
काठमाडाैं । चर्चित दक्षिण भारतीय अभिनेत्री साई पल्लवीविरुद्ध उजुरी दर्ता भएको छ ।
उनले केही दिनअघि काश्मिरी पण्डित र गाई हत्यामाथि दिएको बयानलाई लिएर पल्लवीविरुद्ध उजुरी दर्ता भएको नवभारत टाइम्सले जनाएकाे छ ।
आफ्नो नयाँ चलचित्र ‘विराट पर्वम्’ को प्रमोसनमा व्यस्त अभिनेत्रीले प्रमोसनकै क्रममा दिएको पछिल्लो अन्तवार्तामा दिएको बयानपछि पल्लवी विवादमा तानिएकी हुन् । बजरंग दलले उनीविरुद्ध उजुरी नै दर्ता गराएको समाचारमा जनाइएकाे छ ।
बजरंग दलले हैदराबादको सुल्तान बजार प्रहरी चौकीमा साई पल्लवीविरुद्ध उजुरी दर्ता गराएका हुन् । बजरंग दलका नेताहरूले पल्लवीविरुद्ध विरोध गरेका हुन् ।
सामाजिक सञ्जालमा पनि यतिबेला यो विवाद उत्कर्षमा पुगिसकेको छ । फ्यान मात्रै नभएर इन्डस्ट्रीभित्रकै व्यक्तिहरू पल्लवीको पक्ष र विपक्षमा उभिएका छन् ।