
काठमाडाैं । ऊबेला सांगीतिक समूहका संगीतकर्मी नित्य डि कुँवरले बालेनलाई समर्थन र मेयर पदमा जितपश्चात् राम्रो काम गर्न अभिप्रेरित गर्न ‘स्याबास् बालेन स्याबास्’ नामको नयाँ गीत हालै सार्वजनिक गरेका छन् ।
युट्युब च्यानेल ऊबेला मार्फत् गीत सार्वजनिक भएकाे हाे । यस गीत सिर्जना गर्नुको पछाडि बालेनको आँट, आत्मविश्वास र अघिल्लो चुनावअघिदेखिको अठोट, अनुसन्धान र हालको चुनावी गृहकार्यका साथै उनलाई पत्याउने मतदाताहरुलाई समेत तारिफ गर्नु रहेको नित्यले बताए ।
उनका अनुसार राम्रो कामको प्रशंसा गर्न कञ्जुस्याइँ गर्नु हुँदैन । यस्तो गरेमा अरुलाई पनि राम्रो काम गर्न प्रेरित गर्छ र प्रशंसा गरिएका व्यक्तिलाई नराम्रो बाटोमा लाग्नुअघि झक्झकाउने गर्छ ।
ऊबेला सांगीतिक समूहमा नित्यलगायत उनका बाल्यकालका साथी सुकदेव केसी रहेका छन् । गत महिना ‘मलाई लाग्दैन तिम्रो माया’ नामको गीत सुकदेवको स्वरमा सोही च्यानलमा आइसकेको छ । याे गीत पनि दर्शकले मन पराउने नित्यकाे विश्वास छ ।
हेर्नुहाेस् भिडिओ :