
काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं महानगर समितिले मेयरको उम्मेदवारका लागि ५ जनाको नाम वागमती प्रदेश समितिमा सिफारिस गरेको छ ।
नगर समितिको बुधबार बसेको बैठकले मेयरको उम्मेदवारका लागि निलकाजी शाक्य, सिर्जना सिंह, हरिप्रभा खड्गी श्रेष्ठ, सुशन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारिस गरेको हो ।
सत्तारुढ पाँचदलीय गठबन्धनले गरेको सहमतिअनुसार काठमाडौंको मेयर कांग्रेस र उपमेयर एकीकृत समाजवादीको भागमा गरेको छ ।
तर महानगर समितिले उपमेयरका लागि सुशीला ढकाल र प्रा. डा. अमिता प्रधान शाक्यकाे नाम पनि सिफारिस गरेकाे छ ।