अर्थमन्त्री असक्षम भइसक्नु भयाे, प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छ : कांग्रेस नेता रसाइली

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइलीले अर्थमन्त्रीबाट जनार्दन शर्मालाई हटाउन माग गरेका छन् ।

कांग्रेस केन्दीय समितिको बैठकमा नेता रसाइलीले अर्थमन्त्रीबाट शर्मालाई हटाउन पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका हुन् ।

बैठकपछि नेता रसाइलीले भने, ‘अर्थमन्त्री असक्षम भइसक्नु भयाे, प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छ या राजीनामा माग्नुपर्छ ।’

उनले अब छलफल गरेर नयाँ अर्थतन्त्र बुझेको अर्थमन्त्री ल्याउनुपर्ने धारणा राखेकाे पनि बताए ।

उनले तत्काल प्रधानमन्त्रीले प्रतिक्रिया नदिएपनि त्यसलाई गम्भीर रुपमा लिएकाे बताए । हटाउन माग गरेपछि अर्थमन्त्री शर्माले राजीनामा दिने विश्वास पनि आफूलाई रहेको उनले बताए ।

हेर्नुहाेस् भिडिओ :

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१