यी कमेडियन बने टिकटकमा सबैभन्दा बढी फलोअर्स हुने व्यक्ति

काठमाडाैं । कमेडियन खाबी लामे टिकटकमा सबैभन्दा बढी फलोअर्स हुने व्यक्ति बनेका छन् । १४३ मिलियनभन्दा बढी फलोअर्स बटुल्दै उनी टिकटकमा सबैभन्दा लोकप्रिय बनेका हुन् ।

यसअघि चार्ली डी अमेलियो टिकटकमा धेरै फलोअर्स हुने व्यक्तिको सुचीमा थिए । उनको रेकर्डलाई २२ वर्षीय लामेले ‘ब्रेक’ गरेका हुन् ।

लामेले टिकटकमा कमेडी भिडियोहरू पोस्ट गर्छन् । भिडियोहरूमा उनले आवाज बिना नै शारीरिक हाउभाउले प्रस्तुती दिन्छन्। मौन रहेर अभिव्यक्त हुने उनको ‘रिएक्सन’ले नै उनलाई टिकटकमा सबैभन्दा लोकप्रिय बनाइदियो ।

अफ्रिकी राष्ट्र सेनेगलमा जन्मेका लामे हाल इटालीमा बस्छन् । उनी इटालीमा कामदारको रूपमा काम गर्थे । तर सन् २०२० को कोरोना महामारीसँगै उनले जागिर गुमाउन बाध्य भए। जागिर गुमाएपछि उनले टिकटकमा भिडियोहरू पोस्ट गर्न थालेका हुन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१