ओलीको टिप्पणी : हाप्सिलै हाप्सिलो काँधमा बोकेर हिँडेको छ कांग्रेस

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नाममा कांग्रेस खराब प्रवृत्तिका मानिसलाई साथ दिएको टिप्पणी गरेका छन् ।

एमाले केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै ओलीले कांग्रेसले हाप्सिलो बोकेर हिँडेको टिप्पणी गरेका हुन् ।

‘कांग्रेस प्रतिस्पर्धी हुन्थ्यो,’ ओलीले भने, ‘कांग्रेस अलच्छिनजति बोकेर हिँडेको छ । कोही हाप्सिलोजस्ता छन् । कतै जान लाग्दा अलच्छिन लगाउने गरी हाप्सिलो कराउँछ । हाप्सिलै हाप्सिलो काँधमा बोकेर कांग्रेस हिँडेको छ । योभन्दा अलच्छिन के हुन्छ ?’

गठबन्धनसँगै कांग्रेस पनि सकिने ओलीको दाबी छ । उनले एमाले गुणात्मक रुपमा अघि बढेको भन्दै विरोधीहरूको वुद्धि नै नभएको तर्क पनि गरे ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१