
काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘सर्वजित’ चलचित्र निर्माणका लागि आफ्नो पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार आयोजित एक कार्यक्रमकाबीच ‘सर्वजित’ चलचित्रको शुभ मुहूर्त भएको थियो । त्यस कार्यक्रममा बोल्दै मन्त्री आलेले चलचित्र निर्माणका लागि आफ्नो पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन् । चलचित्रलाई दिनेश डीसीले निर्देशन गर्ने भएका छन् ।
दलित आन्दोलनका अगुवा भगत सर्वजीत विश्वकर्माको जीवनमा आधारित चलचित्र निर्माण हुने भएको हो । शनिबार जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा चलचित्रको शुभ मुहूर्त गरिएको हो ।