
काठमाडाैं । दक्षिण भारतीय फिल्मले विश्वव्यापी रुपमा राम्रो व्यापार गरिरहेकाे छ । पछिल्लो समय बलिउडदेखि लिएर नेपालमा पनि दक्षिण भारतीय फिल्मकै दबदबा छ ।
दक्षिण भारतीय फिल्मका कलाकारहरूको पनि उतिकै चर्चा छ । पछिल्लो समय दक्षिण भारतीय अभिनेत्रीहरूले पनि महंगो पारिश्रमिक लिन थालेका छन् ।
यी हुन् महंगो पारिश्रमिक लिने दक्षिण भारतीय अभिनेत्रीहरू:
नयनतारा
नयनतारा दक्षिण भारतकी लेडी सुपरस्टारको रुपमा परिचित छिन्। उनी एक फिल्मको लागि निकै महंगो पारिश्रमिक लिन्छिन् । भारतीय मिडियाको रिपोर्टअनुसार उनले आगामी फिल्मको लागि १० करोड भारतीय रुपैयाँ लिने भएकी छन् ।
रश्मिका मन्दना
रश्मिका मन्दनालाई नेशनल क्रश पनि भनिन्छ । उनलाई २०२० मा गुगलले नेशनल क्रश घोषित गरेको थियो । उनी छोटो समयमै चर्चा पाउने अभिनेत्री पनि हुन् । उनै रश्मिका एक फिल्मबाट ३ करोड भारतीय रुपैयाँ लिन्छिन् ।
पूजा हेगडे
महंगो पारिश्रमिक लिने अभिनेत्रीमा पूजा हेगडे पनि पर्छिन् । उनी एक फिल्मबाट ३ देखि ४ करोड भारतीय रुपैयाँ लिन्छिन् ।
रकुल प्रीत सिंह
रकुल प्रीत सिंह बलिउडसँगै टलिउडमा पनि चर्चित छिन् । उनले अजय देवगनको फिल्म ‘रनवे ३४’ बाट ३ करोड ५० लाख भारतीय रुपैयाँ लिएकी थिइन् ।
सामान्था रुथ प्रभु
सामान्था एक फिल्मबाट ३ देखि ५ करोड रुपैयाँ पारिश्रमिक लिन्छिन् । उनले ‘पुष्पा’को एउटा आइटम गीतको लागि ५ करोड भारतीय रुपैया लिएको चर्चा छ ।