
काठमाडौं । कलाकार मोहन जुनेजाको निधन भएको छ । कलाकार जुनेजाको शनिबार बिहान बैंगलोरको एक निजी अस्पतालमा निधन भएको हो ।
उनी लामाे समयदेखि बिरामी रहेकाे भारतीय मिडियाले जनाएका छन् ।
मोहन जुनेजा दक्षिण भारतीय सिनेमाको एक चर्चित नाम हो । तर, उनले धेरै हिन्दी फिल्ममा पनि काम गरिसकेका छन् । उनले १०० भन्दा बढी फिल्ममा काम गरिसकेका छन् ।
‘केजीएफ च्याप्टर १’मा मोहन जुनेजाले पत्रकार आनन्दीको मुखवीरको भूमिका निभाएका थिए ।
मोहन जुनेजाले आफ्नो फिल्मी करियरमा तमिल, तेलुगु, मलयालम र हिन्दी भाषामा आफ्नो अभिनयको जादु देखाएका छन् ।
मोहन जुनेजा सुपरहिट फिल्म ‘केजीएफ च्याप्टर १’ र ‘केजीएफ च्याप्टर २’ मा पनि देखिएका थिए । अभिनेताको निधनपछि फ्यानहरुले सामाजिक सञ्जालमा शोक व्यक्त गरिरहेका छन् ।