विवादमा तानियाे रणवीर कपुरकाे ‘ब्रह्मास्त्र’

काठमाडौं । बलिउड अभिनेता रणवीर कपुर र आलिया भट्ट अभिनीत फिल्म ‘ब्रह्मास्त्र’ विवादमा तानिएको छ ।

ट्रेलरमा प्रयोग गरिएको भीएफएक्स, सस्पेन्स, कलाकारको लुक्स र अभिनयको तारिफ भइरहँदा केहीले भने ट्रेलरमा राखिएको एक दृश्यका कारण फिल्म बहिष्कारको माग गरिरहेका छन् ।

ट्रेलरको एक दृश्यमा रणवीर भाग्दै मन्दिरभित्र पस्छन् । घण्टी बजाउन उफ्रिँदा उनले जुत्ता लगाएको प्रस्ट देख्न सकिन्छ । यो दृश्य देखेका दर्शकहरूले रणवीरको शैलीप्रति रिस व्यक्त गरेका छन् ।

करण जोहरको प्रोडक्सनमा बनेको फिल्म ‘ब्रह्मास्त्र’ सेप्टेम्बर ९ मा रिलिज हुनेछ । फिल्ममा अमिताभ बच्चन, आलिया भट्ट, रणवीर कपुर, मौनी रोय र नागार्जुन अक्किनेनीको अभिनय देख्‍न सकिन्छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१