलबाजी सुरु भएको छ।

    उनका समर्थकहरू निराश देखिएका छन्, भने विश्लेषकहरूले उनको अनुपस्थिति टोलीका लागि चुनौतीपूर्ण हुन सक्ने बताएका छन्।तर, सन्दीपले यो कदम राष्ट्र वा क्रिकेटबाट टाढा रहने संकेत नभएको स्पष्ट पारेका छन्। “यो मेरो क्रिकेट यात्रा वा राष्ट्रप्रतिको प्रतिबद्धताबाट पछि हट्ने निर्णय होइन,” उनले भनेका छन्, “म राष्ट्रिय टोलीको सदस्यको रूपमा सधैं खेल्न तयार छु।”

    सन्दीपले नेपाल क्रिकेट संघप्रति कृतज्ञता व्यक्त गर्दै आफ्नो अनुभव र योगदानमार्फत अझ धेरै दिन बाँकी रहेको उल्लेख गरेका छन्। “क्यानले मेरो यात्रा र नेपालको क्रिकेटलाई अगाडि बढाउन खेलेको भूमिकाको म उच्च सम्मान गर्छु,” उनले लेखेका छन्।

    उनले लिग-२ अन्तर्गत आगामी जुन २ देखि १० सम्म स्कटल्याण्ड र नेदरल्याण्डसँग खेलिने त्रिपक्षीय सिरिजका लागि टोलीसँगै स्कटल्याण्ड जाने तयारी गरिरहेका छन्। यद्यपि, उनको सम्झौता नवीकरण नगर्ने निर्णयमा क्यानले हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन। संघले छलफलपछि निर्णय लिने बताएको छ।

  • विराट कोहलिको सन्यास पछि पत्नि अनुष्काको भावुक स्ट्याटस

    विराट कोहलिको सन्यास पछि पत्नि अनुष्काको भावुक स्ट्याटस

    भारतीय क्रिकेट स्टार विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिएपछि उनकी पत्नी तथा अभिनेत्री अनुष्का शर्माले एक भावुक सन्देशमार्फत आफ्नो भावना व्यक्त गरेकी छन्।

    सामाजिक सञ्जालमार्फत अनुष्काले लेखेकी छन्– “जहाँ सबैले तिमीले बनाएका रेकर्ड र माइलस्टोनको चर्चा गर्नेछन्, म चाहिँ ती लुकेका आँसुहरू सम्झन्छु जुन तिमीले कहिल्यै बाहिर देखाएनौ, ती संघर्षहरू जुन कोहीले देखेनन्, र टेस्ट क्रिकेटप्रतिको तिमीले देखाएको गहिरो प्रेम।”देखिरहेकी छु ।

    उनले थप लेखेकी छन्, “हरेक टेस्ट सिरिजपछि तिमी अझ परिपक्व र विनम्र बन्दै फर्किन्थ्यौ। तिमीलाई यो यात्रामा यसरी विकास हुँदै जान देख्नु मेरो लागि सौभाग्य रह्यो।”

    अन्त्यमा अनुष्काले कोहलीप्रति गर्व व्यक्त गर्दै भनिन्, “म यति मात्र भन्न चाहन्छु– माया, तिमीले यो खेलमा बिताएको हरेक क्षण पुरै योग्यताका साथ कमाएका हौ।”

    यो सन्देशले कोहलीको क्रिकेट यात्रामाथि अनुष्काको सम्मान, गर्व र आत्मीयता झल्काउँछ।

  • बीसीसीआईको आग्रह अस्वीकार गर्दै विराट कोहलीले गरे टेस्टबाट सन्यास घोषणा

    बीसीसीआईको आग्रह अस्वीकार गर्दै विराट कोहलीले गरे टेस्टबाट सन्यास घोषणा

    विराट कोहलीको टेस्ट क्रिकेटबाट सन्यास घोषणा, टेरेनन् बिसिसिआईको आग्रह

    भारतीय क्रिकेटका चम्किला तारा विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन्। इंग्ल्यान्डविरुद्ध २० जुनबाट सुरु हुने पाँच टेस्टको सिरिजअघि कोहलीले सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गर्दै आफू अब टेस्ट नखेल्ने जानकारी दिएका छन्। यसअघि उनले एक महिनादेखि बीसीसीआईसँग छलफल गरिरहेका थिए, तर टोली व्यवस्थापनको आग्रहलाई पनि बेवास्ता गर्दै उनले यस्तो निर्णय लिएका छन् ।

    १४ वर्षे टेस्ट करिअरमा कोहलीले १२३ म्याचमा ९,२३० रन बनाएका, जसमा ३० शतक छन्। कोहलीले १० हजार रन पुरा गर्न केवल ७७० रन बाकि थियो । तर पनि उनले सन्यास रोजेका छन् ।

    उनले ६८ म्याचमा भारतको कप्तानीसमेत गरेका छन्।

    हालै रोहित शर्मा र अश्विनको पनि सन्यासपछि भारतले अब युवा खेलाडीमा भर पर्नुपर्नेछ। कोहलीको कमजोर टेस्ट फर्म—बार्डर-गावास्कर ट्रफीमा १९० रन र न्यूजिल्यान्डविरुद्ध निराशाजनक प्रदर्शन—ले पनि यो निर्णयमा भूमिका खेलेको देखिन्छ।

    अब शुभमन गिल, केएल राहुल, यशस्वी जैसवाल र पन्तजस्ता युवाहरूको जिम्मेवारी बढेको छ।

  • स्कटल्याण्ड जाने नेपाली क्रिकेट टोली, हेर्नुहोस् स्क्वाड

    स्कटल्याण्ड जाने नेपाली क्रिकेट टोली, हेर्नुहोस् स्क्वाड

    काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्ड जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको नामावली सार्वजनिक गरिएको छ ।

    हेर्नुहोस् स्क्वाड

    रोहित पौडेल (कप्तान)
    आसिफ शेख
    कुशल भुर्तेल
    अनिल कुमार साह
    भीम सार्की
    आरिफ शेख
    बसीर अहमद
    गुलशन कुमार झा

    दिपेन्द्र सिंह ऐरी (उपकप्तान)
    सन्दीप लामिछाने
    सोमपाल कामी
    करण केसी
    ललित नारायण राजबंशी
    नन्दन यादव
    रिजन ढकाल

    CWCL2 पछि टी-२० टोलीमा थपिने खेलाडीहरू:

    किरण ठगुन्ना

    लोकेश बम

    रूपेश कुमार सिंह

     

  • नेपाल र हङकङबीचको पहिलो खेल वर्षाले प्रभावित, अब बहराइनसँग खेल्ने

    नेपाल र हङकङबीचको पहिलो खेल वर्षाले प्रभावित, अब बहराइनसँग खेल्ने

    आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र हङकङबीच थाइल्यान्डको बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा शुक्रबार बिहान खेल्ने तय भएको पहिलो खेल भारी वर्षाका कारण टस नै नभई रद्द गरिएको छ।

    नेपाल समूह ‘सी’ मा रहेको छ, जहाँ उसँगै हङकङ र बहराइन रहेका छन्। अब नेपालले शनिबार बहराइनविरुद्ध दोस्रो खेल खेल्नेछ। त्यसपछि नेपालले वैशाख ३० गते हङकङ र जेठ १ गते फेरि बहराइनसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ।

    समूह चरणको समाप्तिमा शीर्ष स्थानमा रहने टोलीले फाइनल राउन्डमा स्थान बनाउनेछ। फाइनल राउन्डमा तीन टोलीबीच प्रतिस्पर्धा हुनेछ, जसबाट दुई टोलीले आगामी विश्वकप छनोटमा पुग्ने मौका पाउनेछन्।

    एसियाबाट छनोट भएका दुई टोलीसहित कुल १० टोलीबीच विश्वकप छनोट खेलिनेछ। तीमध्ये चार टोली सन् २०२६ मा इंग्ल्यान्डमा आयोजना हुने महिला टी-२० विश्वकपमा छनोट हुनेछन्।

    नेपालले यस प्रतियोगिताको तयारीका लागि दिल्लीमा अभ्यास सत्र आयोजना गरेको थियो। अभ्यासका क्रममा नेपाली टोलीले दिल्लीको महिला टोलीविरुद्ध पाँच अभ्यास खेल खेलेको थियो।

    नेपाली टोली:
    इन्दु बर्मा (कप्तान), पूजा महतो (उपकप्तान), रुबिना क्षेत्री, बिन्दु रावल, राजमती ऐरी, मनीषा उपाध्याय, कविता जोशी, रुबी पोद्दार (विकेटकिपर), सबनम राई, रिया शर्मा, सम्झना खड्का, रोमा थापा (विकेटकिपर), ईश्वरी बिस्ट।

  • भारत-पाकिस्तान तनाव बीच आईपीएलका बाँकी सबै खेल स्थगित

    भारत-पाकिस्तान तनाव बीच आईपीएलका बाँकी सबै खेल स्थगित

    भारत र पाकिस्तान बीचको तनावको कारण इण्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को जारी सिजन स्थगित गरिएको छ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को बैठकले यस्तो निर्णय लिएको हो ।

    बीसीसीआईले तत्कालका लागि विदेशी खेलाडीलाई घर फर्काउने विषयलाई प्राथमिकता दिइएको र प्रतियोगिताको नयाँ मिति चाँडै घोषणा गर्ने जनाएको छ ।

    ८ मेसम्म आईपीएलका ५८ खेलहरू भएका थिए । बिहीबार पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल बीचमै रद्द भएको थियो ।

    धर्मशालामा भइरहेको खेलका बीच पाकिस्तानले भारतमा आक्रमण गरेपछि खेल रद्द भएको थियो ।
    अब समुह चरणका १२ र प्लेअफका ४ खेल गरि कुल १६ खेल बाकीँ रहेका थिए । मे-२५ मा फाइनल तय भएको थियो तर भारत- पाकिस्तान युद्द पेचिलो बन्दै गएपछी बिसिसिआईले हालका लागी प्रतियोगिता सार्ने निधो गरेको छ ।

    अर्को तर्फ पाकिस्तानमा पनि अहिले पाकिस्तान सुपर लिग हुदैँछ , जुन प्रतियोगिता पनि अब दुबईमा हुने भएको छ ।

  • एन्फा साधारणसभामा गणेश थापालाई प्रवेश नदिएपछि तनाव सिर्जना

    एन्फा साधारणसभामा गणेश थापालाई प्रवेश नदिएपछि तनाव सिर्जना

    धुलिखेलमा आयोजित अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभामा शुक्रबार विवाद उत्पन्न भएको छ।

    पूर्वअध्यक्ष गणेश थापा बी डिभिजन क्लब आरसी ३२ का प्रतिनिधिका रूपमा सभामा सहभागी हुन आएका थिए, तर परिचय पास नभएको भन्दै उनलाई गेटमै रोकिएको छ ।

    यस घटनापछि थापा र उनका छोरा गौरव थापासहितको समूहले प्रवेश निषेधको विरोधमा गेटमा नाराबाजी गरेका छन् ।

    थापाले पहिले नै आरसी ३२ को प्रतिनिधित्व गर्न नदिने एन्फाको निर्णयविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए, जहाँ अदालतले उनको पक्षमा फैसला गरेको थियो।

    तर अदालतको आधिकारिक पत्र हालसम्म प्राप्त नभएको भन्दै एन्फाले उनलाई हलमा प्रवेश दिन अस्वीकार गरेको छ, जसले थापा अझै आक्रोशित बनेका थिए।

    फिफाले थापालाई २०१५ अप्रिलमा १० वर्षका लागि फुटबलसम्बन्धी कुनै पनि गतिविधिमा संलग्न हुन नदिने प्रतिबन्ध लगाएको थियो, जुन हालै वैशाखको पहिलो साता सकिएको हो।

    थापामाथि भ्रष्टाचार र घुस लिएको आरोपमा फिफाको अनुशासन समितिले प्रतिबन्ध लगाएको थियो।

    प्रतिबन्धको अवधिमा थापा सामाजिक सञ्जालमा एन्फाविरुद्ध आलोचना गरिरहन्थे र आफन्तमार्फत एन्फामा दबाब दिने प्रयास गरिरहेको एन्फा नेतृत्वको भनाइ छ।

    २०७१ सालमा संसदको सार्वजनिक लेखा समितिले थापामाथि ५८ करोड रुपैयाँ अनियमितताको आरोप लगाउँदै अख्तियारमा छानबिनका लागि सिफारिस गरे पनि अख्तियारले प्रमाण नपुगेको भन्दै मुद्दा फाँटमा राखेको थियो।

    तर पछिल्लो महिनामा एन्फाले थापाले फिफाको निर्देशन उल्लङ्घन गरेको भन्दै अख्तियार लगायतका निकायमा कारबाहीको लागि पत्राचार गर्ने निर्णय गरेको छ।

  • प्रतिभा प्रशस्तै छ, मानसिकता र रणनीतिमा काम गर्नुपर्छः स्टुअर्ट ल

    प्रतिभा प्रशस्तै छ, मानसिकता र रणनीतिमा काम गर्नुपर्छः स्टुअर्ट ल

    नेपाल राष्ट्रिय क्रिकेट टिमका नयाँ मुख्य प्रशिक्षक स्टुअर्ट ल ले टिमसँगको प्रारम्भिक अनुभव र आगामी योजना सार्वजनिक गरेका छन्। लामो अन्तर्राष्ट्रिय प्रशिक्षण अनुभव बोकेका उनले नेपालको टोलीमा प्रशस्तै प्रतिभा रहेको जनाउँदै खेलाडीहरूको मानसिकता, दबावमा प्रदर्शन गर्ने क्षमता, रणनीति तथा अनुशासन सुधार आवश्यक रहेको बताएका छन् ।

    पूर्व अस्ट्रेलियन क्रिकेटर ल ले यो भन्दा अगाडी श्रीलंका,बंगलादेश,वेस्टइन्डिज,बेलायत, यूएसए जस्ता देशका राष्ट्रिय तथा घरेलु टिम प्रशिक्षकको रूपमा काम गरिसकेका छन् ।उनी सन् १९९६ को विश्वकपमा अष्ट्रेलिया उपविजेता हुँदा त्यसको सदस्य थिए ।

    हालै उनले नेपाली खेलाडीहरूको क्याम्पमार्फत मूल्याङ्कन गरिरहेको जानकारी दिएका छन् ।

    उनका अनुसार नेपाली खेलाडिहरुमा “प्रतिभाको कमी छैन। तरअझैपनि खेलाडिहरुले मानसिक दृढता र खेल चेतनाजस्ता पक्षमा सुधार गर्नुपर्ने देखीन्छ ।

    उनका अनुसार टिमको भूमिका निर्धारण, खेल रणनीति निर्माण, तथा दबाबमूलक परिस्थितिमा खेलाडी कसरी प्रतिक्रिया दिन्छन् भन्ने कुरामा विशेष ध्यान दिनुपर्ने छ।

    यो लगायत अन्य नेपाली क्रिकेटसंग सम्बन्धित विषयमा नेपाल क्रिकेट संघ क्यानले कुराकानी गरेको छ ।

    ल संग गरिएको कुराकानीको पुरा रुपः

    स्टुअर्ट ल को नजरमा क्रिकेटको सशक्त पक्ष र सुधार आवश्यक क्षेत्रहरूः

    स्पिन बलिङमा नेपाल बलियो देखिएको र त्यो उपमहाद्वीपीय देशहरूको साझा विशेषता रहेको छ ।
    ब्याटिङमा निरन्तर प्रदर्शन गर्नुपर्ने चुनौती रहेको हुँदा “दैनिक उत्कृष्ट खेल्न गाह्रो भए पनि प्रयास त्यही हुनुपर्छ” । टेस्ट क्रिकेटको लक्ष्य राख्दा गतिशील (पेस) बलिङमा अझ बलियो बन्नुपर्ने आवश्यकता रहेको छ ।

    स्कटल्याण्ड र नेदरल्यान्ड्स विरुद्धको सिरिज तयारी कस्तो छ त ?

    स्कटल्याण्ड र नेदरल्यान्ड्स विरुद्धको खेल नेपालका लागि गम्भीर चुनौती हुनेछ। तर तयारी योजनाबद्ध रूपमा अगाडि बढिरहेको छ ।

    “हामी बेलायतमा केही समय अभ्यास गर्नेछौं जसले मौसम र पिचको अवस्थासँग अभ्यस्त बनाउँछ। त्यसपछि मात्र स्कटल्याण्ड पुगेर खेल्ने योजना छ।”

    समर्थकहरुलाई अपिल
    यूएसएमा नेपालले ३–० को सानदार जित हात पारेको बेला देखेको समर्थन सम्झँदै उनले भने:

    “नेपाली फ्यानहरू विश्वभर छन्। स्कटल्याण्डमा पनि तपाईंहरूको साथ चाहिएको छ। समर्थनले टिमलाई हौसला दिन्छ र विपक्षीलाई दबाबमा राख्न सक्छ।”

    भविष्य योजना र युवाहरूलाई सन्देश
    नेपालमा दिगो घरेलु संरचना निर्माणको आवश्यकता छ। “नेपाल प्रिमियर लिग उत्कृष्ट सुरुआत हो, तर टेस्ट क्रिकेटको लक्ष्य भएमा ३–४ दिनको घरेलु प्रतियोगिता संरचना चाहिन्छ ।

    युवापुस्तालाई प्रेरणादायक सन्देश 

    “क्रिकेट केवल खेल होइन, यो जीवनका मूल्यहरू सिकाउने माध्यम हो।अनावश्यक सपना देख्न छाड्नुहोस्, तर प्रयास भने रोकिनु हुँदैन।”

    नेपालको आतिथ्यता र भविष्यप्रतिको आशा
    घरेलु सिरिजमा सहभागी हुदैँछु । नेपालको “मित्रवत्, आतिथ्यपूर्ण व्यवहार निकै राम्रो छ । टीयू मैदानलाई नेपाली क्रिकेटको घर बनाउन चाहान्छु  ।

  • निलम्बन फुकुवापछी आदिलले भने- हजुरहरुको माया र आशिर्वादले फेरी क्रिकेट खेल्नेछु

    निलम्बन फुकुवापछी आदिलले भने- हजुरहरुको माया र आशिर्वादले फेरी क्रिकेट खेल्नेछु

    काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्व क्रिकेटर आदिल अन्सारीलाई क्यानले निलम्बन फुकुवा गरेको छ ।

    म्याच फिक्सिङको आरोप लागेका उनलाई अदालतले सफाइ दिएसंगै उनलाई सोमबार क्यानले निलम्बन फुकुवा गरेको हो । त्यसपछी आदिलले खुशी हुँदै फेसबुकमा परिवार, क्रिकेटप्रेमी समर्थक र क्यानलाई धन्यवाद दिएका छन् ।

    आदिलले फेसबुकमा स्टाटस लेखेका छन् `हजुरहरुको माया, दुआ र आशिर्वादले फेरी क्रिकेट खेल्नेछु । हजुरहरुको माया, दुआ र आशिर्वाद बनिरहोस ।´

  • स्पट फिक्सिङको आरोपमा प्रतिबन्धित आदिल आलम पुनः मैदान फर्किने

    स्पट फिक्सिङको आरोपमा प्रतिबन्धित आदिल आलम पुनः मैदान फर्किने

    नेपाल क्रिकेट संघ (क्यान) ले स्पट फिक्सिङको आरोपमा प्रतिबन्धित भएका क्रिकेटर मोहमद आदिल आलमको प्रतिबन्ध फुकुवा गरेको छ।

    २०७९ मंसिरमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना भएको नेपाल टी-२० लिगका क्रममा आलममाथि स्पट फिक्सिङको गम्भीर आरोप लागेको थियो। त्यसपछि उनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट प्रतियोगिताबाट प्रतिबन्ध लगाइएको थियो।

    तर क्यानको इन्टेग्रिटी कमिटीले आवश्यक अनुसन्धान र प्रक्रिया पूरा गर्दै प्रतिबन्ध हटाउन सिफारिस गरेपछि क्यानले सो सिफारिसको आधारमा २०८२ वैशाख २१ गतेदेखि लागु हुने गरी प्रतिबन्ध फुकुवा गरेको हो।

    यस निर्णयसँगै आदिल आलम पुनः राष्ट्रिय र अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी हुन पाउने छन्। क्रिकेटमा उनको पुनरागमनले धेरैलाई चासो र कौतूहल उत्पन्न गराएको छ।

    नेपाल टी–२० लिगमा स्पट फिक्सिङको आरोपमा नेपाली राष्ट्रिय टोलीका पूर्वखेलाडी महबुब आलम, आदिल अन्सारी, नितेश गुप्ता, नवीन कँडेल र रवि माझीविरुद्ध सीआईबीले मुद्दा दायर गरेको थियो ।

    नेपाली राष्ट्रिय टोलीमा रहेका आदिलले जनकपुर रोयल्सबाट खेल्नेक्रममा लिगको १२ औं खेलमा काठमाडौं नाइट्सविरुद्ध वेस्ट हाइटमा नो–बल फालेका थिए । त्यसपछि ‘फ्री हिट’ रहेको अर्को बल अफ स्टम्पभन्दा धेरै बाहिर फालेपछि उनलाई अनुसन्धानको दायरामा ल्याइएको थियो । उनले खेलको आफ्नो एकमात्र ओभरमा १५ रन दिएका थिए । उनले नेपाल टी–२० लिगको कम्तीमा दुई खेलमा सोही प्रकारले खेलेको आरोप सीआईबीले लगाएको थियो ।

    फिक्सिङको आरोप लागेका क्रिकेटर महबुब आलम र आदिल आलम अन्सारीसहित ५ क्रिकेटरले २०८० साल चैत्रमा अदालतबाट सफाइ पाएका थिए । अदालतबाट सफाई पाएको भएपनि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अनुसन्धान गरिहेकाले उनले अहिलेसम्म खेल्न नपाएको क्यानले बताइरहेको थियो ।

    अब क्यानको निलम्बन फुकुवासंगै मोहमद आदिल आलम नेपाली क्रिकेटमा फर्किएका छन् । यद्दपी नेपाली टोलिबाट खेल्नका लागि भने आदिलले चयनकर्ताको मन जित्न पर्नेछ ।