देउवालाई ओलीकाे प्रश्न : ‘नेपाल एक चीन नीतिमा छ कि छैन ?’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहायकमन्त्री तिब्बती शरणार्थी क्याम्पमा गएकोमा आपत्ति जनाएका छन् ।

सरकारले छद्म विदेश नीति लिएको देखिएको भन्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरेका छन्, ‘नेपाल एक चीन नीतिमा छ कि छैन ?’ ओलीले प्रधानमन्त्री देउवाले यसकाे उत्तर दिनुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधसभा बैठकमा उनले गठबन्धनकाे सरकार सहायकमन्त्रीसँग थरथर काँपेकाे टिप्पणी पनि गरे ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१