Tag: संसद बैठक

  • आइतबार संसद बैठक, सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

    आइतबार संसद बैठक, सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

    काठमाडौं । सभामुख अग्नि सापकोटाले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । आइतबार बिहान ११ बजे वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शंकर हलमा परामर्श समितिको बैठक डाकिएको उनका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

    संसद बैठक आइतवार दिउँसो १ बजे बस्दैछ । सरकारलाई स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न दबाब छ । तर, संविधान र कानुन बाझिएकाले त्यसलाई संशोधन गर्नुपर्ने सुझाव छ ।

    स्थानीय तहको निर्वाचन मिति तोक्न ढिलाइ भइरहेका बेला संसदको बैठक बस्न लागेको हो ।

    नेकपा एमालेले भदौदेखि संसद बैठक अवरुद्ध गरिरहेको छ । कार्यव्यवस्था परामर्श समिति बैठकले संसद बैठकमा पेश हुने एजेन्डा तय गर्ने अभ्यास छ । तर एमालेले अडान नछाडेका कारण संसदको अवरोध हट्ने सम्भावना न्यून छ ।

  • अवरोधबीच सभामुखले अघि बढाए प्रतिनिधि सभा बैठक

    अवरोधबीच सभामुखले अघि बढाए प्रतिनिधि सभा बैठक

    काठमाडौं । नेकपा एमालेको अवरोधबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा बैठक अघि बढाएका छन् ।

    उनले नेमकिपाका सांसद प्रेम सुवाललाई बोल्न समय दिएका छन् । सुवालले प्रतिपक्षका माग सम्बोधन गर्न आग्रह गरे । एमसीसी सम्झौता खारेज गर्न समेत उनले माग गरे ।

    सभामुख सापकोटाले पार्टी फुटाउने मतियारको भूमिका खेलेको भन्दै एमालेले भदौदेखि निरन्तर विरोध गरिरहेको छ । गएकाे १ भदौमा आफूले कारबाही गरेका १४ जना सांसदलाई सभामुखले कारबाही नगरेको झोकमा एमालेले सभामुखसँग आक्रोश पोखिरहेको छ ।

    संसदमा केही समयअघिदेखि विरोध र विरोधकैबीच संसद् सञ्चालन हुने क्रम दोहोरिरहेको छ ।

  • संसदमा उठ्यो शेखर गोल्छामाथि सम्पत्ति शुद्धीकरणमार्फत छानबिन हुनुपर्ने माग

    संसदमा उठ्यो शेखर गोल्छामाथि सम्पत्ति शुद्धीकरणमार्फत छानबिन हुनुपर्ने माग

    काठमाडाैं । संसदमा व्यवसायी शेखर गोल्छामाथि सम्पत्ति शुद्धीकरणमार्फत छानबिन हुनुपर्ने माग उठेको छ ।

    नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गोल्छाले ७६ करोड रुपैयाँ भ्याट छलेको र अवैधानिक रूपमा विदेशमा लगानी गरेकाले उनीमाथि छानबिन हुनुपर्ने माग गरेका हुन् ।

    उनले भने ‘गोल्छाले ७६ करोड रुपैयाँ भ्याट छलेको र उनले अवैधानिक लगानी गरेकाले उनीमाथि संसदीय समिति र सम्पत्ति शुद्धीकरणमार्फत छानबिन हुनुपर्छ ।’

    प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधकैबीच सभामुखले आजको बैठकको कारबाही अघि बढाएका थिए । मंगलबारको बैठकले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश स्वीकृत गरेको छ ।

  • संसद अवरोध शिलशिलामाथि रावलकाे आशंका- एमसीसी सम्झौता अनुमोदन गर्ने खेल त होइन ?’

    संसद अवरोध शिलशिलामाथि रावलकाे आशंका- एमसीसी सम्झौता अनुमोदन गर्ने खेल त होइन ?’

    काठमाडौं – नेकपा एमालेका नेता भीम रावलले आफ्नै पार्टीले गर्दै आएको संसद अवरुद्धको शिलशिलामाथि कडा प्रश्न उठाएका छन् । उनले एमसीसीसँग नेपाल सरकारले गरेको सम्झौता पास गर्नका लागि एमालेले उक्त अवरोध गरिरहेको त हैन भन्ने आशंका व्यक्त गरेका छन् ।

    रावलले बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत संसद्मा एमालेको अवरोध र एमसीसी सम्झौतालाई जोडेर आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

    उनले लेखेका छन्, ‘सरकारका कामकारबाही गर्न दिएर संसद्का बैठकहरू अवरूद्ध गर्ने कुराको औचित्य के हो ? यो कतै कसैलाई बोल्ने मौका नै नदिएर होहल्लाको बीचमा एमसीसीसँग गरेको सम्झौता अनुमोदन गर्ने खेल त होइन ?’

    एमाले नेतृत्व त्यस्तो खेलमा सहभागी भएमा राम्रो नहुने रावलको भनाइ छ । ‘यस्तो गरियो भने राष्ट्रघात ठहर्ने छ,’ उनले भनेका छन् ।

    मंगलबारदेखि सुरु भएको संसद्को अधिवेशनको पहिलो दिन एमालेले विरोध जनाएको थियो । एमालेको विरोधकाबीच सरकारले अध्यादेश पेस गरेको थियो । एमालेले माधवकुमार नेपाललगायत १४ सांसदमाथि कारबाही गर्नुपर्ने माग राखेर संसद्मा विरोध जनाउँदै आएको छ ।

  • एक साताका लागि स्थगित भयाे संसद बैठक

    एक साताका लागि स्थगित भयाे संसद बैठक

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक एक हप्ताका लागि स्थगित गरेका छन् । अब अर्को बैठक पुस ६ गते मंगलबार दिउँसो १ बजे बस्नेछ ।

    संसदको यो अधिवेशनमा पनि प्रमुख विपक्षी दल नेकपा एमालेले संसद बैठक अवरुद्ध गरेको छ । आफूले गरेको सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा अघिल्लो अधिवेशनमा संसद अवरुद्ध गरेको एमालेले मंगलबार शुरु भएको अधिवेशनको पहिलो बैठक पनि अवरुद्ध गरेको हो ।

    एमाले सांसदहरुको नाराबाजीकै बीच सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक सञ्चालन गरेका थिए ।

    मंगलबारको बैठकमा सरकारका तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८ पेस गर्नेछन् । उनले नै तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ पेस गरेका छन् ।

    त्यस्तै रेल्वे अध्यादेश २०७८, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश पनि संसदमा पेश भएको छ ।

  • मंगलबारको संसद बैठकमा ६ वटा अध्यादेश पेश गरिने

    मंगलबारको संसद बैठकमा ६ वटा अध्यादेश पेश गरिने

    काठमाडौं । मंगलबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा ६ वटा अध्यादेश पेश हुने भएको छ । संसद सचिवालयले सोमबार सार्वजनिक गरेको सम्भावित कार्यक्रममा ६ वटा अध्यादेश पेश गर्ने उल्लेख छ ।

    मंगलबार दिउँसो २ बजेका लागि बाेलाइएकाे बैठकमा शुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त संसद अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनेछन् ।

    त्यसपछि गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८ पेश गर्नेछन् । उनले नै तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ पेश गर्नेछन् ।

    त्यस्तै, भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादवले रेल्वे अधयादेश २०७८ पेश गर्ने, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश पेश गर्ने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ ।

     

  • एमसीसी र प्रधान न्यायाधीशविरुद्ध महाअभियोगबारे दलहरुकाे सहमतिका आधारमा निर्णय हुन्छ : प्रचण्ड

    एमसीसी र प्रधान न्यायाधीशविरुद्ध महाअभियोगबारे दलहरुकाे सहमतिका आधारमा निर्णय हुन्छ : प्रचण्ड

    चितवन । सत्ता गठबन्धनमध्येक एक शीर्ष नेता तथा माओवादी अध्यक्ष प्रचण्डले प्रधान न्यायाधीशविरुद्ध महाअभियोग लगाउने विषय गठबन्धन र राजनीतिक दलहरुबीच सहमतिका आधारमा मात्र हुने बताएका छन् ।

    माओवादी निकट पत्रकारहरुको राष्ट्रिय सम्मेलनमा अध्यक्ष प्रचण्डले प्रधान न्यायाधीशविरुद्ध महाअभियोगका विषय दलहरुकाे सहमतिका आधारमा हुने र एमसीसीमा जबरजस्ती नहुने बताएका हुन् ।

    उनले भने – ‘एमसीसीबारे जे हुन्छ राष्ट्रिय सहमतिमा हुन्छ । एमसीसीको बैठक र संसद बैठक एकैदिन पर्नु संयोगमात्र हो । प्रधान न्यायाधीशविरुद्ध महाअभियोगको कुरा पनि आएको छ । त्यो पनि दलहरुबीच सहमतिका आधारमा महाअभियोग लगाउने वा नलगाउने निर्णय हुन्छ ।’

    उनले गठबन्धनको भविष्यबारे ढुक्क हुन आह्वान समेत गरेका छन् । एमसीसीको बैठक र संसद बैठक एकैदिन संयाेगमात्र भएकाे र याे संसदकाे हिउँदे अधिवेशन भएकाे उनले बताएका हुन् ।

    सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर २८ का लागि संसदका दुवै सदनको बैठक डाकेकी छिन् । संयोग के परेको छ भने अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को वासिङ्टनस्थित मुख्यालयले सोही दिन बोर्ड बैठक पनि राखेको छ । जहाँ एससीसी–नेपाल सम्झौताबारे छलफल हुने कार्यसूची छ ।