
काठमाडाैं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले केही सिटमा एमाले पछि परेपनि पपुलर भोटमा अरु सबै पार्टीभन्दा अघि रहेको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा आफ्नो धारणा राख्दै ओलीले एमाले सकियो, ध्वस्त भयो भनेर प्रचारबाजी गरेपनि एमाले अहिले पनि पपुलर भोटमा एक नम्बर पार्टी रहेको बताए ।
उनले भने, ‘म अहिले पनि भन्न चाहान्छु केही सिटले एमाले पछि परेको छ, लोकप्रिय भोटमा एमाले सबै पार्टीभन्दा अगाडि छ र एक नम्बर पार्टी छ ।’