
काठमाडाैं । चर्चित हास्य श्रृंखला ‘तीतो सत्य’ मा बाल कलाकारकाे रुपमा ख्याति कमाएका राज आचार्य र मोडल सुनिशा बजगाईं यही असार ७ गते विवाह बन्धनमा बाँधिने भएका छन् ।
दीपकराज गिरी र दीपाश्री निरौलाका छोराकाे भूमिकामा प्रस्तुत भएका राजले चार्टर एकाउन्टेन्टको अध्ययन सकाइसकेका छन् ।
राज र सुनिशा प्रेममा रहेको हल्ला घरीघरी चले तापनि उनीहरुले आफूहरु प्रेममा रहेको स्वीकार भने गरेका थिएनन् ।
अहिले बिहेको समाचार एक्कासी छाउन थालेपछि राजले आफ्नो सामाजिक सञ्जालबाटै आफूहरु आधिकारिक रूपमा विवाह बन्धनमा बाँधिन लागेको जानकारी गराएका छन् ।
पेशाले मोडल सुनिशाले थुप्रै म्युजिक भिडियोमा काम गरेकी छन । चलचित्र ‘ईन्टु मिन्टु लण्डन’ मा पनि उनको अभिनय देख्न सकिन्छ।