यस्ताे बन्याे ‘ब्रह्मास्त्र’को ट्रेलर, सुपरहिरोको भूमिकामा रणविर

काठमाडौं । बहुप्रतिक्षित बलिउड सुरहिरो फिल्म ‘ब्रह्मास्त्रः शिवा’को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता रणविर कपुर र आलिया भट्टको मुख्य भूमिका रहेको फिल्मको ट्रेलर बुधबार सार्वजनिक भएको हो ।

सुपरहिरो विधामा रहेको यो फिल्म साइन्स फिक्सन र पौराणिक कथामा आधारित रहेर बनेको छ । डिज्नी स्टुडियोजको ग्लोबल रिलिज क्यालेण्डरमा समेत समावेश भएको यो फिल्म ९ सेप्टेम्बरमा विश्वभर प्रदर्शनमा आउँदै छ ।

फिल्ममा रणविर र आलियासँगै अमिताब बच्चन, नागर्जुना, मौनी रोयलगायतका कलाकारको अभिनय रहेको छ । फिल्मलाई आयान मुखर्जीले निर्देशन गरेका हुन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१