
काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पाँच दलीय गठबन्धन परिवर्तन जोगाउन र लोकतन्त्र रक्षाका लागि भएको बताएका छन् ।
उनले शेरबहादुरलाई प्रधानमन्त्री बनाउन मात्र यो गठबन्धन नबनेकाे पनि स्पष्ट पारेका छन् । नेविसंघको स्थापना दिवसमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा पौडेलले भने, ‘गठबन्धनको शक्ति देखेर केपी ओली थर्थरी कापेका छन् ।’
स्थानीय चुनावलगायत सबै चुनाव सफल बनाउन गठबन्धन एकसाथ अगाडि जानुपर्ने उनले बताए । गठबन्धनको शक्ति देखेर एमाले अध्यक्ष केपी शर्मा ओली डराएको पौडेलको भनाइ छ।
एमालेले प्रतिगामी शक्तिहरूसँग गठबन्धन गरेको आराेप पनि पाैडेलले लगाए । पौडेलले लोकतन्त्रको लडाइँका लागि नेपालले अहिले पनि बलिदानी खोजेको बताए ।