
काठमाडाैं । लक्षुप्रकाश मल्लले ‘मनास्लु इन्टरनेशनल आईकन अवार्ड’ प्राप्त गरेका छन् । मल्लले सर्वोत्कृष्ट गायकतर्फकाे अवार्ड प्राप्त गरेका हुन् ।
मनास्लु मिडिया प्रालिद्वारा सञ्चालित मनास्लु पोष्टको आयोजनामा सोमबार राष्ट्रिय नाचघरमा उक्त अवार्ड वितरण गरिएकाे हाे ।
पूर्वमन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि बालाराम घर्तीमगर, मनास्लु पोष्टका अध्यक्ष मनबहादुर पुन र मनास्लु पोष्टका सल्लाहकार एवं समाजसेवी निमा लामाले विभिन्न विधामा धेरै कलाकारहरुलाई अवार्डले सम्मान गरेका थिए ।
साथै, उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा विशेष योगदान दिएको समाजसेवी, पत्रकारलगायत गीत संगीतका क्षेत्रमा याेगदान दिएका धेरै सर्जकहरुलाई सम्मान गरिएकाे थियाे ।
गायक, सङ्गीतकार तथा सङ्गीत संयोजक लक्षुप्रकाश मल्ल वि.स.२०५९ सालदेखि कला क्षेत्रमा निरन्तर सक्रिय छन् । उनले अहिलेसम्म दुई दर्जनभन्दा बढी गीतमा स्वर, शब्द र सङ्गीत भरिसकेका छन् ।