चर्चित गायक जस्टिन बिबरको अनुहारमा पक्षघात

काठमाडाैं । चर्चित गायक जस्टिन बिबरको रामसे हन्ट सिन्ड्रोमबाट अनुहारमा पक्षघात भएको छ ।

उनले आफू एक दुर्लभ न्यूरोलोजिकल डिस्अर्डरबाट पीडित भएकाले बताएका छन् ।

गायक जस्टिन बिबरले यस हप्ताको शो रद्द गरेपछि आफू अनुहारको पक्षघातबाट पीडित भएको खुलासा गरेका हुन् ।

२८ वर्षीय जस्टिनले एक इन्स्टाग्राम भिडियोमा पोस्ट गरेका छन् । रामसे हन्ट सिन्ड्रोम एक दुर्लभ र गम्भीर अवस्था हो ।

अनुहार पक्षघात वा कमजोरी, कानमा दागहरू, सुन्ने क्षमतामा कमी, मुख सुक्खा र स्वाद परिवर्तन हुनु लक्षणहरू रहेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१