पल प्रकरणमा नाबालिग गायिकाले फेरिन् बयान, बलात्कार नभएकाे दाबी

काठमाडाैं । बलात्कार अभियोगमा थुनामा रहेका अभिनेता पल शाह प्रकरणमा पीडित नाबालिग गायिकाले बयान फेरेकी छन् ।

अदालतले थुनछेक आदेशपछि बकबपत्र गराइरहेको छ । जिल्ला अदालत तनहुँमा जारी बकपत्रका क्रममा पीडित भनिएकी नाबालिगले बयान फेरेकी हुन् ।

पीडित बालिकाले पलबाट बलात्कार नभएको, प्रभाव र दबाबमा परेर त्यस्तो आरोप लगाएको भनी अदालतसमक्ष बताएकी स्राेतले बताएकाे छ ।

नाबालिग गायिका बलात्कारको आरोपमा शाहलाई जिल्ला अदालत तनहुँले चैत १० गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । उनी कारागार कार्यालय तनहुँमा छन् ।

तिनै गायिकाले गैंडाकोटमा पनि आफूमाथि बलात्कार गरेको आरोप लगाएर जाहेरी दिएपछि जिल्ला अदालत नवलपुरमा पनि मुद्दा दर्ता भएको थियो ।

पललाई गत चैत २३ गते जिल्ला अदालत नवलपुरले पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा पक्राउ पूर्जी जारी भएपछि गत फागुन १५ गते प्रहरीसमक्ष आत्मसमर्पण गर्दै शाह जिल्ला प्रहरी कार्यालय, तनहुँमा उपस्थित भएका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१