
काठमाडौं । जबर्जस्ती करणी आरोप लागेका कलाकार पूर्णविक्रम शाह (पल शाह)को मुद्दामा तनहुँ जिल्ला अदालतमा थुनछेक बहस सकिएको छ ।
जिल्ला अदालत तनहुँले शाहलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएपछि शाहले बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने मागसहित उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए ।
बिहीबार भएको सुनवाइमा शाहको तर्फबाट पाँच र ‘पीडित’ को तर्फबाट उच्च सरकारी वकिलको कार्यालयबाट एकजना सरकारी वकिलले बहस गरेका हुन् । अदालतले विहीबार शाहलाई तारेखमा छाड्ने वा नछाड्ने फैसला गर्नेछ ।