
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले ल्याएको नीति तथ कार्यक्रम चास्नीमा नहालेर तेलमा मात्र डुबाएकाे जेरी जस्तो भएकाे बताएका छन् ।
प्रतिनिधिसभामा सोमबार सरकारले संसदमा पेश गरेको उक्त नीति तथा कार्यक्रमका बुँदा तथा मस्यौदामा यस्तो टिप्पणी गरेका हुन् ।
अध्यक्ष ओलीले जनताका समस्या सम्बोधन गर्ने तथा समस्या समाधान हुने किसिमको नीति तथा कार्यक्रम नभएको पनि बताए ।
याे पनि :
ओलीकाे प्रश्न : मतदाताकाे हत्या भयाे, यही हाे स्वच्छ निर्वाचन ?