
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुर महानगरपालिकामा धम्कीका कारण चुनाव जितेको आरोप लगाएका छन् ।
चुनावअघि नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धम्कीपूर्ण अभिव्यक्ति दिएका कारण भोट हाल्न बाध्य तुल्याइएको ओलीको टिप्पणी छ ।
‘चुनावको सन्दर्भमा नेताहरुले यदि फलानोलाई भोट नदिने हो भने देश दुर्घटनामा जान्छ। यदि खुरुक्क हाल्छन् भने म उत्साहित हुन्छु। गठबन्धन कायम हुन्छ भने,’ उनले भने, ‘जनतालाई धम्काउने र तर्साउने काम भयो। देशलाई दुर्घटनामा पुर्याउने भनिएको छ ।’
उनले मतदाताले द्वन्द्वकाल सम्झिएर भोट हालेको बताए। ‘जनताले छोराछोरी विदेशिनु परेको सम्झिए । आतंक छाएको सम्झिए । मान्छे मारिएका र अपहरण भएको सम्झिए,’ ओलीले थपे, ‘बोरामा हालेर चितवनमा घिसारिएको सम्झिए । दुर्घटना सम्झिए ।’
उनले प्रलोभन र पैसा समेत बाँडिएको आरोपसमेत लगाए ।
याे पनि :
भोट खसेकाे भोलिपल्टै सरकारले जनतामाथि मूल्यवृद्धिको डण्डा बर्सायो : ओली
देउवालाई ओलीकाे प्रश्न : ‘नेपाल एक चीन नीतिमा छ कि छैन ?’
सरकारकाे नीति तथा कार्यक्रममा ओलीकाे टिप्पणी : चास्नीमा नहालेकाे जेरी
ओलीकाे प्रश्न : मतदाताकाे हत्या भयाे, यही हाे स्वच्छ निर्वाचन ?