Tag: भारत

  • प्रधानसेनापति र भारतीय सेनाका लेफ्टिनेन्ट जनरलबीच भेटवार्ता

    प्रधानसेनापति र भारतीय सेनाका लेफ्टिनेन्ट जनरलबीच भेटवार्ता

    काठमाडौं । प्रधानसेनापति महारथी प्रभुराम शर्मा र भारतीय सेनाका असम राइफल्सका महानिर्देशक लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायरबीच भेटवार्ता भएको छ ।

    प्रधानसेनापति शर्मासँग भेट गर्न नायर मंगलबार बिहान जंगी अड्डा पुगेको नेपाली सेनाले जनाएको छ। जंगी अड्डा, भद्रकालीस्थित प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ ।

    यस किसिमको भेटघाटले दुई देशका सेनाबीच रहँदै आएको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

  • भारतमा आइतबारदेखि केबलकारमा अड्किएकामध्ये कहीकाे अझै हुन सकेन उद्धार, तीन जनाको मृत्यु

    भारतमा आइतबारदेखि केबलकारमा अड्किएकामध्ये कहीकाे अझै हुन सकेन उद्धार, तीन जनाको मृत्यु

    काठमाडाैं । भारतको झारखण्डमा आइतबारदेखि केबलकारमा अड्किएका केही व्यक्तिको अझै उद्धार हुन सकेको छैन ।

    भारतीय सञ्चारमाध्यमहरूका अनुसार झारखण्डको देउघर जिल्लाको त्रिकुट पहाडमा रहेको रोपवेमा चलिरहेका दुई केबलकार आइतबार साँझ ठोक्किएका थिए । त्यसपछि अन्य केबलकार पनि जहाँको त्यहीँ रोकिएका थिए ।

    उक्त दुर्घटनामा तीन जनाकाे मृत्यु भएकाे पनि भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

    केबलकारमा अड्किएकाहरूको मंगलबार बिहानसम्म पनि उद्धार हुन नसकेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

    केबलकारमा रोकिएकाहरूलाई ड्रोनको सहायताले खाना र पानी पुर्‍याइएको छ । भारतीय वायु सेनाको हेलिकप्टरको सहायताले उनीहरूको उद्धार प्रयास भइरहेको छ। नेसनल डिजास्टर रेस्पोन्स फोर्सका सुरक्षाकर्मी पनि परिचालन गरिएको छ ।

    त्रिकुट रोपवे झारखण्डको लोकप्रिय पर्यटकीय गन्तव्य हो । आइतबार रामनवमीका अवसरमा त्यहाँ पर्यटकको घुइँचो लागेको थियो । प्राविधिक कारणले दुर्घटना भएको बताइएको छ ।

  • नेपालका लागि भारतीय राजदूत क्वात्रा विदेश सचिव नियुक्त

    नेपालका लागि भारतीय राजदूत क्वात्रा विदेश सचिव नियुक्त

    काठमाडाैं । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा भारतका विदेश सचिव नियुक्त भएका छन् ।

    क्वात्राले हालका विदेश सचिव हर्ष श्रृंगलालाई प्रतिस्थापन गर्ने छन् । श्रृंगलाले अप्रिल ३० देखि भारतीय विदेश सेवाबाट अनिवार्य अवकाश पाउँदैछन् ।

    क्वात्रा जनवरी ३०, २०२० मा नेपालका लागि भारतीय राजदूत नियुक्त भएका थिए ।

    भारतीय मन्त्रिपरिषद् अन्तर्गतको नियुक्ति समितिले क्वात्रालाई विदेश सचिव नियुक्त गरेको हो । क्वात्रा सन् १९८८ मा भारतीय विदेश सेवामा प्रवेश गरेका थिए ।

  • एमसीसी पारित भएपछि नेपाल तीन ढुंगाबीचको तरुल भयो : मेहता

    एमसीसी पारित भएपछि नेपाल तीन ढुंगाबीचको तरुल भयो : मेहता

    नयाँदिल्ली । भारतीय सेनाका पूर्वजर्नेल तथा नेपाल मामिलाका जानकार अशोक मेहताले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित भएसँगै नेपाल तीन ढुंगाको तरुल भएको टिप्पणी गरेका छन् ।

    पृथ्वीनारायण शाहको उदाहरण दिँदै पूर्वजर्नेल मेहताले एमसीसीले चीनलाई पराजित गरेर नेपाल प्रवेश गरेको उल्लेख गर्दै नेपाल तीन ढुंगाबीचको तरुल भएको टिप्पणी गरेका हुन् ।

    ‘यसबेला हामी पृथ्वीनारायण शाहले याद गर्छौ, उनले कुनै बेला भनेका थिए, नेपाल दुई ढुंगाबीचको तरुल हो, अब नेपाल तीन ढुंगाबीचको तरुल हुन पुगेको छ,’ मेहताले न्युज कारखानासँग भने, ‘किनभने अमेरिका पनि नेपालमा आयो, यसअघि अमेरिका कहिल्यै नेपाल आएको थिएन, उ अलि पछाडि नै थियो । तर, अहिले एमसीसीमार्फत इन्डो-प्यासोफिक रणनीति लागू गर्न अर्थात चीनलाई घेर्ने जुन रणनीति बनाएको थियो, त्यो अब अमेरिकाले गर्छ ।’

    एमसीसी पारित भएसँगै नेपालमा चीन पराजित अवस्थामा रहेको भनेर पटक-पटक उल्लेख गरेका मेहताले एमसीसीले चिनियाँ सहयोग बिआरआईलाई रोक्ने जिकिर पनि गरेका छन् । ‘यसको मतलब यो होइन कि एमसीसीले सबै काम गर्छ । तर, एमसीसीले बिआरआईलाई भने रोक्छ, देख्नुभयो नि बिआरआईमा चीनले अहिलेसम्म पैसा पनि हालेको छैन,’ मेहताले अगाडि भने, ‘बिआरआई सन् २०१७-१८ देखिको कुरा हो, कतिवटा रेल्वे लाइन, कतिवटा कोरिडर बनाउने भन्ने कुरा थियो नि ? अहिलेसम्म त्यो बन्यो त बनेन नि, त्यसलै एमसीसीमा चीनले हारेको छ ।’ – न्युज कारखाना

  • भारतको पञ्जाबमा आम आद्मी पार्टीलाई तीन चौथाइ मत

    भारतको पञ्जाबमा आम आद्मी पार्टीलाई तीन चौथाइ मत

    भारत । भारतको पञ्जाव राज्यमा आम आद्मी पार्टी (एएपी)ले तीन चौथाई मत प्राप्त गरेको छ ।

    विधान सभाका लागि भएको निर्वाचनमा अत्याधिक मत पाएसँगै पञ्जाब प्रदेशको सरकार आम आद्मीले नै बनाउने भएको छ ।

    न्यून आय भएका र मध्यम वर्गीय व्यक्तिहरूले आम आद्मीलाई मन पराएको पाइएको र आम आद्मीले चमत्कार गरेको टिप्पणी भएको छ ।

    स्थानीय समय अनुसार बिहीबार बेलुका ६ बजेसम्म, कुल ११७ प्रदेश सभा सदस्य मध्ये ८९ मा आम आद्मीले जित हासिल गरिसकेको छ ।

    त्यसैगरी अहिले मत गणना भइरहेका मध्ये ३ ठाउँमा अग्रता कायम गरेको निर्वाचन अधिकारीहरूले जानकारी दिएका छन् ।

    प्रदेश सरकारमा रहेको दल कांग्रेसले भने १५ ठाउँमा मात्रै जित हासिल गरेको निर्वाचन आयोगले जनाएको छ । अहिले मत गणना भइरहेका मध्ये काँग्रेस पनि तीन सिटमा अग्रस्थानमा देखिएको छ ।

    अत्याधिक मत ल्याएकोले आम आद्मी पार्टीले भगवन्त मानलाई मुख्य मन्त्री बनाउने भएको छ । उनलाई पार्टीले निर्वाचन अगाडि नै मुख्यमन्त्रीको उम्मेदवारको रुपमा अगाडि सारेको थियो ।

  • वाणिज्य दूतावास परिसरभित्र तेस्रो ‘ओपन हाउस फर कन्सुलर गुनासो’ आयोजना

    वाणिज्य दूतावास परिसरभित्र तेस्रो ‘ओपन हाउस फर कन्सुलर गुनासो’ आयोजना

    काठमाडाैं । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासद्वारा शनिबार वाणिज्य दूतावास परिसर भित्र तेस्रो ‘ओपन हाउस फर कन्सुलर गुनासो’ आयोजना गरिएकाे छ ।

    उक्त ओपन हाउसको अध्यक्षता कन्सुल जनरल नितेश कुमारले गरेका थिए । कार्यक्रमको उद्देश्य नेपालमा बसोबास गर्दै आएका पीडित भारतीय नागरिकको नियमित गैरकानसुलर गुनासो सम्बोधन गर्नु थियो ।

    कार्यक्रममा हुलास स्टिल इण्डष्ट्रिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धक तथा उपमहाप्रबन्धकलगायत पर्सा र बारा जिल्लामा कार्यरत करिब २० जना भारतीयहरुको सहभागिता रहेको थियो । उनीहरुकाे गुनासाहरु सम्बोधन गरिएको थियो ।

  • जब जनतासँग माफी माग्न मञ्चमै उठबस गर्न थाले बिजेपी विधायक (भिडियाे)

    जब जनतासँग माफी माग्न मञ्चमै उठबस गर्न थाले बिजेपी विधायक (भिडियाे)

    काठमाडाैं । भारतको उत्तर प्रदेशमा एक विधायकले आफूले पाँच वर्षमा गरेकाे गल्ती अब नदाेर्‍याउने भन्दै कान समातेर उठबस गरी जनतासँग माफी मागेका छन् ।

    बुधबार सोनभद्रको रोबर्ट्सगंज विधानसभा क्षेत्रमा भारतीय जनता पार्टीका विधायक भूपेश चौबेले जनसभामा जनताको आक्रोश कम गर्न कुर्सीमा उभिएर कान समात्दै उठबस गरेका हुन् ।

    चौबेले पाँच वर्षमा विकासको कुनै पनि काम नगरेको भन्दै जनतामा आक्रोश छ । त्यही आक्रोश मत्थर पार्नका लागि उनले कान समातेर उठबस गरेका हुन् ।

    हेर्नुहाेस् भिडियाे :

  • अहमदावाद बम विस्फाेट : ३८ जनालाई फाँसी, ११ जनालाई आजीवन कारावास

    अहमदावाद बम विस्फाेट : ३८ जनालाई फाँसी, ११ जनालाई आजीवन कारावास

    काठमाडौं । भारतको विशेष अदालतले १४ वर्ष अघि भएको एक श्रृंखलाबद्ध बम विष्फोटको घटनामा संलग्न ३८ जनालाई फाँसीको सजाय सुनाएको छ ।

    यस घटनामा संलग्न अन्य ११ जनालाई आजीवन कैदको सजाय सुनाइएको बीबीसी हिन्दीले समाचार प्रकाशित गरेकाे छ ।

    सन् २००८ मा अहमदाबादमा भएको श्रृङ्खलाबद्ध विस्फोटको सुनुवाइ गर्दै विशेष अदालतले ऐतिहासिक फैसला सुनाएको हाे ।

    सन् २००८ काे जुलाई २६ मा अहमदाबाद सहरमा श्रृङ्खलाबद्ध विस्फोटहरूमा ५६ जनाको मृत्यु भएको थियो । उक्त घटनामा लगभग २०० जना घाइते भएका थिए । गुजरातको अहमदाबाद सहरमा ७० मिनेटभित्र एकपछि अर्को गरी २१ वटा बम विष्फोट भएका थिए ।

    इन्डियन मुजाहिद्दीन र हरकत-उल-जिहाद-अल-इस्लामी नामक चरमपन्थी संगठनले यी विस्फोटको जिम्मा लिएकाे थियाे ।

  • ५४ चिनियाँ एपमाथि भारतको प्रतिबन्ध

    ५४ चिनियाँ एपमाथि भारतको प्रतिबन्ध

    काठमाडाैं । देशको सुरक्षामा खतरा निम्त्याएका कारण भारतले ५४ ओटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ । सरकारले अब छिटै ती एपमा प्रतिबन्ध लगाउने सरकारी स्रोत उदृत गरी भारतीय समाचार संस्था एनडीटीभीले जनाएको छ ।

    स्वीट सेल्फी एचडी, व्युटी क्यामेरा–सेल्फी क्यामेरा, भिभा भिडियो इडिटर, टेन्सेन्ट एक्सरिभर, अनमायोजी अरेना, एपललक, डुअल स्पेल लाइट सरकारले प्रतिबन्ध लगाउन लागिएका केही एपहरु हुन् ।

    देशको सार्वभौमसत्ता र सुरक्षामा जोखिम पुर्‍याएको भनी गत वर्षको जुनमा सरकारले सामाजिक सञ्जालमा व्यापक प्रयोगमा आएका टिकटक, वीच्याट र हेलोलगायतका एपमा प्रतिबन्ध लगाएको थियो ।

    सन् २०२० को मे महिनामा चीनसँगको सीमा तनावपछि करिब तीन सय एप्सहरुमाथि भारतमा प्रतिबन्ध लगाइएको छ । पूर्वी लद्दाखको गालवान उपत्यकामा चिनियाँ सेनाहरुसँगको भिडन्तमा २० भारतीय सैनिक मारिएपछि सन् २०२० को जुनमा पहिलो चरणको प्रतिबन्ध घोषणा गरिएको थियो ।

  • काठमाडौंमा भारतीय दूतावासले मनायो ‘विश्व हिन्दी दिवस’

    काठमाडौंमा भारतीय दूतावासले मनायो ‘विश्व हिन्दी दिवस’

    काठमाडाैं । नेपालस्थित भारतीय दूतावासले विश्व हिन्दी दिवसका अवसरमा सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेको छ ।

    सन् १९७५ जनवरी १० मा भारतको नागपुरमा पहिलो विश्व हिन्दी सम्मेलन मनाइएयता हरेक वर्ष यही दिन भारत, विदेशस्थित भारतीय दूतावास र नियोगमा विश्व हिन्दी दिवस मनाउने गरिन्छ । सो अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश राज्यमन्त्री मीनाक्षी लेखीले विश्व हिन्दी दिवसको अवसरमा दिएको शुभकामना सन्देश भिडियोमार्फत प्रस्तुत गरिएको थियो ।

    नेपालका वरिष्ठ हिन्दी साहित्यकार राम दयाल राकेश कार्यक्रमको मुख्य अतिथि थिए भने नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ परिषदका सदस्य प्रा.डा. उषा ठाकुर विशिष्ट अतिथि थिइन् ।

    सो अवसरमा विश्व हिन्दी दिवसको अवसरमा विशेष गरी हास्य कवि सम्मेलनको आयोजना गरिएको थियो। सम्मेलनमा भारतबाट आएका तीन प्रख्यात कवि सुदिप भोला, विनित पाण्डे र अभिषेक त्रिपाठीले कविता वाचन गरेका थिए।

    कार्यक्रममा काठमाडौंका विभिन्न विद्यालयका १२ जना विद्यार्थीले हिन्दी कविता वाचन गरेका थिए । उनीहरुलाई त्यस अवसरमा पुरस्कृत पनि गरिएको थियो ।

    होटल र्‍याडिसनमा आयोजित कार्यक्रममा दूतावासका प्रेस, सूचना एवम् संस्कृति विभागका प्रमुख नवीन कुमारले कार्यक्रमको अध्यक्षता गरेका थिए ।