‘मिस नेपाल–२०२२’ को विजेता आज छानिने

काठमाडाैं । ‘मिस नेपाल–२०२२’ को विजेता आज छानिने भएकाे छ । गोदावरी स्थित सनराइज कन्भेन्सन सेन्टरमा मध्यान्ह प्रतियोगिताको फाइनल प्रतिस्पर्धा हुनेछ ।

जसमा २४ सुन्दरी मिस नेपालको शीर्ष उपाधिका लागि प्रतिस्पर्धामा रहेका छन् । प्रतियोगिताको फाइनलमा आकृति शाह, आस्रुती सुवेदी, आयुस्नोभा ढुङ्गाना, ऐश्वर्या शाही ठकुरी, अनुष्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंगाना, अस्रा श्रेष्ठ, दिलाशा डोटेल, गंगा गुरुङ, ह्रतुल पौडेल, ममता ढकाल, मानसी चन्द, मेरिका बाँस्कोटा, न्यान्सी खड्का, प्रियंका रानी जोशी, रोज कँडेल, सरिसा श्रेष्ठ, स्मारिका शर्मा, साफिया श्रेष्ठ, श्रृया गजुरेल, श्रीयान्सु पिया, सुस्मिता बोगटी र यशस्वी श्रेष्ठ रहेका छन् ।

आयोजक द हिडन ट्रेजरले प्रतियोगिताकाे सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१