
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने सरकारको निर्णयविरुद्ध उत्रिएका छन् ।
शनिबार बिहान राजधानीमा आयाेजित पार्टी प्रवेश कार्यक्रममा ओलीले मुलुकको अर्थतन्त्र जोगाउन लागिपरेको एक राष्ट्रसेवकविरुद्ध सरकारले गरेको निर्णय निर्लज्जता भएकाे टिप्पणी गरे । उनले भने ‘राष्ट्र बैंकको डेपुटी गभर्नर भएको, अर्थतन्त्र बुझेको मान्छे अर्थतन्त्र जोगाउन खोज्दाखोज्दै निलम्बनमा परेको छ ।’
ओलीले धान खाने मुसो चोट पाउने भ्यागुतो भएको टिप्पणी पनि गरे । उनले भने ‘हिजोमात्रै हामीले देख्यौँ । थुनुनाभरी रौँ भएको मुसाले धान खायो, यौटै रौँ नभएको मुसालाई कारबाही भयो । धान खाने मुसो, चोट पाउने भ्यागुतो भन्छन् नि !’
ओलीले नियुक्तिहरूमा पनि नातावाद र कृपावाद चलेको बताए । देशमा नातावाद कृपावादको बहस चलिरहेका बेला माओवादी केन्द्रका अध्यक्षका भाइ नारायणप्रसाद दाहाललाई राष्ट्रिय सभा सदस्य नियुक्ति गरिएको ओलीले बताए ।
उनले देश निर्लज्ज व्यक्तिहरूका हातमा पुगेको टिप्पणीसमेत गरे । गभर्नर अधिकारी अर्थतन्त्र बुझेको र अनुभवी राष्ट्रसेवक रहेको ओलीको भनाइ थियाे ।
हेर्नुहाेस् भिडिओ :