केपी ओलीकाे आराेप : सरकारले कमिसन खाएर बजेट निर्माण गर्‍यो

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले कमिसन खाएर बजेट निर्माण गरेको आरोप लगाएका छन् ।

पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई बजेट निर्माणमा सहभागी गराउनुले त्यसलाई पुष्टि गर्ने बताए ।

उनले भने, ‘बजेट निर्माण अर्थ सचिव र राजश्व सचिवलगायतले गर्ने हुन् । त्यहाँ कोही जान पाउँदैनन् । यहाँ त कमिसन खाएर अनधिकृत व्यक्तिलाई सहभागी गराएर बजेट बनाइयो ।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१