Tag: क्रिकेट

  • प्रिमियर कपको समूह र खेल तालिका परिवर्तन, नेपाल र ओमान एकै समूहमा

    प्रिमियर कपको समूह र खेल तालिका परिवर्तन, नेपाल र ओमान एकै समूहमा

    काठमाडाैं । अर्को महिना नेपालमा हुने प्रिमियर कपको समूह र खेल तालिका परिवर्तन भएकाे छ ।

    एसियन क्रिकेट काउन्सिल (एसिसी ) ले प्रिमियर कपको समूह र खेल तालिका परिवर्तन गरेको हाे। नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउदी अरब छन् ।

    यसअघि नेपाल, युएई र कुवेत एकै समूहमा थिए । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।

    प्रतियोगिता वैशाख ५ देखि १८ गतेसम्म (अप्रिल १८ देखि १ मे) सम्म हुने भएको छ । यसअघि प्रतियोगिता अप्रिल २४ देखि मे ८ सम्म टियु र मूलपानीमा हुने भनिएको थियो । खेल तालिका र समूह दुवै परिवर्तन भएकाे हाे ।

    नेपालले पहिलो खेल वैशाख ५ (अप्रिल १८ मा) मलेसियासँग टियु क्रिकेट मैदानमा खेल्दै सुरुवात गर्नेछ । नेपालले दोस्रो खेल वैशाख ८ गते (अप्रिल २१ मा) ओमानसँग टियुमा खेल्नेछ ।

    नेपालले वैशाख ११ मा (२४ अप्रिल मा) साउदी अरेवियासँग मूलपानीमा खेल्नेछ । नेपालले वैशाख १४ मा (अप्रिल २७ मा) कतारसँग टियुमा खेल्नेछ ।

    सेमिफाइनल वैशाख १६ गते (अप्रिल २९ मा) हुनेछ । फाइनल वैशाख १८ गते (मे१) मा टियुमा हुनेछ । तेस्रो स्थानको लागि अप्रिल ३० मा प्रतिस्पर्धा हुनेछ ।

    यस प्रतियोगिता विजेता टोलीले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।

  • एकदिवसीय वरियतामा ओमानलाई पछि पार्दै नेपालको एक स्थान सुधार

    एकदिवसीय वरियतामा ओमानलाई पछि पार्दै नेपालको एक स्थान सुधार

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा एक स्थान सुधार गरेको छ । लिग–२ को पछिल्ला १२ मध्ये ११ खेलमा जित निकालेको नेपाल वरियतामा १५औं स्थानमा उक्लिएको हो।

    यसअघि नेपाल १६ औं स्थानमा थियो। योसँगै नेपालले वरियतामा ओमान, नामिबिया, यूएई, अमेरिका र पपुवान्युगिनीलाई पछि पारेको छ।

    घरेलु मैदानमा स्कटल्याण्ड र नामिबियासँगको लिग–२ खेल्नुअघि १९ औं स्थानमा रहेको नेपाल अघिल्लो साता १६औं स्थानमा उक्लिएको थियो।

    स्कटल्यान्ड र नामिबियासँगको एक सिरिज तथा पपुवा न्युगिनी र युएईसँगको दुई सिरिजका कुल १२ मध्ये नेपाल १ खेलमा मात्र पराजित भएको थियो।

    हेर्नुहोस् आइसिसीको वरियताक्रम

  • युएईको प्रशिक्षकबाट रोविन सिंह बर्खास्त

    युएईको प्रशिक्षकबाट रोविन सिंह बर्खास्त

    काठमाडाैं । युएईले राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक पदबाट रोविन सिंहलाई बर्खास्त गरेकाे छ ।

    अब मुदास्सर नाजरले युएईको अस्थायी प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने युएईको मिडिया द नेसनलले उल्लेख गरेको छ ।

    भारतका पूर्व अलराउन्डर सिंह फेब्रुअरी २०२० मा युएईको प्रशिक्षक नियुक्त भएका थिए । तर पछिल्लो समय युएईले खराब प्रदर्शन गरेपछि उनको पद धरापमा परेको थियो ।

    युएईले यसै साताको अन्त्यमा नामिबियामा हुने क्रिकेट विश्वकप छनोटको प्लेअफ खेल्दैछ ।

    पछिल्लो समय खराब नतिजाको कारण युएईले जुनमा जिम्बाब्वेमा हुने ग्लोबल विश्वकप छनोटमा सिधै स्थान बनाउन असफल भएको थियो भने एकदिवसीय मान्यता पनि खतरामा परेको थियो ।

    अब क्रिकेट विश्वकप छनोटको प्लेअफमा शीर्ष दुईमा परे युएई विश्वकप छनोटमा पुग्नेछ भने क्यानडा र जर्सीभन्दा अघि रहे मात्र एकदिवसीय मान्यता जोगिनेछ ।

    पाकिस्तानका पूर्व अलराउन्डर मुदास्सरले अन्तरिम जिम्मेवारी लिएका छन् ।

  • पारस खड्का आवद्ध टिमले जित्याे लिजेन्ड्स क्रिकेट लिगको उपाधि

    पारस खड्का आवद्ध टिमले जित्याे लिजेन्ड्स क्रिकेट लिगको उपाधि

    काठमाडाैं । कतारमा सम्पन्न लिजेन्ड्स क्रिकेट लिगको उपाधि नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का आबद्ध एसियन लायन्सले जितेको छ ।

    कतारको दोहास्थित वेस्ट इन्ड पार्क क्रिकेट मैदानमा भएको फाइनलमा वर्ल्ड जायन्ट्सलाई ७ विकेटले पराजित गरी एसियन लायन्स च्याम्पियन बनेको हो ।

    जायन्ट्सले दिएको १४८ रनको चुनौती पछ्याएकाे एसियन लायन्सले १६.१ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य भेटाएकाे हाे ।

    एसियन लायन्सको जितमा तिलकरत्ने दिल्शान र उपुल थारंगाले उत्कृष्ट ब्याटिङ गरे ।

    दिल्शानले ४२ बलमा ५८ रन बनाए । अर्का ओपनर थारंगाले २८ बलमा ५७ रन बनाए ।

    जायन्ट्सका लागि मोन्टी पेनिसर, समित पटेल र ब्रेट लीले समान १-१ विकेट लिए ।

    टस जितेर पहिला ब्याटिङ गरेको जायन्ट्सले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो ।

    जायन्ट्सका लागि ज्याकक्विस कालिसले ५४ बलमा अविजित ७८ रन बनाए । रोस टेलरले ३२ र लिन्डल सिमोन्सले १७ रन बनाए ।

    एसियन लायन्सका लागि अब्दुर रज्जाकले दुई तथा थिसारा परेराले एक विकेट लिए ।

  • एमसिसीले आसिफलाई ‘एमसिसी स्पिरिट अफ क्रिकेट’ अवार्ड दिने

    एमसिसीले आसिफलाई ‘एमसिसी स्पिरिट अफ क्रिकेट’ अवार्ड दिने

    काठमाडौं । इंग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले नेपाली राष्ट्रिय क्रिकेट टिमका विकेट किपर ब्याट्सम्यान आसिफ शेखलाई २०२२ को क्रिस्टोफर मार्टिन्स –जेन्किन्स स्पिरिट अफ क्रिकेट अवार्ड दिने भएको छ।

    फेब्रुअरी २०२२ मा आयरल्यान्डविरूद्धको देखाएको खेल भावनाको कदर गर्दै अवार्ड प्रदान गर्ने निर्णय गरिएको एमसिसीले सोमबार घोषणा गरेको हो।

    यो अवार्ड २०१३ देखि एमसिसी र बिबिसीले एमसिसीका पूर्व अध्यक्ष क्रिस्टोफर मार्टिन्स-जेन्किन्सको सम्झनामा दिन थालेको हो।

    यसवर्ष आरिफसँगै इंग्ल्यान्डका कप्तान जोस बटलर र बेन स्टोक्स मनोनयनमा थिए।

    यसअघि आसिफले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले प्रदान गर्ने आइसिसी स्पिरिट अफ क्रिकेट अवार्ड जितेका थिए।

    खेल भावनालाई समर्थन गर्ने खेलाडी वा टोलीलाई मान्यता दिन आइसिसीले हरेक वर्ष आइसिसी स्पिरिट अफ क्रिकेट अवार्ड प्रदान गर्छ।

  • अस्ट्रेलियासँग भारतकाे लज्जास्पद हार

    अस्ट्रेलियासँग भारतकाे लज्जास्पद हार

    काठमाडाैं । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा घरेलु टिम भारतले अस्ट्रेलियासँग लज्जास्पद हार ब्यहोरेको छ ।

    अस्ट्रेलियाले भारतलाई १० विकेटले पराजित गरेको हो ।

    ११८ रनको झिनो चुनौती पछ्याउँदै ब्याटिङ गरेको अस्ट्रेलियाले ११ ओभरमा बिना विकेट लक्ष्य भेट्टायो । अस्ट्रेलियाका लागि मिचेल मार्स र ट्रभिस हेड दुवैले अर्धशतक बनाए ।

    मिचेल मार्स ३६ बलमा ६ चौका र ६ छक्का प्रहार गर्दै ६६ रनमा अविजित रहे । हेडले ३० बलमा १० चौका प्रहार गर्दै अविजित ५१ रन बनाए ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले खराब सुरुवात गरेकाे थियाे । भारतले २६ ओभरमा सबै विकेटको क्षतिमा ११७ रन बनायो ।

    अस्ट्रेलियाका लागि मिचेल स्टार्कले पाँच विकेट लिए । त्यस्तै, सेन एबोटले तीन र नाथन इलिसले दुई विकेट लिए ।

    यसअघि पहिलो खेलमा अस्ट्रेलिया भारतसँग पाँच विकेटले पराजित भएको थियो । अब भारत र अस्ट्रेलियाबीचको तेस्रो खेल २२ मार्चमा हुनेछ ।

  • नेपाली क्रिकेट टाेलीलाई प्रधानमन्त्री प्रचण्डकाे बधाई

    नेपाली क्रिकेट टाेलीलाई प्रधानमन्त्री प्रचण्डकाे बधाई

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल विश्वकप क्रिकेट छनोटमा पुग्न सफल भएकामा खुशी व्यक्त गरेका छन् ।

    बिहीबार आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको खेलमा यूएईलाई डीएल मेथडमा ९ रनले हराएपछि नेपाल विश्वकप छनोट चरणमा पुगेको हो ।

    खेल सकिएको केहीबेरपछि ट्विटरमार्फत प्रचण्डले खुशी व्यक्त गर्दै खेलाडीहरुलाई बधाई दिए ।

    ‘लिगका खेलहरुमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उँचो राख्न सफल भएकोमा उच्च प्रशंसासहित नेपाली क्रिकेट टिम, प्रशिक्षक, क्यानलगायत हामी सबैलाई बधाई !’ प्रचण्डले लेखेका छन् ।

  • अर्धशतक बनाएलगत्तै कुशल भुर्तेल आउट

    अर्धशतक बनाएलगत्तै कुशल भुर्तेल आउट

    काठमाडाैं । युएईले दिएको ३११ रनको बिशाल लक्ष्य पछ्याएको नेपालले चौथो विकेट गुमाएको छ ।

    कुशल भुर्तेल जुनैद सिद्धकीको ५० रन बनाएर कट विहाइण्ड आउट भएका छन् । कुशलले ३२ बलमा ३ चौका र ४ छक्कासहित ५० रन बनाए ।

    नयाँ ब्याटरका रुपमा आरिफ शेख क्रिजमा पुगेका छन् ।

  • कप्तान राेहित पाैडेल पनि आउट, नेपालले गुमायाे तेस्राे विकेट

    कप्तान राेहित पाैडेल पनि आउट, नेपालले गुमायाे तेस्राे विकेट

    काठमाडाैं । युएईले दिएको ३११ रनको बिशाल लक्ष्य पछ्याएको नेपालले खराब सुरूआत गरेको छ । पहिलो २ ओभरमा ६ रन बनाउँदा दुई विकेट गुमाएको नेपालले तेस्रो विकेट गुमाएको छ ।

    आयान अफ्जल खानको बलमा रोहितकुमार पौडेल मिड अन क्षेत्रमा यूएईका कप्तान मोहम्मद वासिमबाट क्याचआउट भए । रोहित १६ रन बनाएर आउट भए ।

    यसअघि, पहिलो ओभरको तेस्रो बलमा ओपनर आशिफ शेख शून्यमा आयन आफजाल खानको बलमा स्टम्पिङ आउट भए ।

    यस्तै, दोस्रो ओभरको तेस्रो बलमा कुशल मल्ल व्यक्तिगत ५ रनमा आउट भए । जुनाइद सिद्धिकिको बलमा उनी आर्यन लक्राबाट क्याच आउट भएका हुन् ।

  • नेपालकाे खराब सुरुवात, ६ रन बनाउँदा दुई विकेट गुम्याे

    नेपालकाे खराब सुरुवात, ६ रन बनाउँदा दुई विकेट गुम्याे

    काठमाडाैं । युएईले दिएको ३११ रनको बिशाल लक्ष्य पछ्याएको नेपालले खराब सुरूआत गरेको छ । पहिलो २ ओभरमा ६ रन बनाउँदा दुई विकेट गुमाएको छ ।

    पहिलो ओभरको तेस्रो बलमा ओपनर आशिफ शेख शून्यमा आयन आफजाल खानको बलमा स्टम्पिङ आउट भए ।

    यस्तै, दोस्रो ओभरको तेस्रो बलमा कुशल मल्ल व्यक्तिगत ५ रनमा आउट भए । जुनाइद सिद्धिकिको बलमा उनी आर्यन लक्राबाट क्याच आउट भए ।

    यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनायो ।

    यो ओडिआईमा नेपालविरुद्ध कुनै पनि विपक्षी टोलीले दिएको हालसम्मकै उच्च योगफल हो ।