विवाह अगाडि राज र सुनिसाकाे ब्याचलर पार्टी (तस्बिरसहित)

काठमाडाैं । हास्य श्रृखंला ‘तितो सत्य’ मा दीपकराज गिरी र दीपाश्री निरौलाको छोरा ‘राज’ को भूमिकाबाट चिनिएका कलाकार राज आचार्य विवाह बन्धनमा बाँधिन लागेका छन् ।

उनले मोडल सुनिसा बजगाइसँग विवाह गर्न लागेका हुन् । राज र सुनिशाको विवाह समारोह ७ असारमा आयोजना हुँदैछ । विवाह अगाडि राज र सुनिशाले ब्याचलर पाटी समेत दिएका छन् ।

उनीहरुले मंगलबार ठमेलको भिआइपी लन्चमा ब्याचलर पार्टी दिएका हुन् ।

ब्याचलर पार्टीमा दुबै नजिकका साथीहरुको सहभागिता रहेको थियो । बाल कलाकारको रुपमा अभिनय सुरु गरेर आफुलाई स्थापित गराउन सफल राजले अहिले सिए (चार्टर एकाउन्टेन्ट) को अध्ययन समेत सकाएका छन् ।

केहि म्युजिक भिडियोमा समेत काम गरेका राज र सुनिशाले केही वर्षको प्रेम विवाहमा परिणत गर्न लागेका हुन् । सुनिशा पेशाले मोडल हुन् ।

तस्बिर : भीआईपी रेस्टुरेन्ट लाउन्ज एण्ड बारबाट

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१