Category: हुलाक स्पेसल

हुलाक स्पेसल

  • निम्सको छवि धुमिल्याउन अनेक प्रयास! कथित यौन दुर्व्यवहार आरोपितले हटाइन् तस्बिर

    निम्सको छवि धुमिल्याउन अनेक प्रयास! कथित यौन दुर्व्यवहार आरोपितले हटाइन् तस्बिर

    काठमाडौं । कीर्तिमानी आरोही निर्मल पूर्जामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी पूर्व मिस फिनल्यान्ड लोट्टा हिन्स्टाले नेपालको प्राकृतिक क्षेत्रमा अश्लिल हर्कत गरेको तस्बिर आफ्नो इन्स्टाग्रामबाट हटाएकी छिन् ।

    सोलुखुम्बु जिल्लाको गोक्यो हिमतालमा उनले एक पुरुषसँग नग्न तस्बिर खिचेर आफ्नो इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् । अहिले उक्त तस्बिरहरु हटाएकी छिन् ।

    केही दिन अघिमात्र अमेरिकी सञ्चार माध्यम न्युयोर्क टाइम्समा हिन्स्टाले आफूमाथि पूर्जाले दुर्व्यवहार गरेको समाचार प्रकाशित भएको थियो । काठमाडौंको एक होटलमा व्यापारिक छलफलका क्रममा पूर्जाले किस गरेको, होटलको कोठासम्म तानेर लगेको र कपडा खोलेको हिन्स्टाले न्युयोर्क टाइम्सलाई बताएको समाचारमा उल्लेख थियो ।

    हिन्स्टा पनि एक पर्वतारोही हुन् । उनले आफ्ना साथीसँग मिलेर लेखेको एक पुस्तकमा पनि यो घटनाबारे उल्लेख भएको बताइएको छ । तर त्यो पुस्तकमा निर्मल पूर्जाको नाम उल्लेख भएको छैन ।

    हिन्स्टाको उक्त आरोप निर्मल पूर्जाले अस्वीकार गरेका छन् । आरोप झुटो र अपमानजनक भएको उनको दाबी छ । उनीविरुद्ध पूर्जाले कानुनी उपचारको बाटो खोजेका छन् ।

    पूर्जामाथि आरोप लगाएकी हिन्स्टाले अहिले इन्स्टाग्राममा नेपालको प्राकृतिक क्षेत्रमा खिचेको अश्लिल तस्बिर आलोचनाको डरले हटाइसकेकी छन् । चर्चाको लागि अश्लिल हर्कत गर्ने हिन्स्टाले चर्चाकै लागि पूर्जामाथि आरोप लगाएको अनुमान पनि गर्न सकिन्छ । उनले तस्बिरहरु हटाएपछि कहीँ नै कतै उनको पनि गल्ती भएको आशंका गर्न थालिएको छ ।

    हिमाल आरोहणमा करिब ४० वटा विश्व रेकर्ड बनाएका आरोही पुर्जाले आफ्नो अन्तर्राष्ट्रिय छवि निकै ओजिलो बनाएका थिए । आफ्नो उक्त ओजिलो छवि धुमिल्याउन विविध प्रयास भइरहेको पनि उनको बुझाइ छ ।

    केही समयअघि अनलाइन भिडियो स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सले पनि उनको बारेमा डकुमेन्ट्री बनाएको थियो । कतारको राजपरिवार सदस्य आश्मा थानीदेखि अमेरिकाको फोलोरेडाको मेयरसमेतलाई पूर्जाले गाइड गरिसकेका छन् ।

  • सन्दीपको विषयमा क्यानले झुट बोल्यो

    सन्दीपको विषयमा क्यानले झुट बोल्यो

    काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने आइसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जान पाएनन् । अदालतमा उनीविरुद्धको मुद्दा विचाराधिन रहँदा नेपाली टोलीसँगै प्रक्रिया सुरु नै गर्न पाएनन् भने अदालतबाट सफाई पाएपछि विगतको भिसा रद्द हुँदा नयाँ प्रक्रिया अनुसार अमेरिकी दूतावासबाट २ पटक भिसा रिजेक्ट भयो ।

    लामिछाने जेठ ९ गते भिसाका लागि अन्तर्वार्ताका दिन दूतावास पुगेका थिए । पहिलो पटक उनको भिसा रिजेक्ट भएको थियो । त्यसपछि चौतर्फी आलोचना भएपछि १७ गते दोस्रो पटक अन्तर्वार्ताका लागि सन्दीपलाई बोलाइएको थियो । दोस्रो पटक पनि उनको भिसा अस्वीकृत हुँदा अन्ततः सन्दीप टी–२० विश्वकप खेल्न जान पाएनन् ।
    सन्दीपको दोस्रो पटक पनि भिसा अस्वीकृत भएपछि नेपाल क्रिकेट संघ क्यानले एक विज्ञप्ति जारी गरेको थियो ।

    संघका सचिव पारस खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेको भ्रमणको निम्ति कुटनीतिक नोटसहित नेपाल सरकार, परराष्ट्र मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल क्रिकेट संघका साथै आइसीसीबाट आवश्यक पहुँदा हुँदासमेत अमेरिकी दूतावासले राष्ट्रिय खेलाडी सन्दीप लामिछानेलाई विश्वकप खेल्नका लागि यात्रा अनुमति (भिसा) दिन असमर्थता जनाएको व्यहोरा जानकारी गराउन चाहन्छौं,’ भनिएको छ ।

    क्यानले उक्त विज्ञप्ति जेठ १७ गते प्रकाशित गरेको थियो ।

    अन्तर्राष्ट्रिय प्रचलनमा कुटनीतिक नोट एउटा मुलुकले अर्को मुलुकको व्यवहारलाई लिएर दिइने उच्च तहको पत्र हो । सरकारले कुटनीतिक नोट दिँदा समेत किन दूतावासले भिसा दिन मानेन भन्ने प्रश्न यतिबेला उब्जिएको छ । तर, हामीले प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयमा बुझ्दा कुटनीतिक नोट जारी न भएको अनौपचारिक तहबाट कुराकानी मात्रै भएको स्रोतले पुष्टि गरेको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनौपचारिक तवरबाट कुरा गर्दा सकारात्मक सन्देश नपाएपछि कुटनीतिक नोट नै जारी नभएको बुझिएको छ । सन्दीपले उच्च अदालतबाट मात्रै मुद्दामा सफाई पाएको र अझैं सर्वोच्च अदालत पुग्न बाँकी रहेको भन्दै भिसा दिन अस्वीकार गरिएको कुराहरु पनि सार्वजनिक भएका छन् ।

    यसबीचमा, क्यानले सन्दीपलाई विश्वकपको स्क्वाडमा अन्तिम १५ मा गोप्यरुपमा समावेश गरेको कुरा पनि सार्वजनिक भएको थियो । पहिला नै १५ जना खेलाडी विश्वकपका लागि गइसकेको र सन्दीपलाई थप्दा एक जनालाई हटाउनु पर्ने थियो । तर, सन्दीपको भिसा नलाग्दासम्म हटाउने खेलाडी गोप्य राखिएको कुरा बताइएको थियो । यो कुरा गोप्य नै रहे पनि क्यानले सन्दीपलाई अन्तिम १५ मा राखेर कुनै पनि प्रक्रिया अघि नबढाएको पनि पुष्टि भएको छ । नेपाल न्युज बैंकलाई प्राप्त पत्र अनुसार क्यानले सन्दीपको विषयमा आइसीसीबाट प्राप्त हुने २५ सदस्यीय सुविधा बाहेक सम्बन्धित संघहरुले आफ्नै श्रोतबाट खर्च व्यहोर्ने गरी थप खेलाडी र अफिसियलहरु राष्ट्रिय टोलीमा समावेश गर्न पाउने प्रावधान अनुसार संघबाट खर्च व्यहोर्ने गरी आइसीसीको स्वीकृतीमा राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई विश्वकप क्रिकेट प्रतियोगिताको लागि राष्ट्रिय क्रिकेट टोलीमा समावेश गरिएको उल्लेख छ ।

    यसबाट के प्रष्ट भएको छ भने क्यानले सन्दीपलाई १५ जनाभित्र नभइ अतिरिक्त खेलाडीको रुपमा समावेश गर्न खोज्दा भिसा नलागेको बुझिएको छ । दूतावासले पहिला नै १५ खेलाडी र १० अफिसियल गरेर २५ जनालाई भिसा दिइसकेको अवस्थामा फेरि सन्दीपलाई किन भिसा दिने भन्ने कुराको औचित्य क्यानले पुष्टि गर्न नसकेको पनि प्रष्ट भएको छ ।

  • Protest in Beni, Myagdi in Support of ‘Nims Dai’

    Protest in Beni, Myagdi in Support of ‘Nims Dai’

    Kathmandu – A protest was held in Beni, Myagdi in support of record-breaking climber Nirmal Purja, known as ‘Nims Dai’. The protest was organized by the All Nepal National Free Students Union (ANNFSU) Myagdi on Thursday.

    Nepali Congress MP Rajendra Bajgai had called on the government to ban Purja from entering Nepal during the zero hour of the House of Representatives meeting on Tuesday.

    Bajgai cited a news article published in the New York Times regarding allegations of sexual misconduct, accusations of cutting ropes set by Sherpas on the mountains, and allowing foreigners to climb with Nepali citizenship, among other actions, as reasons for banning him.

    Outraged by these remarks, the youth of ANNFSU Myagdi organized a protest in Beni Bazaar. They demanded an apology from Congress MP Bajgai.

    They warned that if Bajgai does not apologize, the protest, which started in Myagdi, will become nationwide.

    Protesters carried placards with slogans such as “The mountains belong to everyone, stop the syndicate,” “Nims Dai, I am with you,” “Stop defaming the nation’s pride,” and “Stop the politics against Nims Dai.”

    Purja climbed Mount Everest in 2018. The photo he took of the crowded summit drew worldwide attention. During his ascent, he also rescued four other climbers.

    Online video streaming platform Netflix made a documentary about him. He has guided members of the Qatari royal family, including Asma Al Thani, and Russian model Victoria Bonya.

  • Unnatural demands of Manpower businessman Tanka Ghising on Nims Dai on the grounds of house burning, style of blackmail!

    Unnatural demands of Manpower businessman Tanka Ghising on Nims Dai on the grounds of house burning, style of blackmail!

    A terrible fire broke out in Kapan (Budhanilkanth Municipality Ward No. 11) of Kathmandu on the evening of September 21, 2022. A two-and-a-half-storey house was completely destroyed by fire. The house was Tanka Ghising who had a permanent home in Taplejung. The fire that started from the ground floor of the house not only damaged the house but also killed three people. The ground floor of the house where there was a fire was rented by Elite Himalayan Adventure Company.The owner of the company is record mountaineer Nirmal Purja (Nims Dai).

    Three employees of this company, Ashok Rai of Sankhuwasabha, Kasang Sherpa of Taplejung and Chhewang Sherpa of Solukhumbu lost their lives in the fire. Ghising, the householder, lost his residence. Office of Elite Himalayan Adventure Company has been opened. But even after a year and a half, the dispute between the wife and the company has not been resolved. This dispute is increasing day by day.

    Ghising is currently knocking the door of the court saying that Purja’s company has not paid compensation. He has demanded a compensation of 58 million from Purja’s company. But Govind Baruwal, representative of Elite Himalayan Adventure Company, says that his demand is not justified. This case has not been resolved since the beginning of the dispute.

    The representatives of Elite Himalayan Adventure Company allege that the Ghising family is disrespecting Nirmal Purja by making this matter controversial. The Ghising family has been protesting against Nirmal Poorja by going to various events from social media. A few days ago, Purja complained that the Ghising family made many accusations against Purja after reaching a program held at a hotel in Kathmandu.

    This is the crux of the controversy

    The main point of dispute between housewives Tanka Ghising and Nirmal Purja is the compensation amount. House Owner Ghising had demanded 5.8 Crore compensation for the house since the beginning. Nirmal Purja rejected his proposal as the compensation amount for his 2 and a half floor house was too much. Purja took the proposal of building a house at that place to Ghising but Purja’s proposal was rejected by Ghising. He insisted that he would need 58 million for compensation.Purja could not pay the amount and the dispute started to escalate.

    Ghising is the owner of the foreign employment company ‘Diamond Overseas Services Pvt Ltd’. Ghising had taken a loan of 80 lakh rupees to run this company only 2 years ago by mortgaging the same house. While taking the said loan, the bank itself had insured Rs 1 crore 10 lakhs. Ghising has already taken 20 lakh rupees of that insurance.It is said that the payment of the remaining insurance amount is still in process, but the representative of Elite Himalayan Adventure Company complains that he did not tell the representative of Elite Himalayan Adventure Company that he had taken the insurance amount and that he is making many threats to defame the name of Nirmal Purja.

    According to Baruwal, House Owner Ghising is bargaining because Nirmal Purja is famous in the country and abroad and she has a lot of money. Some time ago, when Elite Himalayan Adventure Company offered to build a house, he demanded that he should get one crore rupees along with the house. Baruwal says, “It seems that the purpose of House Owner ghising is to get money in any way.” Because he insists that money is needed anyway, this dispute is getting worse than being resolved.Baruwal is of the opinion that Poorja came into disrepute because he did not get money.

    On Mangsir 1, 2076, they made an agreement to restore the house. In which it is mentioned that if there is any damage on the part of the company during the rental period, the company has to pay for it. But according to the Civil Code, legal scholars argue that there is no double compensation for any damage. After taking the insurance amount, it is unfair to ask for compensation again.

    Attempts to discredit through social media

    The Ghising family is defaming Nirmal Purja through social media. Purja complains that they shared pictures of Purja on social media and made many accusations and slanders.

    The social media controversy had reached the ward office and the Judicial Committee of Budhanilkanth Municipality. In the Rohbar of the ward, there was an agreement that the Ghising family would not write many things on social media in connection with Nirmal Purja, but the Ghising family is still making many accusations and hateful expressions about Purja. The Ghising family is planning to spread hatred about Nirmal Purja. The real victim is Purja,” says Baruwal.

    Home Owner’s accusation is not true

    Although the cause of the fire is said to have been caused by a cooking gas cylinder, owner Ghising’s family alleges that Nirmal Purja kept other explosives there. But some facts to confirm this have not been found yet.

    On the day of the fire, the Ghising family went to Bouddha to buy goods and only when they got close to the house did they realize that their house was on fire.

    That evening, due to the explosion after the fire, the wall on one side of the two floors was destroyed, while the walls and doors of other nearby houses were cracked.

    It seems that about 20 oxygen gas cylinders were destroyed in the explosion. Even though the oxygen cylinder used for trekking was said to have burst, the locals claimed that there was a sound like a bomb going off again and again. But so far, nothing has been found to suggest that there are other flammable substances other than the oxygen cylinder that burst into such a sound. Mingma David Sherpa, another owner of Elite Company, says that he made baseless allegations to force Nirmal Purja’s image down.

    Representatives of Elite Company say that this dispute has arisen because the housewife, Tanka Ghising, said that she needs money anyway. Purja says that the family of the person who died in the fire incident is still being provided monthly salary. Despite doing this, the family of the deceased has been accused of raising their objections by House Owner Ghising by doing many things.

    Tanka Ghising himself says that after the fire, he met his daughter-in-law Tanka Ghising and said, “don’t worry brother and now everything will be sorted out slowly”. But later he is accused of saying that he cannot pay the compensation, that’s why he has reached the court now. But Nirmal Purja denies the accusation of ghising saying that “we cannot pay compensation”. According to him, after Ghising asked for a large amount of money for his house, he said that he would build the house, but he did not agree to that and he is doing all this to collect 5.8 Crore.

  • घर जलेको निहुँमा निम्स दाईमाथि मेनपावर ब्यवसायी टंकको अस्वभाविक मागदाबी, ब्ल्याकमेलको शैली !

    घर जलेको निहुँमा निम्स दाईमाथि मेनपावर ब्यवसायी टंकको अस्वभाविक मागदाबी, ब्ल्याकमेलको शैली !

    काठमाडौं । ०८९ साल असोज ५ गतेको साँझ काठमाडौंको कपन (बुढानीलकण्ठ नगरपालिका वडा नं ११) मा भयानक आगलागी भयो । आगलागीबाट एउटा साढे २ तलाको घर पूर्णरुपमा क्षति भयो । घर थियो ताप्लेजुङ स्थायी घर भएका टंक घिसिङको । उक्त घरको भुइँतलाबाट सुरु भएको आगलागीले घरमामात्र क्षति भएन तीन जनाको ज्यानैसमेत गयो । आगलागी भएको घरको भुइँतला ‘एलाइट हिमालयन एड्भेन्चर कम्पनी’ले भाडामा लिएको थियो । कम्पनीका सञ्चालक हुन्, कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) ।

    उक्त आगलागीमा यही कम्पनीका तीन कर्मचारी संखुवासभाका अशोक राई, ताप्लेजुङका कासाङ शेर्पा र सोलुखुम्बुका छेवाङ शेर्पाले ज्यान गुमाए । घरधनी घिसिङले आफ्नो बासस्थान गुमाए । एलाइट हिमालयन एड्भेन्चर कम्पनीको कार्यालय सेलायो । तर डेढ वर्ष बितिसक्दा पनि घरबेटी र कम्पनीको विवाद भने सेलाएको छैन । दिनप्रतिदिन यो विवाद बढीरहेको छ ।

    पूर्जाको कम्पनीले क्षतिपूर्ति नदिएको भनेर घिसिङ यतिबेला अदालतको ढोका ढकढक्याइरहेका छन् । उनले पूर्जाको कम्पनीसँग ५ करोड ८० लाख क्षतिपूर्ति माग गरेका छन् । तर यो उनको माग जायज नभएको एलाइट हिमालयन एड्भेन्चर कम्पनीको प्रतिनिधि गोविन्द बरुवाल बताउँछन् । यही विषयमा सुरुदेखि विवाद भएपछि यो केस अहिलेसम्म पनि नसुल्झिएको हो ।

    यही कुरा विवादित बनाएर घिसिङ परिवारले निर्मल पूर्जाको बेइज्जत गरिरहेको आरोप एलाइट हिमालयन एड्भेन्चर कम्पनीका प्रतिनिधिहरुको छ । सामाजिक सञ्जालदेखि विभिन्न कार्यक्रममा नै गएर निर्मल पूर्जाको विरोध घिसिङ परिवारले गरिरहेकै छन् । केही दिनअघिमात्र काठमाडौंको एक होटलमा भएको कार्यक्रममै पुगेर घिसिङ परिवारले पूर्जामाथि अनेक आक्षेप लगाएर दुःख दिएको गुनासो पूर्जाले गरे ।

    यस्तो छ विवादको चुरो कुरो

    घरबेटी टंक घिसिङ र निर्मल पूर्जाको विवादको मुख्य कुरा भनेको नै क्षतिपूर्ति रकम हो । घरेबेटी घिसिङले सुरुवाती दिनदेखि नै उक्त घरको क्षतिपूर्ति ५ करोड ८० लाख माग गरेका थिए । उनको साढे २ तला घरको क्षतिपूर्ति रकम माग धेरै नै भएपछि उनको यो प्रस्ताव निर्मल पूर्जाले अस्वीकार गरे । पूर्जाले उक्त स्थानमा घर बनाइदिने प्रस्ताव घिसिङसमक्ष लिएर गए तर पूर्जाको प्रस्ताव घिसिङले अस्वीकार गरे । उनले क्षतिपूर्ति बापत ५ करोड ८० लाख नै चाहिने भनेर अड्डी कसे । जुन रकम पूर्जाले दिन सकेनन् र विवाद चर्किन थाल्यो ।

    घिसिङ वैदेशिक रोजगारसम्बन्धी कम्पनी ‘डायमन्ड ओभरसीज सर्भिसेज प्रालि’ का सञ्चालक हुन् । घिसिङले त्यही घर धितो राखेर २ वर्ष अघिमात्र यही कम्पनी सञ्चालन गर्न भनेर ८० लाख रुपैयाँ कर्जा लिएका थिए । उक्त ऋण लिँदा बैंकले नै १ करोड १० लाख रुपैयाँ बराबरको बीमा गरिदिएको थियो । त्यही बीमाको २० लाख रुपैयाँ घिसिङले लिइसकेका छन् । बाँकी बीमाको रकम भुक्तानी पनि प्रक्रियामै रहेको बताइएको छ तर उनले एलाइट हिमालयन एड्भेन्चर कम्पनीका प्रतिनिधिलाई आफूले उक्त बीमा रकम लिएकोबारे नबताएको र एकोहोरो रुपमा निर्मल पूर्जाको नाम बदनाम गर्न अनेक लान्छना लगाइरहेको गुनासो कम्पनीका प्रतिनिधि बरुवाल गर्छन् ।

    बरुवालका अनुसार घरबेटी घिसिङले निर्मल पूर्जा देश विदेशमा चर्चित भएको र उनीसँग टन्न पैसा छ ‘मैले भनेजति दिन सक्छन्’ भन्ने उद्धेश्य राखेर नै बार्गेनिङ गरिरहेका छन् । उनले केही समयअघि एलाइट हिमालयन एड्भेन्चर कम्पनीले घर बनाइदिने प्रस्ताव गर्दा पनि घरसहित एक करोड रुपैयाँ आफूले पाउनुपर्ने माग राखे । बरुवाल भन्छन् ‘घरबेटी घिसिङ उद्धेश्य जसरी पनि पैसा लिने भन्ने देखिन्छ ।’ उनले जसरी पनि पैसा चाहिने अड्डी कसेका कारण यो विवाद सुल्झिनेभन्दा पनि बल्झिरहेको छ । घिसिङ पैसा नपाएकै कारण पूर्जाको बदनामीमा उत्रेको बरुवालको बुझाइ छ ।

    २०७६ मंसीर १ गते उनीहरुले घरबहाल सम्झौता गरेका थिए । जसमा भाडामा बसुन्जेल कम्पनीका तर्फबाट कुनै क्षति भए त्यसको भर्पाइ कम्पनीले नै गरिदिनुपर्ने उल्लेख छ । तर देवानी संहिता अनुसार कुनैपनि क्षतिमा दोहोरो भर्पाइ नहुने कानुनविद्हरुको तर्क छ । बीमाको रकम लिइसके पछि भने फेरि पनि क्षतिपूर्तिको रकम मागिरहनु अनुचित हुन्छ ।

    सामाजिक सञ्जालबाट बदनाम गर्ने प्रयास

    घिसिङ परिवारले सामाजिक सञ्जालबाट निर्मल पूर्जाको बदनाम गरिरहेका छन् । उनीहरुले समाजिक सञ्जालमा पूर्जाको तस्बिर सेयर गरेर अनेक आरोप र लान्छना लगाएर खेदेको खेद्यै गरेको पूर्जाको गुनासो छ ।

    सामाजिक सञ्जालको विवाद वडा कार्यालय र बूढानीलकण्ठ नगरपालिकाको न्यायिक समितिसम्म पनि पुगेको थियो । वडाकै रोहबरमा अब घिसिङ परिवारले योबारेमा निर्मल पूर्जालाई जोडेर सामाजिक सञ्जालमा अनेकथरी कुराहरु नलेख्ने भनेर सम्झौता पनि भएको थियो तर घिसिङ परिवारले अहिले पनि पूर्जाका बारेमा अनेक आरोप र घृणा फैलाउने अभिव्यक्तिहरु दिइरहेकै छन् । ‘नियोजित रुपमा नै निर्मल पूर्जाको बारेमा घृणा फैलाउन घिसिङ परिवार लागिरहेका छन् । बास्तविक पीडित त पूर्जा हुन्’ बरुवाल भन्छन् ।

    घरबेटीको आरोपमा छैन सत्यता

    आगलागीको कारण खाना पकाउने ग्यासको सिलिन्डरबाट भएको भनिए पनि घरबेटी घिसिङको परिवार भने निर्मल पूर्जाले त्यहाँ अरु नै विस्फोटक पदार्थ राखेको आरोप लगाउँछन् । तर यसबारे पुष्टी हुने केही तथ्य भने अहिलेसम्म फेला परेका छैन ।

    आगलागी भएको दिन घिसिङ परिवार भने सामान किन्न बौद्ध गएको र घर नजिक पुगेपछिमात्र उनीहरूले आफ्नो घर जलेको थाहा पाएको बताउने गरेका छन् ।

    त्यस साँझ आगलागीपछि भएको विस्फोटबाट दुई तलाको एकातर्फको पर्खाल भत्किएको थियो भने आसपासका अन्य घरहरूका पर्खाल र ढोका चर्किएका थिए ।

    विस्फोटमा करिब–करिब २० वटा अक्सिजन ग्यासको सिलिन्डर परेको देखिन्छ । ट्रेकिङका लागि प्रयोग हुने अक्सिजन सिलिन्डर पड्किएको भनिए पनि बम पड्केको जस्तो आवाज पटक–पटक आएको स्थानीयबासीले भनेको दाबी घिसिङको छ । तर त्यत्रो आवाज आउने गरी पड्किएको अक्सिजन सिलिन्डरबाहेक अन्य ज्वलनशील पदार्थहरु हो भन्ने आधार हालसम्म केही फेला परेको छैन । जबरजस्ती निर्मल पूर्जाको इमेज डाउन गर्नका लागि तथ्यहीन आरोप लगाएको एलाइट कम्पनीका अर्का सञ्चालक मिङ्मा डेविड शेर्पा बताउँछन् ।

    घरबेटी टंक घिसिङले जसरी पनि पैसा नै चाहिन्छ भनेका कारण नै यो विवाद आएको एलाइट कम्पनीका प्रतिनिधिहरु बताउँछन् । पूर्जाले आगलागीको घटनामा मृत्यु भएका व्यक्तिको परिवारलाई अहिलेसम्म पनि मासिक रुपमा नै तलब उपलब्ध गराइरहेको बताउँछन् । यति गर्दागर्दै पनि मृतकका परिवारलाई अनेक कुरा गरेर घरबेटी घिसिङले उचालेर आफ्नाे विराेध गराइरहेकाे आराेप पूर्जाकाे छ ।

    घरबेटी टंक घिसिङलाई पनि उनले आगलागी भएपछि आफैँले भेटेर ‘डन्ट वरी ब्रदर भनेको र अब बिस्तारै सबै मिलाउँदै जाने’ भनेको स्वयम् टंक घिसिङ बताउँछन् । तर पछि आफूले क्षतिपूर्ति दिन नसक्ने बताएको उनको आरोप छ त्यही कारण उनी अहिले अदालतसम्म पुगेका छन् । तर निर्मल पूर्जा ‘आफूहरुले क्षतिपूर्ति दिन सक्दिनँ’ भनेको घिसिङको आरोप अस्वीकार गर्छन् । उनका अनुसार घिसिङले आफ्नो घरको मोटो रकम मागेपछि आफूले घर बनाइदिने भनेको तर उनी त्यो कुरा नमानेर जसरी हुन्छ ५ करोड ८० लाख उठाउनका लागि यो सबै गरिरहेको दाबी उनकाे छ ।

  • ६ वर्ष बित्यो एनआईसी एसिया बैंकले तिरेन १४ करोड जरिवाना

    ६ वर्ष बित्यो एनआईसी एसिया बैंकले तिरेन १४ करोड जरिवाना

    “एनआईसी एसिया बैंक चोर हो यसले नियमनकारी निकायलाई अनेक प्रभावमा पारेर राज्य दोहन गरिरहेको छ । यसलाई कारवाही गर्ने हुति कसैको छैन । नियमनकारी निकाय राज्यको नुन खाएर एनआईसी एसिया बैंकको सेवक बनेर बसिरहेका छन ।’’ यो भनाई पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको विरुद्ध आन्दोलन गर्दै हिडिरहेका दुर्गा प्रसाईंले ठाउँठाउँमा गरेको भाषणको अंश हो । उनले भने जस्तै राज्यका निकायलाई पंगु बनाएर राज्यलाई नै एनआईसी एसिया बैंकले कसरी ठग्छ भन्ने कुरा खुलेको छ ।

    २०७५ असार २७ गते जारी गरिएको मौद्रिक नीतिले २०७५ असारसम्म कृषीमा १० र पर्यटन तथा उर्जामा १५ प्रतिशत कर्जा प्रवाह गर्नु पर्ने मौद्रिक नीतिमा स्पष्ट व्यवस्था थियो । यदि दाखिला नगरेमा जरीवाना तिर्नु पर्ने व्यवस्था गरेको थियो । व्यवस्था अनुसार एनआईसी एसिया बैंकले कृषीमा १० प्रतिशत कर्जा प्रवाह गर्दा, पर्यटन तथा उर्जामा भने १५ प्रतिशत कर्जा प्रवाह गर्न सकेको थिएन । एनआईसी एसिया बैंकले २०७५ असारसम्म उर्जा तथा पर्यटनमा जम्मा १०.८८ प्रतिशत मात्र कर्जा प्रवाह गर्न सकेको थियो ।

    नियमनकारी निकाय राष्ट्र बैंकको निर्देशनले गरेको व्यवस्था अनुसार बैंकले १५ प्रतिशत कर्जा नपुर्याएपछि राष्ट्र बैंकमार्फत करिब १४ करोड जरिवाना राज्यकोषमा दाखिला गर्नुपर्ने थियो । तर ६ बर्ष बितिसक्दा समेत एनआईसी एसिया बैंकले उक्त हर्जना रकम तिरेको छैन । नियमनकारी निकाय राष्ट्र बैंक समेत उक्त जरिवाना रकम उठाउन उदासिन बसिरहेको थियो ।

    अहिले यहि जरिवाना रकम उठाउन नेपाल राष्ट्र बैंकमा २५ बैशाख २०८१ उजुरी समेत परेको छ । ६/६ बर्ष पुगीसक्दा समेत राष्ट्र बैंकले जरिवाना किन उठाएन त ? यो प्रश्नको दुई वटा मात्र जवाफ छ । पहिलो जवाफ नीतीले नदिएकोले जरिवाना असुल नगरेको, दोस्रो जवाफ बैंकसँग आर्थिक लेनदेन गरेरकोले जरीवाना असुल नगरेको । दुई वटा भन्दा अर्को जवाफ राष्ट्र बैंकसँग छैन । अब सिधै बैंकसँग आर्थिक लेनदेन गरेकोले जरिवाना नउठाएको भनेर भन्ने नैतिक आधार राष्ट्रबैंकका पदाधिकारीसंग छैन भने नीतीले गर्दा जरिवाना नउठाएको भन्ने हो भने जरिवाना उठाउन नमिल्ने निती नै छैन त्यसैले राष्ट्र बैंक मौन बसेर, एनआईसी एसिया बैंक राष्ट्र बैंकलाई प्रभावमा पारेर यो विषय ढिसमिस गर्न खोजी रहेका छन् ।

    सम्भवत बाणिज्य बैंकहरु मध्ये एनआईसी एसिया बैंकका कार्यकारी प्रमुख रोशन कुमार न्यौपाने सबै भन्दा कान्छा कार्यकारी प्रमुख हुन् । उमेरले कान्छा भएपनि उनको खासीयत भनेकै सेटिङ मिलाउन सक्ने हो । पद जोगाउन ठूलै सेटिङ बैंकभित्रै मिलाएर राखेको चर्चा दोलखाली समुहमा चल्ने गरेकै छ ।

    राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन अनुसार जरीवाना तिर्ने पहिलो दायित्व एनआईसी एसिया बैंकको हो । निर्देशनमा प्रष्ट भनिएको छ, “गणना अवधिमा सम्बन्धित बैंकले लिने अधिकतम ब्याज बराबरको जरीवाना असुल गरिने छ । यसरी गणना गर्दा तीन महिनामा जति ब्याज हुन्छ सोहि बराबर जरिवाना कायम गरिने छ ।” यसरी निर्देशनले जरिवाना गणना गर्ने विधि र जरिवाना प्रतिशत समेत उल्लेख गरी सकेको कर्जा प्रवाह गर्न नसकेको अवस्थामा बैंकले कर्जा प्रवाह गर्न नसकेकोले निर्देशन अनुसारको जरिवाना बैंकले राष्ट्रलाई बुझाउनु पर्ने र राष्ट्र बैकले असुल गर्नुपर्ने हो तर तिर्ने र असुल गर्ने कार्य कार्यान्वयन हुन् सकेको छैन ।

    ६ वर्षसम्मपनि राज्य कोषमा दाखिला हुनुपर्ने १४ करोड जरिवाना दाखिला नहुँदा अहिले यो विषयलाई प्रतिनिधि सभाको अर्थ समितिमा उठाउने तयारी गरेका छन् ।

     

  • नेपाल र भारतमा किन भयो यति धेरै गर्मी ?

    नेपाल र भारतमा किन भयो यति धेरै गर्मी ?

    काठमाडाैं । के तपाईंलाई आज भन्दा दुई वर्ष अगाडिको गर्मी यामको मौसमबारे थाहा छ ? वर्ष २०२२ सबैभन्दा तातो वर्षको रुपमा रहेको थियो । (अलजजिरा टिभी च्यानलले धेरै भारतीय राज्यहरु गम्भीर तातो (गर्मी) को लहरमा परेको भनेर अप्रिल १९ मा हेडलाइनमै राखेको थियो।)

    वर्ष सन् २०२२ मा भारतमा यतिधेरै गर्मी बढेको थियो कि १ सय २२ वर्षकै रेकर्ड तोडिएको थियो । ‘भारतले १२२ वर्ष यताकै तातो अप्रिल देखेको छ’ १ मे मा भारतीय मौसम विज्ञानले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको वाक्य हो यो ।

    २०२२ को गर्मी यतिमै सीमि थिएन, फेरी वर्ष ०२३ को गर्मीले २०२२ को रेकर्डलाई माथ मात्र दिएन उत्तरी गोलार्धमा २ हजार वर्ष यताकै धर्तीमा सबैभन्दा तातो समर भएको वैज्ञानिकहरुले घोषणा गरेका थिए ।

    हामी अब वर्ष २०२४ मा छौं । पछिल्लो ११ महिना धर्तीमा गर्मी बढ्ने क्रमले एकपछि अर्को रेकर्ड तोडिरहेको छ ।

    फक्स वेदरले २०२४ को पहिलो महिना पृथ्वीको सबैभन्दा तातो जनवरी भनेर मापन गरेको थियो । यस्तै, फोर्ब्सले २०२४ को फेब्रुअरी महिनालाई सबैभन्दा तातो महिना भएको भनेर रेकर्डमा राखेको थियो । गर्मीको बढ्दो क्रमले पछिल्लो ११ महिनामा पारो मात्रै बढाएको छैन एक पछि अर्को महिनाको तापक्रम वृद्धिमा झन्झन् रेकर्ड कायम गर्दै उकालो लाग्दै छ । मार्च महिना पनि भारतका लागि सबैभन्दा गर्मीको महिना बनेर आयो । अप्रिल महिना पनि सबैभन्दा तातो महिना बनेको भारतीय मौसम विभागले रेकर्डमा राखेको छ ।

    पछिल्लो ११ महिना गर्मीको बढ्दो क्रमले धर्तीमा जुन रफ्तार लिएको छ यो सामान्य कुनै हालतमा होइन । पछिल्लो महिना (अप्रिल) मा दक्षिण भारत र सम्पूर्ण दक्षिणपूर्व एशियामा यस्ता रेकर्ड तोड्ने ‘हिट वेभ’ अर्थात् तातो हावाको लहर धेरै ठाउँमा देखिएका छन् । भियतनाम, सिंगापुर, मलेसिया, इन्डोनेशियालगायतका देशहरुमा असह्य तापक्रम वृद्धि भएको छ ।

    फिलिपिन्समा अप्रिल २८ र २९ को तापक्रम ‘हिट इन्डेक्स’ सूचकांक ५३ डिग्री सेल्सिएस पुगेको थियो । उक्त समय संयुक्त राष्ट्र संघको मौसम तथा जलवायु परिवर्तन एजेन्सीले एसियाको तापक्रम तीब्र गतिमा बढिरहेको बतायो । जलवायु परिवर्तनको असरबाट सबैभन्दा बढी जोखिम परेको देश फिलिपिन्स भएको समेत एजेन्सीले किटान गरेको फिलिपिनी मिडिया एबिएस–सिबएनले उल्लेख गरेको थियो ।

    यसैबीच उत्तराखण्डमा जङ्गलमा आगलागी भयो । मे महिनाको पहिलो हप्तामै उडिसा, झारखण्ड, मध्यप्रदेश, छत्तिसगढलगायतका जिल्लामा पनि धेरै ठाउँका धेरै जङ्गलमा पनि आगलागी भए । भारतमा अहिले देशभर हिट वेभको चेतावनी दिइरहेका छन् । यहाँसम्म कि केरला जहाँ आम रुपमा हिट वेभको सम्भावना निकै न्यून हुन्छ, त्यहाँ समेत मौसम विभागले गर्मीको चेतावनी दिएको छ । अहिले नर्थ इण्डियामा ४६ डिग्री भन्दा माथि तापक्रम पुगेको छ । बुधबार (हिजो) नयाँ दिल्लीको मुंगेशपुर इलाकामा ५२.३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । लोकसभा निर्वाचनको अन्तिम चरणमा रहेको भारतमा हिट वेभले (तातो हावा) ले प्रभावित भएको छ । हाल भारतका विभिन्न राज्यका विभिन्न इलाकामा बढ्दो तापक्रम वृद्धिले ठूलो संख्याको आवादीलाई नकारात्मक प्रभाव पारेको छ । यो अवस्था यसरी नै अघि बढ्ने हो भने उष्णकटिबंधीय हिन्द महासागरको भविष्य शिर्षकमा गरिएको एक अध्ययनले २०५० सम्ममा विश्वमा तापक्रम वृद्धिको अवस्था निकै बढ्ने र भारतका कतिपय एरियामा एक वर्षमा २२० देखि २५० दिनसम्म हिट वेभ देखिने उल्लेख गरेको छ ।

    तापक्रम वृद्धि भारतको मात्र समस्या होइन । नेपालमा पनि मौसम विभागले बैशाखको पहिलो सातामै तातो लहर (हिट वेभ) को घोषणा गरिसकेको छ । तराईका विभिन्न जिल्लाका भिन्न भिन्न क्षेत्रमा तापमान ४० डिग्री देखि ४४ डिग्री सम्म मापन भएका छन् । विभागले तेस्रो हिट वेभको चेतावनी जारी गरेको दुई दिनपछि आज मध्यान्ह्र १२ बजे सूदुरपश्चिमको धनगढी सबैभन्दा बढी तातेको छ । त्यहाँको तापक्रम ( सवा १२ बजे) ४३ दशमलव ३ डिग्री पुगेको छ । यस्तै, नेपालगञ्मा ४२ दशमलब ८ डिग्री तापक्रम मापन हुँदा जनकपुरमा ३९ दशमलव ८ डिग्री, घोराही, भैरहवा, सिमरा लगायतका स्थानमा पनि ४० डिग्रीको आसपास तापक्रम बढेको छ । तराईका जिल्लाहरुमा भन्दा अनुकुलन रहेने काठमाडौंको तापक्रम समेत पछिल्लो समय निकै बढेको छ । आज काठमाडौंमा ३३ दशमलब २ डिग्री तापक्रम पुगेको छ ।

    तराई मधेशका जिल्लाहरुमा गर्मी बढ्दा जनजीवन कष्टकर बनेको छ । चर्को घामसँगै तातो हावा चल्दा त्यहाँका नागरिक दिउँसो घरबाट बाहिर निस्किनै सकेका छैनन् भने विद्यालयमा पठनपाठनका लागि समस्या भएपछि रौटहट, कैलालीलगायतका कतिपय स्थानीय तहले एकपछि अर्को गरी विद्यालय बन्द गराइरहेका छन् । आर्थिक रुपमा कमजोर वर्गलाई (दैनिक ज्याला मजदुरी गर्ने) हिट वेभले निकै असर पुर्याउने अनुमान गरिएको छ ।
    मनसुन नेपाल भित्रिने सरदर मिति जुन १३ भएकाले अझै दुई हप्तासम्म नेपालमा गर्मी बढ्ने अनुमान सहजै गर्न सकिन्छ । सरदर मिति जुन १३ भएपनि कहिलेकाँही केही दिन ढिला गरी मनसुन भित्रिने र केहीदिन ढिलै गरी बाहिरीने गरेको रेकर्ड छ । अघिल्लो वर्षको मनसुन एक दिन ढिला गरी प्रवेश गरेर एक दिन नै ढिला गरी बाहिरिएको थियो ।

    नेपालको मनसुनी प्रणाली भारको प्रणालीसँग सम्बन्धित छ । भारतमा मनसुन भित्रिएको हप्ता–दश दिनभित्र नेपालमा मनसुन आइपुग्छ । तर सधैं यस्तै अवस्था हुन्छ भन्ने एकिन गर्न चाँही गाह्रो छ । भारतको मौसम विज्ञान विभागले हिजो जारी गरेको विज्ञप्तिमा बिहीबार (आज) सम्म मनसुन भित्रिनसक्ने सम्भावना रहेको उल्लेख गरेको छ । तर, दिउँसो १ बजेसम्म भारतमा मनसुन भित्रिसकेको कुनै जानकारी विभागले गराएको छैन । भारतको केरलामा सबैभन्दा पहिले मनसुन भित्रिन्छ र विस्तारै देशभर फैलिन्छ । नेपालमा पनि दक्षिण हिन्द महासागर, भारतको केरला, बंगालको खाडी, सिक्किम हुँदै ताप्लेजुङ–इलामतर्फबाट मनसुन नेपाल प्रवेश गर्दछ । मनसुन अवधिमा वार्षिक वर्षाको सरदर ८० प्रतिशतसम्म वर्षा हुने गर्दछ । यस वर्षको मनसुन अवधि (जुनदेखि सेप्टेम्बर महिनासम्म) मा नेपालका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण मौसम विभागले गरे पनि यो वर्ष नेपालमा कहिले मनसुन भित्रिन्छ भनेर अहिले नै यकिन गर्न सकेको छैन ।

    जल तथा मौसम विज्ञान विभागकी सूचना अधिकारी एवं जलवायु विज्ञान महाशाखा एवं विश्लेषण शाखाकी प्रमुख विभूति पोखरेलले भनिन्, ‘नेपालमा यो वर्ष मनसुन यति नै गते भित्रिन्छ भनेर अहिलेनै किटान गर्न सक्ने अवस्था बनेको छैन । भारतमा आजसम्ममा मनसुन भित्रने वातावरण बन्ने भनिएको छ, तर भारत आइपुगेर नेपालमा भित्रिन ढिला हुने गरेको विगत छ । केही दिन नहेरी यसै भन्न सकिने अवस्था छैन ।’

    यद्यपी आज भारतमा मनसुन भित्रियो भनेपनि अझै साता दश दिनसम्म नेपालमा गर्मीको मार परिनै रहने छ ।
    भारत होस् कि नेपालको तापक्रम वृद्धि, यो सबको पछाडिको सिधा कारण भनेको ग्लोवल वार्मिंङ नै हो । तर, यो मात्र तापक्रम वृद्धिको कारण होइन । यसका अन्य दुई प्रमुख कारण पनि छन्, र त्यसले लोकल लेबलमा पार्ने असरको समाधान कसरी गर्न सकिन्छ ? गर्मीबाट बच्न के गर्न सक्छौं सो बारेमा पनि जानकार रहन जरुरी भएको छ ।

    ग्लोवल वार्मिंङपछि पृथ्वीमा तापक्रम वृद्धिको अन्य दुई कारण के–के हुन ?

    पछिल्लो समय तापक्रम वृद्धि केवल भारत र उत्तरी साउथ एशियामा मात्र नभएर विश्वरका विभिन्न स्थानमा देखिइरहेको छ । यही मे महिनामा साउथर्न अमेरिकाको ब्राजिलमा डेड लाख ज्यादा मानिस विस्थापित हुने गरी भारी वर्षा भयो र पुरै शहर नै पानीमा डुब्यो । भयानक बाढी पहिरोमा परि ८३ जनाले ज्यान गुमाए भने त्यतिबेला त्यहाँका मिडियाले १ सय ज्यादा मानिस बेपत्ता भएको समाचार प्रकाशित गरेका थिए । यस्तै, साउथ अफ्रिकामा यतिबेला नागरिकहरु भयानक सुख्खापनसँग जुधिरहेका छन् ।

    विश्व खाद्य प्रोगमाले त्यो सुख्खापनलाई सन् १९४७ यताकै असामान्य परिस्थिति भएको बताएको छ । जसले भोकमरीको अवस्था ल्याउने भन्दै कतिपय साउथ अफ्रिकी देशहरुले ५ दशमलब ५ बिलियन डलर अन्य राष्ट्रिसँग माग गरेका छन् । सन् २०१५–१६ मा एल निनोका कारण देखापरेको चरम खडेरी र बाढीले ६ करोडभन्दा बढी मानिसको खाद्य सुरक्षालाई असर गरेको संयुक्त राष्ट्र खाद्य र कृषि संगठनले उल्लेख गरेको थियो ।

    यो सब हुनुको पछाडि सबैभन्दा बढी जिम्मेवार मौसमी घटनाको रुपमा एल मिनियो । (EL MINIO) लाई ग्लोवल वार्मिंङपछि तापक्रम वृद्धिको दोस्रो कारण मानिएको छ ।

    के हो एल निनो ?

    एल निनो स्पेनिश भाषाबाट आएको शब्द हो । एल निनो भनेको केटा र ला निनो भनेको सानी केटी हो ।

    प्रशान्त भूमध्यीय क्षेत्रमा समुद्रको तापमान र वायुमण्डलीय परिस्थितिमा आउने परिवर्तनका लागि जिम्मेवार समुद्री घटना एल निनो हो । एल निनो जलवायुको प्राकृतिक साइकल हो । यसको पूरा नाम ‘एल निनो साउर्थन असेलेसन’ (इएनएसओ) अर्थात्, ‘एल निनो दक्षिणी दोलन’ हो । एल निनो प्राकृतिक जलवायु परिस्थितिको एउटा हिस्सा हो। अमेरिकी जियोसाइन्स इन्स्टिच्यूटका अनुसार एल निनो र ला निनो दुवै प्रशान्त महासागरको समुद्री सतहको तापक्रममा वेला–वेला हुने परिवर्तनसँग जोडिएको छ । यी दुईको प्रभाव संसारभरको मौसममा पर्दछ । एल निनोले मौसममा निकै गहिरो असर पार्छ। यो आउँदा विश्वभरको मौसम प्रभावित हुन्छ। यसले गर्दा वर्षा र गर्मी दुवै मौसममा फरक पार्छ ।

    हरेक पाँच देखि सात वर्षको अन्तरालमा देखिने एल निनो क्लाइमेट चेन्जको कारण झन् चाँडो चाँडो देखिन थालेको विज्ञहरुले बताएका छन् ।

    विश्व स्वास्थ्य संगठनको अनुसार धर्तीको क्लाइमेट परिवर्तन हुनुमा इएनएसओ दोस्रो ठूलो कारण हो । एल निनो भन्दा पनि पहिलो तापक्रम वृद्धिको कारण चाँही पृश्वी र सूर्यबीचको सम्बन्धलाई मानिएको छ । किनभने पृथ्वी सूर्यको वरिपरी घुम्ने हुँदा जाडो पछि गर्मी र गर्मी पछि जाडो मौसमको साइकल निरन्तर चल्दै आएको छ । यो साइकल पछि एल निनोकै असर सबैभन्दा बढी पर्ने विज्ञरुले बताएका छन् ।

    एल निनो आएको बेला मध्य र पूर्वी भूमध्यरेखीय प्रशान्त महासागरमा सतहको पानी असामान्य रूपमा तातिन्छ । पूर्वदेखि पश्चिमतर्फ बहने गर्छ । जसलाई ट्रेन्ड विन्ड पनि भनिन्छ । जुन हावा धेरै जसो साउथ अमेरिकादेखि अस्ट्रलियाको क्षेत्रमा बहने गर्दछ । त्यो कोरिओलिस इफेक्टस्को कारण हुने गर्छ । धर्ती पश्चिमबाट पूर्वतर्फ घुम्नेगर्छ र त्यो कोरिओलिस इफेक्टस्को कारण हावा उल्टो तिर बहने गर्छ । त्यसो हुँदा प्रशान्त महासागरमा रहेको सतहको पानी (अष्ट्रेलियातर्फ) पश्चिमी दिशामा प्रवाह हुन थाल्छ । तातो पानी पश्चिमी दिशामा प्रवाह हुँदा समुन्द्रको पूर्वी दिशामा रहेको पानी माथि पट्टी आउँछ, अर्थात् पानी साउथ अमेरीका तर्फ प्रवाह हुन थाल्छ । जुन प्रकृयालाई अपवेलिङ (उत्थान) भन्ने गरिन्छ । समुन्द्रको मुनिबाट माथितर्फ आएको पानी सतहको पानी भन्दा धेरै चिसो र पोषकतत्वयुक्त हुन्छ । यहाँ हामीले के बुझ्नुपर्छ भने सामान्य अवस्थामा प्रशान्त महासागरको सतहको तातो पानी अष्ट्रेलियातर्फ र समुन्द्रमुनिको चिसो पानी अमेरिकातर्फ प्रवाह हुने गर्छ । जब पानी तातो हुन्छ त्यो सजिलैसँग वाष्पीकरण हुन्छ र बादल बन्छ । त्यसैले अष्ट्रेलियामा धेरै पानी पर्ने गर्छ ।

    अब तपाईँ हामी यो कल्पना गरौं कि ट्रेन्ड विन्ड कमजोर बन्यो र प्रशान्त महासागर माथि हावा कम बहन थाल्यो भने के हुन्छ ? पक्कै पनि अपवेलिङ कमजोर बन्छ । महासागरको सतहमा रहेको तातो पानी तातै रहन्छ र जुन अष्ट्रेलियातर्फ निरन्तर पानी पर्ने गर्दथ्यो त्यो प्रशान्त महासागरमै कहीं पनि वर्षा हुन सक्छ । जसले अष्ट्रेलियामा पानी पर्दैन र त्यहाँको क्षेत्र सुख्खा बन्छ । एल निनोले गराउने मख्य घटना नै यही हो । तर यो निरन्तर हुने साइकल भने होइन, एल निनो हालसम्म चार देखि सात वर्षको अन्तरालमा भएको पाइएको छ । जब यो आउँछ आधा वा एक वर्षसम्म चल्छ र यसले विश्वभरको मौसमी चक्र बदलिदिन्छ । एल निनो कै कारण अष्ट्रेलिया र दक्षिणपूर्व एशियामा धेरै गर्मी र सुख्खापन हुने गर्छ । साथै हिटवेभको जोखिम पनि बढ्छ । तपाईंलाई यदी २०२० मा अष्ट्रेलियाको जङ्गलभर लागेको डढेलो र त्यसले पुर्याएको क्षतीबारे जानकारी छ भने यो बुझ्नुहोस् कि त्यसमा एल निनो एक प्रमुख कारण थियो । किनकि २०१९ को डिसेम्बरमा अष्ट्रेलियाको झाडीहरुमा आगो लागेका थिए, त्यसपछि जंगलभर रोक्नै नसक्ने गरी फैलियो । एल निनो पछिल्लो समय जनवरी २०२० सम्म चलेको थियो । त्यसपछि जनवरी २०२३ देखि अर्को एल निनो चलिरहेको छ । एल निनो जस्तै यसको उल्टो प्रकृया ला निनो पनि छ ।

    ला निनोले के गर्छ ?

    ला निनो भनेको स्पेनिश भाषामा सानी केटी हो । माथि एल निनोको बारेमा प्रशान्त महासागरमा हुने सामान्य अवस्थाको जुन चर्चा गरिएको छ, त्यो अत्यन्त गहिरो अवस्थामा पुग्यो भने ला निनोको असर देखिन्छ । मतलब, जुन प्रशान्त महासागर क्षेत्रको सतहमा बनेको तातो हावा हुन्छ यो परिस्थिति भूमध्यरेखीय प्रशान्त महासागर क्षेत्रको सतहमा निम्न हावाको दबाबले पैदा हुनेगर्छ । ट्रेन्ड–विन्ड, पूर्वदेखि वहने हावा निकै तीव्र गतिमा बग्दा समुद्री सतहको तापक्रम घट्न थाल्छ । यो घट्दो तापक्रमलाई नै ला निनो भनिन्छ। यो अवस्था उत्पन्न हुँदा संसारभरकै तापक्रममा असर पर्न जान्छ । जसकारण ला निनो आएको वर्ष तापक्रम औसतभन्दा धेरै चिसिन्छ । ला निनोका वेला पूर्वदेखि पश्चिमी वायु बलियो हुन्छ जसले तातो पानीलाई थप पश्चिमतिर धकेलिदिन्छ ।

    ट्रेन्ड विन्ड अष्ट्रेलीयातर्फ तीब्र गतिमा वहँदा समुन्द्र सहतमुनिको चिसो पानी भने दक्षिणी अमेरिकातर्फ झन् धेरै जान्छ । चाखलाग्दो कुरा के छ भने एल निनोको प्रभाव एशिया र अष्ट्रेलियामा जुन पर्छ त्यसको उल्टो असर साउथ अमेरिकामा पर्छ । अर्थात् साउथ अमेरिकामा धेरै वर्षा गराउँछ । पछिल्लो समय ब्राजिलमा अत्याधिक वर्षा हुनुको पछाडि पनि यही कारण हो । ला निनो एल निनो भन्दा लामो समय अर्थात् एक देखि चार वर्षसम्म चल्ने सम्भावना हुन्छ ।

    जस्तो, २०१८–१९ को एल निनोपछि २०२०–२१ मा ला निनो आयो । त्यो यति चरम थियो कि अष्ट्रेलियामा मार्चमा अत्याधिक वर्षाको कारण बाढी आएको थियो ।

    ला निनोको मौसमा असर

    यसको असर विश्वभरमा आउने साइक्लोनमा पर्छ। वैज्ञानिकहरुले यस वर्ष जुलाई देखि अगस्टको बीचमा ला निनो आउन सक्ने बताएका छन् । यसले भारतमा हालको मनसुनलाई २०२३ को भन्दा राम्रो बनाउन सक्छ । किनभने अघिल्लो वर्षको मनसुनमा भारतमा एल निनोको कारण औषतभन्दा धेरै वर्षा भएको थिएन । र यही एल निनो २०२३–२४ मा अधिक गर्मीको कारण बनेको छ । जसले भारतमा मात्र होइन दक्षिणी अफ्रिकी देशहरुमा धेरै खडेरी /सुख्खापन देखियो । यहाँसम्म कि दुवैमा हालै भएको भारी वर्षा र बाढीको पछाडी पनि बिबीसीले एल निनोलाई केही हदसम्म कारण मानेको छ ।

    यस्तै, वैज्ञानिकहरुले मानवद्वारा गरेको जलवायु परिवर्तनले एल निनोको प्रभावलाई अझ चरम बनाउँदै लगेको ठानेका छन् । अर्थात् बढी, हिट वेव (तातो लहर) झन् झन् खतरनाक बन्दै गइरहेका छन् । यही कारण (एल निनो चलेको कारण) केरलामा आजसम्म २०१६ अप्रिल र २०२४ मे मा दुई पटक तातो लहरको चेतावनी दिइएको थियो । भारतीय मौसम विज्ञान विभागले कुनै ठाउँको तापक्रम मैदानमा ४० डिग्री सेल्सियस, टटीय क्षेत्रमा ३७ डिग्री सेल्सियस र पहाडमा ३० डिग्री सेल्सियस भयो भने तातो लहको घोषणा गर्ने गर्छ । जब तापक्रम ४५ डिग्री सेल्सियस नाघ्छ, मौसम विभागले तुरुन्तै गर्मीको लहर घोषणा गर्दछ। भारतका राज्यहरुमा सबै ठाउँमा सोही तापक्रम उपयोगी भने मानिदैन ।

    किनभने, मे महिनामा दिल्लिमा ४५ डिग्री गर्मी सहन सहज हुन्छ, तुलनात्मक रुपमा मुम्बईको ३८ डिग्री सेल्सियस तापक्रम भन्दा । किनभने मुम्बईको तापक्रम डिग्रीमा कम भएपनि त्यसमा आर्द्रता बढी हुन्छ र त्यो व्यक्तिका लागि दिल्लिको तुलनामा बढी असह्य हुन्छ । हावामा जति धेरै आद्रता हुन्छ त्यति नै तापक्रम सहन मुस्किल हुँदै जान्छ । वास्तवमा हावाले कति पानी बोक्छ/राख्छ भन्ने कुरानै सापेक्षित आद्रता हो । चिसो हावाको तुलनामा तातो हावाले ज्यादा पानी बोक्छ । हावामा धेरै आद्र्रता भएपछि मानिसको आफ्नो शरिरलाई चिसो राख्न सक्दैन र तातो लहर चल्दा त्यसले मानिसको ज्यानै पनि जान सक्ने सम्भावना बढ्छ । यही कारण हामीले तापक्रम र सापेक्ष आद्रतामाथि विचार पुर्‍याउन जरुरी छ । यी दुवै कुराको मापन हिट इन्डेक्सबाट गर्न सकिन्छ । तापक्रम वृद्धिमा सापेक्ष आद्रताको भूमिका संवेदनशील पनि हुन्छ ।

    उदाहरणको लागि : यदी आजको तापक्रम ३५ डिग्री सेल्सिएस पुगेको छ । त्यसमा ५० प्रतिशत सापेक्ष आद्र्रता मिसिएको छ भने मानिसको शरिरले ४१ डिग्री सेल्सिएर तापक्रम पुगेको बराबर तातो महशुस गर्छ । यदी ३५ डिग्री सेल्सिएस तापक्रममै ७५ प्रतिशत सापेक्ष आद्र्रता हावामा मिसिएको छ भने त्यो ५५ डिग्री सेल्सिएस बराबरको तातो हुन्छ । त्यो भनेको मानिसका लागि निकै खतरनाक हो । यही कारण अप्रिलको अन्तिम साता फिलिपिन्समा आएको हिट वेभका कारण धेरै मानिसहरुमा असर परेको थियो, त्यतिबेला तापक्रम ५३ डिग्री पुगेको थियो । विज्ञहरुले ३२ देखि ४१ डिग्री सेल्सिएस हिट इन्डेक्समा बाहिर काम गर्दा समेत इस्ट्रोक हुन सक्ने सम्भावना रहेको बताएका छन् । जुनको अन्त्यतिर वर्षायाम नजिक हुने र हावामा आद्रता बढ्ने हुँदा दिल्लीमा पनि गर्मी असहनीय हुने गर्छ ।
    ग्लोवल वार्मिङ र एल मिनियो पछि तेस्रो तापक्रम वृद्धिको कारण हो ‘अर्वन हिट आइल्याण्ड इफेक्ट’ अर्थात् यसलाई निश्चित शहरी इलाकामा हुने गर्मीको प्रभाव वा असर भनेर पनि बुझ्न सकिन्छ ।

    तपाईंले तापक्रम डिग्रीमा हेर्दा उतिनै (दुई वा तीन डिग्री) सम्म थपघट भएका बेला कतै कम गर्मी र कतै ज्यादा गर्मी महशुस गर्नुभएकै होला । धेरै ठूला भवनहरु निर्माण गरिएको एरिया होस् वा चार पाँच लेनको हाईवे (यहाँ कोटेश्वर देखि कलंकी सम्मको एरियालाई उदाहरण मान्न सकिन्छ ।) त्यो एरिया धेरै तातो हुने गर्छ । जसलाई अर्वन हिट आइल्याण्ड भनिन्छ । जहाँ तुलनात्मक रुपमा रुख विरुवा धेरै छन् त्यहाँ कम र जहाँ धेरै ठूला सिसाका भवनहरु बनेका छन् त्यहाँ ज्यादा गर्मी हुने गर्छ । भवनमा प्रयोग भएका सिसाको ग्लास, कंक्रिट, सडकमा हालिएको डामरलगायतले सूर्यको किरण लिन्छ (एब्जर्भ) गर्छ । जहाँ धेरै ठूला र टाँसिएका अग्ला भवन निर्माण गरिएका हुन्छन् त्यहाँ हावा राम्रोसँग वारपार हुन सक्दैन । दिनभर अवशोषित गर्मी राती बाहिर निस्किन्छ ।

    दिल्लीमा अर्वन हिट आइल्याण्ड इफेक्टबारे भएको एक अध्ययनले रुख विरुवा लगाएको एरियामा भन्दा तुलनात्मक रुपमा ठूला र बढी भवन बनेको एरियामा ३ देखि ८ डिग्री सेल्सिएस सम्म बढी गर्मी हुने देखाएको थियो । यो अध्ययनको फरकले रुख विरुवाको महत्वलाई अझ धेरै उजागर गरेको छ ।

    यस्तै, हेर्दा सामान्य लाग्छ तर, घरभित्र चलाईने एसीले जति शितल हामीलाई दिइरहेको हुन्छ उती नै मात्रामा हिट बाहिर फालिरहेको हुन्छ । यसले बाहिरी एरियामा गर्मी बढाइरहेको हुन्छ । एसीलाई बढाउने भन्दा यसको प्रयोगलाई भविष्यमा घटाउँदै लैजानु वातावरणको लागि फाइदाजनक बन्न सक्छ । एसीको अल्टरनेटिभको रुपमा भवन डिजाइन गर्दा देखि नै कम भन्दा कम एसी आवश्यक हुने गरी घरभित्र मज्जाले हावा आउन र जान सक्नेगरी भेन्टिलेसन सिस्टमलाई ध्यान दिएर निर्माण गर्नु एक उपाए हुन सक्छ । अर्को भनेको रेडियन्ट कुलिङ सिस्टम प्रयोग गर्न सकिन्छ ।

    यस्तै, घरको छानामा सेतो रंग लगाएर पनि थोरै हदसम्म हामीले गर्मीलाई घटाउन सक्छौं । यो २०१८ को मार्चमा यल विश्वविद्यालयले गरेको एक अध्ययनले सेतो वा हल्का रंगको कलर घरमा पेन्ट गर्दा त्यसले २ देखि ३ डिग्री सेल्सिएस सम्म तापक्रम घटाउन मद्दत गर्ने देखाएको थियो । किनभने डार्क कलरले सनलाइटलाई शोष्छ र सेतो रंगले सनलाइटलाई रिफ्लेक्ट गर्छ । यो लोजिक शहरी क्षेत्रमा मात्र नभएर ग्रामिण एरियामा पनि लागू हुन्छ । सेतो रंग लगाउने बाहेक घरको छतमा, घर वरिपरी एरियामा हरियो रुख विरुवा लगाउनाले पनि वातावरण सँगै तापक्रम वृद्धिलाई शुष्म रुपमा भएपनि कम गर्न सहयोग गर्छ । यो सँगै आगामी समयमा हुने हिट वेभको असर सकेसम्म कम गर्न सरकारले शहरी क्षेत्रमा विद्युतीय सवारी साधनको प्रयोगमा बढवा दिने र शहरी क्षेत्रमै बढी भन्दा बढी विरुवा रोप्ने नीति लिन जरुरी देखिन्छ । नेपालको सन्दर्भमा पनि सरकारले २०२१–२०५० सम्मको लािग वन तथा वातावरण मन्त्रालय जलवायु परिवर्तन व्यवस्थापन महाशाखाले बनाएको नेपाल न्याप नीतिको कार्यान्वयन पक्ष बलियो र प्रभावकारीता सुनिश्चित गर्नु जरुरी देखिन्छ ।

    (भारतीय भ्लगर ध्रुव राठीले हिटवेभ बारे बनाएको भिडियो सामग्रीमा आधारित– समय समीक्षा)

  • प्रधानमन्त्री पत्नी सीताका नाउँमा कलेज बनाउन बजेट

    प्रधानमन्त्री पत्नी सीताका नाउँमा कलेज बनाउन बजेट

    काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहालकी स्वर्गीय पत्नी सीता दाहालको नाउँमा ‘सीता दाहाल मेमोरियल कलेज अफ न्याच्युरोपेथी एण्ड यौगिक साइन्स’ कलेज बनाउने भएको छ ।

    बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले नयाँ वर्षको बजेटमा प्रधानमन्त्री पत्नी दाहालको नाउँमा काठमाडौंमा कलेज बनाउन बजेट छुट्याएको बताए ।

    उनले भने, ‘ काठमाडौं विश्वविद्यालयमा सीता दाहाल ‘सीता दाहाल मेमोरियल कलेज अफ न्याच्युरोपेथी एण्ड यौगिक साइन्स’ कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम व्यवस्था गरेको छु ।’तर, बजेटमा कति रकमको व्यवस्था गरेको भन्ने कुरा अर्थमन्त्री पुनले उल्लेख गरेका छै्रनन् ।

  • मह जोडीलाई पत्र : सानिमा बैंकका अनेक कर्तुत कति सहनु हुन्छ ?

    मह जोडीलाई पत्र : सानिमा बैंकका अनेक कर्तुत कति सहनु हुन्छ ?

    आदरणीय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ज्यू, नमस्कार । अहिले तपाईँहरु चलचित्रको प्रचार–प्रसारको लागि विदेशमा हुनुहुन्छ । मदनकृष्ण दाई तपाईँको सानो अभिव्यक्तिले गर्दा तपाईँहरुको टिम अहिले तनावमा छ भन्ने मलाई लागेको छ । सुन्दै छु अष्ट्रेलियामा भएका नेपालीहरुले तपाईँहरुको कार्यक्रम बहिस्कार गर्दैछन् । तपाईँहरु माफी मागिसक्नु भएकोले तपाईँहरुले कार्यक्रम सफल पारेर फर्कनु हुनेछ भन्ने आशा लिएको छु ।

    तपाईँहरुले माफी माग्नुभयो र सोझा–साझा नेपालीले तपाईँहरुलाई माफी दिए होलान् तर मैले माफी दिएको छैन । तपाईँहरुले सोच्नु होला यो नाथे अंगराज को हो ? हामीलाई माफी नदिने र एक जना नाथेले माफी नदिँदैमा हामीलाई के हुन्छ र ? हो दाईहरु म एक जना नाथे नै हो । तपाईँहरुका नजरमा तर मैले उठाएको विषयले सही निकासको बाटो पाइ भोलि छानबिन समिति बनेमा तपाईँहरुले मलाई नाथे सम्झिनु हुनेछैन । त्यो समय अलि पछि आउला । समयको प्रतीक्षा गर्नु नै तपाईँ र मेरो बाध्यता हुनेछ ।

    जसरी तपाईँहरुले अहिले माफी माग्नुभयो त्यसरी नै भोलि फेरि आम बचत कर्तासँग माफी माग्नुपर्ने अवस्था आउन सक्छ । यदि त्यस्तो समय आएमा अनि मात्र तपाईँहरुले म नाथेलाई धेरै नै सम्झिनु हुनेछ । कसरी त ? अब म मुख्य विषयमा प्रवेश गर्दैछु ।

    तपाईँहरु सानिमा बैंकको स्थापना कालदेखि नै प्रचार–प्रसार दूतमा नियुक्त हुनु भएको छ । यो एउटा नितान्त तपाइँहरुको व्यावसायिक काम हो । किन सानिमा बैंकले तपाईँहरुलाई नै यति लामो समयसम्म दूत बनाई रहेको होला ? पक्कै पनि तपाईँहरुको ख्यातीको (एक किसिमले भन्ने हो तपाईँहरुको दूरुपयोग) कारणले नै यति लामो समयसम्म तपाईँहरु दूत भएर बैंकलाई सहयोग गरिरहनु भएको छ र तपाईँहरुको श्रमको मूल्य बैंकले दिइरहेको छ ।

    दाईहरु पैसा नै सबै थोक होइन । जीवनको यति लामो समयसम्म आइपुग्दा तपाईँहरुले यो कुरा बुझिसक्नु भएको छ । यसमा मैले सम्झाइरहनु पर्दैन होला ।

    तपाईँहरुले बैंकबाट वार्षिक रुपमा केही करोड पैसा पाउनुहुन्छ होला तर बैंकले भोलिका दिनमा बचत कर्ताहरुको करोड होइन खरब पैसा तलमाथि गरेमा त्यसको थोरै श्रेय तपाईँहरुमा पनि आउनेछ । तपाईँहरुको अनुहार हेरेर नै बचत कर्ताहरुले सानिमा बैंकमा बचत गरिरहेका छन् । मदनकृष्ण र हरिवंशले पत्याएको बैंक भएकोले सानिमा बैंक राम्रो होला भन्ने आम बचतकर्ताको बुझाई रहेकोले नै बचत कर्ताहरुले बैंकमा बचत गरेका छन् । यसकाे अर्थ अरु बैंकमा जनताको विश्वास नभएकोले बचत गर्दैनन् भन्ने होइन । तुलनात्मक रुपमा सानिमामा बचत धेरै हुनसक्छ नभए किन सानिमा बैंकले तपाईँहरुमा करोडौँ पैसा खर्च गरिरहेको छ त ?

    मैले विगत लामो समयदेखि विभिन्न बैंकहरुसँग वित्तीय सूचनाहरु माग गर्दै आएको छु । राष्ट्रिय सूचना आयोगको आदेशपछि प्राप्त वित्तीय सूचनाहरुलाई अध्ययन गर्ने क्रममा सानिमा बैंकले करिब २ अर्व रुपैयाँ अपचलन गरेको छ । सो अपचलन गरेको रुपैयाँको जानकारी मैले तपाईँहरुलाई दिएको छु । फोनबाट कुरा गरेर केस के हो ? मैले बुझाउन तपाईँहरुले भनेको ठाउँमा आएर बुझाउन पनि तयार छु भनेर भनेको पनि थिएँ । तर तपाईँहरुले मेरो कुरामा खासै ध्यान दिनु भएको छैन ।

    मदनकृष्ण दाई तपाईँसँगको कुराकानीमा सानिमा बैंककै भाषा तपाईँले पनि बोल्नु भएको थियो । ‘बैंकले गल्ती गरेको भए राष्ट्र बैंकले सानिमा बैंकलाई कारवाही गरी हाल्थ्यो नि ।’ हो, दाई सानिमा बैंकले पनि यहि भाषा बोल्ने गरेको छ । हो गल्ती गरेको भए राष्ट्र बैंकले कारवाही गर्नु पर्ने हो ।

    तर दाई राष्ट्र बैंका कर्मचारीहरु दूधले धोएका व्यक्ति होइनन् र राष्ट्र बैंकका कर्मचारीहरु नेपाली समाजमा बाँचेका मानिहरु हुन् । म जति गहिराइमा गएर अध्ययन गरेको छु त्यति गहिराइमा गएर अध्ययन गरेको भए पक्कै पनि गल्ती थाहा पाउँथे तर गहिराइमा जाने फूर्सद राष्ट्र बैंकका गभर्नर र कर्मचारीमा छँदै छैन । समय यो अर्थमा पनि निकाल्दैनन् कि भोलि राष्ट्र बैंकको जागिर सकिएपछि समय बिताउने स्थान बैंकहरु हुन् । राष्ट्र बैंकका कर्मचारीका आफन्तहरु बैंकभरी जागिरे छन् नि त्यही भएर समय निकालेर अध्ययन गर्ने चासो र फूर्सद छैन ।

    दाई यसले यस्तो हावा कुरा गर्‍याे भन्नु होला । मैले हावा कुरा गरेकै छैन । राष्ट्र बैंकको जागिर पछि बैंकहरुमा जागिर खाएका धेरै व्यक्तिहरुलाई भेटेको छु । नपत्याए तपाईँहरुकै क्षेत्रमा हुनु भएका शिवहरी पौडेलसँग यसकाे बारेमा केही बुझ्न सक्नु हुन्छ ।

    मैले तपाईँहरुलाई सानिमा बैंकले २ अर्व रुपैयाँ रकम अपचलन गरेकाे र ३४ करोड अधिकार प्राप्त व्यक्तिकाे सिष्टमबाट पैसा गायब बनाएको समाचार लेखेर त्यसकाे लिंक पनि पठाइदिएको थिएँ तर तपाईँहरुले वास्ता नै गर्नु भएको छैन । केही समयअघिमात्र पनि उदयपुरका नारायण राईकाे केवाईसी अपडेटमा सानिमा बैंकले गरेकाे गम्भीर लापरवाहीकाे समाचार प्रकाशित भएकाे थियाे । यसरी अपराधकाे पक्षपाेषण गरिरहेकाे बैंककाे प्रचार गरिरहँदा तपाईँहरुमा अलिकति हीनताबाेध भएकाे छ कि छैन हाेला !

    मेलै जानेको र मेरो अध्ययनले देखाएको विषयलाई तपाईँहरु सामु राखेर बैंकलाई सुध्रिन तपाईँहरुले दबाब दिनुहुनेछ भन्ने अपेक्षा मैले गरेको थिएँ । पैसामा तलमाथि गर्ने बानी बसेकाले भोलि बैंक डुबेमा तपाईँहरुको अनुहार हेरेर बचत गरेका बचत कर्तासँग तपाईँहरु माफी माग्ने कि नमाग्ने ? धन्यवाद ! देशको जय होस् ।

    अंगराज भारती
    जुम्ला, हाल गोकर्ण, काठमाण्डौं ।

  • नीति संवादमा काठमाडौं महानगर : क्षेत्रगत विज्ञले दिए यस्तो सल्लाह

    नीति संवादमा काठमाडौं महानगर : क्षेत्रगत विज्ञले दिए यस्तो सल्लाह

    काठमाडौं । काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगले आर्थिक वर्ष २०८१/०८२ को नीति तर्जुमाका लागि ‘वित्तीय व्यवस्थापन’, ‘पूर्वाधार विकास’ र ‘सेवा प्रवाह’ क्षेत्रमा जनप्रतिनिधि, सरोकारवाला अधिकारी तथा विज्ञहरुबाट सल्लाह लिएको छ ।

    शनिबार ‘नीति संवाद’ कार्यक्रम आयोजना गर्दै विषयगत विज्ञबाट प्रस्तुतिकरण, सामुहिक एवं अन्तरक्रियात्मक छलफलबाट पृष्ठपोषण लिएको हो ।महानगरपालिकाले तर्जुमा गर्ने नीति, योजना तथा कार्यक्रमलाई सहभागितामूलक, जवाफदेही, उत्तरदायी, लैङ्गिक एवं सामाजिक समावेशीकरणयुक्त बनाउन क्षेत्रगत पृष्ठपोषण लिने क्रममा आजको कार्यक्रम आयोजना गरिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले जानकारी दिए ।

    ‘विगत फिर्ता गराउन सकिँदैन । त्यसबेला गरिएका केही काम सुधार गर्न सकिन्छ । भविष्यलाई भने पूर्ण योजनावद्ध बनाएर त्रुटि र कमजोरी हटाउन सकिन्छ ।’ उनले भने, ‘संघीय नेपालको केन्द्रीय राजधानी सहर व्यवस्थापन गर्न देखिएका चुनौतीलाई मिलेर सामना गर्ने हो भने महसुस योग्य परिणाम ल्याउन सकिन्छ ।’ उनले सुलभ फार्मेसीबाट सुपथ औषधि उपलब्ध गराउने योजना कार्यान्वयन चरणमा लगिएको बताउँदै सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर सुधारका लागि लगानी र कार्यक्रम बढाइएको बताए ।

    त्यस क्रममा पूँजीगत खर्च कम हुनुको कारणमा चर्चा गर्दै सहरी योजना आयोगमा उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले भने, ‘नीति थियो । योजना थियो । बजेट थियो । यी सबै भएर पनि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) थिएन । यसकारण समयमा काम हुन सकेको थिएन । अहिले हामीले आगामी वर्ष कार्यान्वयनमा जाने योजनाहरुमध्ये करिब ८० प्रतिशत योजनाको डिपीआर बनाइसकेका छौँ ।’ उनले विगत बर्षहरुमा योजना कार्यान्वयन पूर्व गर्नुपर्ने काममा ध्यान नभएकोले समयमा काम हुन नसकेको उल्लेख गरे ।

    संवादको थालनीमा महानगरपालिको राजस्व अवस्था र महानगरपालिकाका प्राथमिक योजनाका विषयमा राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्लेले प्रस्तुतिकरण गरेका थिए । उनका अनुसार महानगरपालिकाको आम्दानीमा आन्तरिक आयको ५६ प्रतिशत आन्तरिक आयको योगदान छ । यस्तै विभाज्य कोषमा महानगरपालिकाकै ठूलो योगदान छ । टुक्रे योजनाले खर्च कम भएको, जनशक्ति धेरै परिचालन भएको र नतिजा कम भएको उहाँको भनाइ थियो । यस्ता योजनाहरु संघ र प्रदेशबाट पनि थपिने गरेको उनको भनाइ थियो ।

    प्रशासन विभागका प्रमुख दीपक अधिकारीले, चालु आर्थिक बर्षमा कार्यान्वयन गरिएका उपलब्धीका विषयमा जानकारी गराए । बिज्ञहरुका बिचको पहिलो छलफल वित्तीय व्यवस्थापन विषयमा भएको थियो । सत्रलाई नेपाल सरकारका पूर्वसचिव डा. गोपीकृष्ण खनालको सहजीकरण गरेका थिए ।त्यस सत्रमा राष्ट्रिय योजना आयोगका सदस्य डा. शिवराज अधिकारीले करदातालाई सेवा प्राप्त गर्ने सुनिश्चित गर्ने नीति निर्माणका लागि सुझाव दिए । यस्तै नेपाल सरकारका पूर्व सचिवहरु रामेश्वर खनालले करको दर तय गर्दा आधार विश्लेषण गर्न सुझाव दिए । सरकाकार पूर्व सचिव कृष्णराज बिसीले, सम्पत्ति धेरै भएका तर आयमा कमजोर वर्ग सहरमा धेरै भएकाले यस्ता वर्गलाई करमा राहत दिनुपर्ने सुझाव राखे । च्याम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले काठमाडौं महानगरपालिकाले राजस्व र खर्च वृद्धि गर्न अवलम्बन गर्नु पर्ने नीतिका विषयमा सुझाव दिए ।

    ‘पेशागत दक्षता वृद्धि’, ‘सेवासँग राजस्वको आवद्धता’, ‘अनिवार्य वहाल सम्झौता’, ‘व्यवसाय करको सूची घटाउने’, ‘वहाल, मनोरञ्जन, विज्ञापनजस्ता करको दर घटाउने, दायरा बढाउने’ जस्ता नीति तर्जुमा गर्न सुझाव दिए ।यस्तै ‘करलाई व्यवसाय प्रवर्धन गर्ने माध्यम बनाउने’, ‘पेपरलेस, फेसलेस राजस्व प्रशासन बनाउने’, ‘पर्यटन पूर्वाधार बढाउने’, ‘सम्पत्ति भएका तर आय नभएकाहरुलाई सम्बोधन गर्ने’ नीति उपयुक्त हुने सुझाव दिए ।उनीहरुको प्रस्तुतिपछि वडाध्यक्षहरु हीरालाल तण्डुकार, चिनीकाजी महर्जन, नवराज पराजुली, प्रमुखको सचिवालय सदस्य सुदीप ढकालले महानगरपालिकाका योजनाहरुलाई पूर्ण कार्यान्वयनमा ल्याउन सुझाव माग गरेका थिए ।

    छलफलका क्रममा नेपाल सरकारका पूर्वसचिव शंकर पन्थीले खर्च बढाउने संयन्त्र बढाउन, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले टुक्रे योजना घटाएर ठूला पूर्वाधारका योजना कार्यान्वयनमा ल्याउन, नेपाल जग्गा विकास तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले, अपार्टमेन्टहरुका हरेक फ्लाटलाई छुट्टाछुट्टै मूल्याङ्कन गरेर सम्पत्ति कर लगाउन, होटल एशोसिएसन नेपालका महासचिव सगुन साजन शाक्यले दर्ता नभएका होटल, गेष्ट हाउसलाई दर्ता प्रक्रियामा ल्याउन तथा होमस्टेलाई होटल व्यवसायका रुपमा सञ्चालन गर्ने पद्धति निरुत्साह गर्ने नीति आवश्यक रहेको बताए ।

    छुट दिएर मात्र होइन, सुविधा बढाएर पनि करदातालाई सहुलियत दिन वा प्रोत्साहित गर्न सकिन्छ । छलफलमा सहभागीहरुले अनलाइन कर तिर्नेलाई विशेष छुट दिए फेसलेस राजस्व प्रणालीमा योगदान हुने, करका शीर्षकहरुमा दर घटाएर दायरा बढाउनेलगायत सुझाव दिएका थिए ।
    यस्तै व्यवसाय दर्ता गर्दा स्वघोषणा गरेर लगानीका आधारमा कर लिने, किस्ताबन्दीमा कर तिर्ने जस्ता सुविधा बढाउन सकिने उनीहरुको भनाइ थियो । महानगरपालिकाले वहाल कर, व्यवसाय कर र सम्पत्ति करमा सबैभन्दा धेरै राजस्व प्राप्त गर्ने गरेको छ ।

    कार्यक्रमको दोस्रो सत्रमा नेपाल सरकारका पूर्वसचिव किशोर थापाले, पूर्वाधार निर्माण तथा सेवा प्रवाह विज्ञ छलफल सञ्चालन गरे । सत्रमा राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्तीय आयोगका अध्यक्ष बालानन्द पौडेलले, सहरी यातायात, फोहरमैला व्यवस्थापन, विपद व्यवस्थापन, दमकल सञ्चालन जस्ता क्षेत्रमा संयुक्त सेवा सञ्चालन गर्न सकिने बताए ।

    स्थानीय सरकारले, संघ सरकारबाट कति अधिकार पाइने हो भनेर बाटो हेरेर बस्नुको सट्टा संविधानले दिएका एकल अधिकारको पूर्ण प्रयोग गर्न सक्ने कानुन आफ्नै सभाबाट तर्जुमा गरेर सेवा दिनु पर्ने सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटाले बताए ।सानासाना काम गर्न प्रदेश सरकारले डिभिजन कार्यालय स्थापना गरेका छन् । यी काम स्थानीय सरकार आफैँले गर्न सक्छन् । नेपाल सरकारका पूर्व सचिव पूर्णचन्द्र भट्टराईले स्थानीय तहलाई दिइएका अधिकारको पूर्ण प्रयोग गर्न प्रदेश र संघ सरकारले सहयोग गर्नुपर्ने बताए ।

    यस्तै सम्पदाविज्ञ प्रा.डा. सुदर्शनराज तिवारीले काठमाडौँलाई विश्व सम्पदा क्षेत्रसहितको वृहत पहिचानयुक्त बनाउन सकिने बताए । ‘यमरी पुन्हिका दिन यमरी खान्छौँ तर धान फल्दैन । हरेक जात्रा र संस्कार पानीसँग जोडिएका छन् । पानी वग्ने मुहान नासिए । पोखरी र ढुङ्गेधारा सकिए । सहरी सभ्यता र आधुनिक सुविधाका लागि यस्ता पक्षका कार्यक्रमलाई महानगरपालिकाले नीतिमा प्राथमिकता दिनुपर्छ ।’
    कार्यक्रमका सहजकर्ता पूर्वसचिव थापाले, काठमाडौँले देवता, पितृ र नागरिकलाई सहज हुने गरी नीति कार्यक्रम तर्जुमा गर्न सुझाव दिनुभयो । ट्राफिक समस्या सुधार योजना र व्यवस्थित आवासीय कोलोनीमा प्रोत्साहन हुने कार्यक्रम नीतिमा समेट्न थापाको सुझाव छ ।

    यसरी धारणा प्राप्त भएपछि सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले, देवता, पितृ र नागरिकलाई हेरेर नपुग्ने अवस्थाको चित्रण गर्दै भावी सन्ततिलाई कस्तो सहर दिने, कस्मोपोलिटन सिटीको स्वरुपलाई पूर्वानुमान गर्नु पर्ने अवस्थालाई हेरेर सुझावको अपेक्षा गरिएको बताए ।
    छलफलमा वडाध्यक्षहरु इश्वरमान डंगोल, हीरालाल तण्डुकार, वीरेन्द्र प्रजापती, नवराज पराजुलीले, वडाले सेवा वितरणसहित मूर्त अमूर्त सम्पदाको संरक्षण, पूर्वाधार निर्माण, सामाजिक क्षेत्रको उत्थान, खेलकुदसहित क्षेत्रगत काम गरिरहेको उल्लेख गरे ।

    त्यसपछिको छलफलमा फोहरमैला व्यवस्थापन संघका अध्यक्ष धनप्रसाद आचार्यले, फोहर व्यवस्थापनमा निजी क्षेत्रको सहभागिताप्रतिको दृष्टिकोण आउनुपर्ने धारणा राखे । ढुवानी व्यवसायी महासंघका महासचिव पुष्प श्रेष्ठले, ढुवानीका साधनको व्यवस्थापनमा महानगरपालिकाले नीतिमा उल्लेख गर्ने अपेक्षा गरे ।छलफलमा सहकारी विभागका प्रमुख बलराम त्रिपाठीले वडालाई सेवा वितरण केन्द्रका रुपमा राखेर मात्र कसरी संघीयताको मर्म कायम हुन्छ, संघीय सरकारले दृष्टिकोण स्पष्ट पार्नुपर्ने बताए । यस्तै स्वास्थ्य विभागका निमित्त प्रमुख सुजिना महर्जनले, स्वास्थ्य क्षेत्रको सन्तुलित सेवाका लागि विज्ञहरुबाट सुझावको अपेक्षा गरे ।

    छलफलका क्रममा ‘विकासमा सामाजिक उत्तरदायित्व’, ‘सहरी गरिबीका लागि कार्यक्रम’, ‘व्यक्तिको अभिलेखन’, ‘पूर्वाधार विकासका काममा समन्वय’, ‘सम्पदाको संरक्षण’, ‘स्कूल जोनिङ् (विद्यालय क्षेत्र)’, ‘सेवा प्रवाहको क्षेत्र निर्धारण’, ‘भविष्यको सहर’, ‘ग्रीन सिटी अवधारणा’, ‘जल, माटो र वायुअनुकुलन हुने संरचना र विकास’, ‘जनावर, पशुपंक्षी तथा चराचुङ्गीसहितको मानव बस्ती’, ‘सम्पदाको पहिचानभित्र आधुनिक सुख सुविधाको वितरण’ जस्ता विषय नीतिमा समेटिनु पर्ने सुझाव प्राप्त भएको छ ।

    सामुदायिक विद्यालयहरुमा विद्यार्थी भर्नाको चाप बढ्दै गएको, स्रोत, साधन र जनशक्तिका कारण सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना लिन कठिन हुने अवस्थाको पूर्वानुमानजस्ता विषय छलफलका क्रममा उठेका थिए । महानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न अपनाएका विधिको प्रशंशा गर्दै छलफलमा बाल श्रम, लक्षित वर्गको कार्यक्रम, महिला, बालबालिका र ज्येष्ठ नागरिकसहित विषयमा विज्ञ तथा सहभागीले धारणा राखे ।