
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अभिनेता राजेश हमालबीच भेटवार्ता भएको छ ।
शुक्रबार बिहान प्रचण्डलाई भेट्न अभिनेता हमाल खुमलटारस्थित प्रचण्ड निवास पुगेका हुन् ।
भेटको अवसर सङ्गीतकार चेतन सापकोटाले मिलाइदिएका हुन् । उनका अनुसार भेटवार्ता करिब आधा घण्टा भएको थियो ।
चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि दौडधुप चलिरहेको बेला भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ । तर, भेटमा के विषयमा छलफल भयो भन्नेबारे खुलाइएको छैन ।